यो दिन यस्तो !

इनेप्लिज २०७२ असार ६ गते ११:०७ मा प्रकाशित
Ram C Sharma (2)
दुइ हज्जार बहत्तरे शुरु भयो विक्रमको सम्बत्सर
बैशाख बाह्र गते बिहानपख हो भेट्ने छ मध्यान्तर
नब्बे सालपछि बिनाश क्रममा पालो उछिन्दै सर्यो
भूको कम्पन साथ  नाश  गरने भूकम्प यहाँ झर्यो
एक्कासी  डगमग भयो जमिन यो चरा र कौवा उडे
पाउ टेक्न सकीन आसन पनि लो थरथरायो  कुड़े
बाको अन्तिम गाँस चाटचुट गरि उठ्ने तयारि थियो
थालको चाल सुनेर  भात् थपिदिने आमाको मनसुब भयो
गोठमा गाई मडारिदै उफरियो किलै उखेल्ने  गरि
भागे कुक्कुरका बथान दगुरी अनर्थ के भो  हरि !
माथि बुइगलमा मुसाहरु कुदी खैला र बैला चल्यो
झ्यालको डण्डी समाती बाहिर नजर लाको त गोठै ढल्यो
हाहाकार भये ति टोलहरुमा गाउमा शहरमा  सब
गार्हो भत्कन गै लडे घर कति छाप्रा महल नै अब
बाख्रा गाई र भैंसी बस्तु सब ति बच्चा र बूढा जति
छाना भित्र थिए उसै समयमा ढल्दा भो ठुलो क्षति
ठूला गौरब शालि मन्दिर ढले पर्खाल पाटि ढले
ऐतिहासिक  सब धरोहर ढले पहाड पर्बत ढले
सुन्दर त्यो नगरी  बसन्तपुरको दर्बार पाटि ढल्यो
हाइस्कूल ढल्यो, ढल्यो धरहरा देशको धरोहर ढल्यो
राणाशासनका अमुल्य निधि जो कला र चातुर्यका
शिल्पीका नमुनाहरु पनि ढले साँखु सहर सौर्यका
सिन्धु बार्हबिशे र पूर्ब तिरका कोदारी हाइवे अनि
गोर्खाको ईतिहास बोकी रहने दर्बार शाही पनि
यस्तै यो क्रमले अझै पनि  चलि रह्यो नि धेरै दिन
बोकी बस्नु पर्यो पिडा छटपटि   उद्धार गर्ने रिन
रेक्टरमा गनी सात रेक्टर पुग्यो झन्डै पुग्यो आठ नै
भुइञ्चालो यसरी गयो र दुनिया सिक्लान नया पाठ  है

प्रतिक्रिया