रगत दान गर्न मैनाली अमेरिका बाट अस्ट्रेलिया

इनेप्लिज २०७२ जेठ ३१ गते ९:५९ मा प्रकाशित

unnamed (1)काभ्रे घर भै लामो समय देखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका अर्जुन मैनाली केवल रगत दान गर्न मात्र झन्डै १० हजार माइल पार गर्दै अमेरिकाको न्युयोर्क बाट अस्ट्रेलियाको सिड्नी पुगी रक्तदान गरि आफ्नो कर्मथलो न्युयोर्क फर्केका छन् l

विश्व रक्तदाता दिवसको शुभ साईतमा अष्ट्रलियामा जुन १२ तारिख टाउन हल ब्लड डोनर सेन्टर तथा जुन १३, २०१५ पारामट्टा ब्लड डोनर सेन्टर सिड्नीमा भएको रगतदान कार्यक्रममा सहभागी भएका थिए l उक्त रगतदान कार्यक्रममा अष्ट्रेलियामा रहेका ७७ जना नेपालीले रगत दान गरेका थिए l आफु न्युयोर्क बाट सिड्नी पुगी रक्तदानमा सहभागी हुन् पाएकोमा हर्ष व्यक्त गर्दै आयोजक युथ फर चेन्ज तथा सम्पूर्ण सहभागी रक्तदाताहरुलाई मैनालीले धन्यवाद दिएका छन् l

गत जुन १३ तारिख बेलुका रात्रि भोजका अबसरमा रक्तदाताहरुको सम्मान कार्यक्रममा पनि सहभागी भएको जनाउदै मैनालीले यो रगतदान समेत गरि १ सय ३७ पटक रक्तदान गरेका छन् l

नेपाली समुदायमा रगत दान गर्न थप हौशला मिलोस भनि आफुले बिश्व ब्यापी रुपमा रगत दानमा आफु सशक्त रुपमा लागेको बताए l

unnamed

मैनालीले २०१४ को ११ महिनामा अमेरिका, क्यानाडा, बेलायत, बर्मुडा, मकाउ र आयरल्याण्डका नेपालीहरुसंग ६ पटक होल ब्लड र न्युयोर्कमा १० पटक प्लेट्लेट्स सहित १६ पटकमा ६,८५० एम एल रगत दान गरि सकेका छन् l एउटा साधारण नेपालीहरुले रगत दान भन्दा ४ गुणा बढी हो भन्दै यति धेरै रगत दान गर्न सकिदो रहेछ भन्दै रक्तदान गर्न हिच किचाउनेलाई कम्तिमा बर्षमा एक पटक रगत दान गर्न उत्प्रेरणा गर्न सकियोस भनि आफु रक्तदान गर्न मात्र ब्रम्हाण्ड चक्कर लगाउने गरेको बताए l

मैनाली अन्तर्राष्ट्रिय नेपाली रक्तदाताका अध्क्षय हुन् भने सन् १९८७ अगष्ट २० मा काठमाडौँ बिशाल बजार लायन्स क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा पहिलो पटक रगत दान गरि शुभारम्भ गरेका थिए l

प्रतिक्रिया