छोरीले स्वर्गको ढोका खोल्छे

इनेप्लिज २०७२ जेठ २९ गते ११:४५ मा प्रकाशित

Tara Paudel 2

विश्वको ईतिहास हेर्ने हो भने महिलाले पुरुषले गर्ने सबै काम गर्न सक्छन भन्ने प्रमाण भैसकेको छ। त्यति मात्र नभएर छोरी मानिसमा एकैचोटी धेरै काम गर्न सक्ने क्षमता साथै सम्झना सक्ने क्षमता छोरा मानिसमा भन्दा बढी रहेको पनि प्रमाण भैसकेको एकाईशौ शताब्दीमा आएर पनि छोरा नभए स्वर्गको ढोका बन्द हुन्छ भन्ने रुढिबादी सोच राख्ने हाम्रो समाजलाई मुर्ख मात्र होईन महामूर्ख भने हुन्छ। यस सोचलाई म चुनौती दिदै भन्न चाहान्छु की मेरा दुई छोरीहरु साक्षी र शिक्षा जसले हाम्रो लागि स्वर्गको ढोका खोल्नेछन। यहिँ नै सत्य हो किनकी जो स्वर्गको कुरा गरेको छ हाम्रो समाजले त्यो काल्पनिक मात्र हो, अहिले सम्म कसैले पनि त्यो स्वर्ग देखेको छैन। स्वर्ग र नर्क यहि धर्तीमा छ। छोरीलाई पनि छोरा समान अवशर दिए पछि उनीहरु एउटा असल स्वाभिमान मानिस हुन्छ जसले मात्र यस समाजलाई स्वर्ग बनाउन सक्छ।

जुन पिडा छोरा जन्माउदा एउटी आमाले भोग्छे त्यहि पिडा छोरी जन्माउदा पनि भोग्छे। एउटी आमाको लागि आफ्नो सन्तान बराबर छोरा होस् वा छोरी अवशर पाउनु पर्छ बराबर अनि हेरौ छोरीले कसरि स्वर्गको ढोका खोल्नेछ भनेर। जनकपुरकी सीता, भारतका पुर्व प्रधानमंत्री ईन्दिरा गान्धी जवारिलाल नेहरुको एक्ली छोरी, अनि बेलायतकी महारानी एलिजावेथ पनि छोरी नै हुन्। यस्ता धेरै उदाहरणहरु छन् जसले स्वर्गको ढोका खोलिदिएको छ।

छोरीसंग यति धेरै तागत छ की स्वर्गको ढोका त के यस धर्तीलाई नै स्वर्ग बनाई दिन्छिन। भन्छन मुर्खले स्वर्गलाई नर्क बनाई दिन्छन भने विद्धवानले नर्कलाई स्वर्ग। त्यसैले आफ्नो कुनै पनि सन्तानलाई अवशरहरुबाट बन्चित नगरौ। स्वर्गको ढोका खोल्न सक्ने असल सन्तान बनाऔ।

प्रतिक्रिया