धादिङका दुर्गभ भेगका विद्यालयकालागि कलाकारद्धारा धमलालाई टेन्ट हस्तान्तरण

इनेप्लिज २०७२ जेठ १९ गते १४:४६ मा प्रकाशित

Charity-program-UAE-800x382

काठमाडौ । भैतिक संरचनाको अभावमा कक्षा सञ्चालन हुन नसकेका विद्यालयको कक्षा सूचारु गर्न कलाकारहरुको सस्थाले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाललाई २५ था टेन्ट हस्तान्तरण गरेका छन ।

आशाको ज्योति नेपाल सस्थाका अध्यक्ष कलाकार आकास अधिकारीसहित करिष्मा मानन्धर र दिपाश्री निरौलाले सो परिमाणको टेन्ट धमलालाई हस्तान्तरण गरेका हुन ।
उनीहरुले दुर्गभ भेगका विद्यालय र स्वास्थ्य चौकीको काम सुचारु होस भन्ने चाहनाका साथ आफुहरुले सो टेन्ट हस्तान्तरण गरेका हुन । सो टेन्ट सोही दिन धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी बाशुदेब घिमिरेबाट वितरण हुने गरी जिल्ला पठाईएको छ ।
कार्यक्रममा धमलाले टेन्टा वास्तविक रुपमा आवश्यक भएका विद्यालय र स्वास्थ्य सस्थाले पाउने विश्वास ब्यक्त गरेका थिए ।

प्रतिक्रिया