बलिवुडका शताब्दी कै महान कलाकार अमिताभ बच्चन संग हस्त मिलाप गर्न पाउनु के चानचुने कुरा हो र ?

इनेप्लिज २०७२ असार ६ गते १२:०४ मा प्रकाशित

unnamed

कुरा दोचार्ने नियतिले कलम चलाएको छैन l चन्द्रमा मा पुगेको भन्दा पनि ठुलो काम गरेको पनि हैन l विश्वमा कलाकारका धेरै प्रशंसकहरु हुन्छन l शायद भाग्यशाली प्रशंसकले मात्र कलाकार भेट्ने अवसर पाउछ्न होला भन्ने ठान्दछु ,ति भाग्यशाली प्रशंसक मध्ये कै सौभाग्यशाली प्रशंसक आफु हु कि जस्तो लाग्नु स्वाभाविक हुदो रहेछ l

यो पंक्तिकारले बलिवुडका शताब्दीका सर्बो श्रेष्ठ कलाकार अमिताभ बच्चन संग हस्त मिलाप गर्ने अवसर प्राप्त गरेको कुरा पाठक वर्ग संग पस्किन ईक्षा लाग्यो l युगौ बिति सक्दा पनि यस बिषयमा कलम घुमाउन जागर चलेन l र ​,​उनि नेपाल आएको बेला धाएर पनि गएको हैन l उनको म प्रशंसक हु र यहाहरु पनि हुनु होला l उनि जस्ता सर्बाधिक लोकप्रिय कलाकार संग संयोगले भेट हुन् गएकोमा अहिले सम्म पनि पत्यार लाग्दैन l

फेरी पाठक वर्गले अन्यथा नलिनु होला l धाक लाएको पनि सम्झनु हुने छैन भन्ने विश्वास लिएको छु l करौड़ो नेपालीले भेट गरेका होलान तर पंक्तिकारको लागि बिशेष दिन बन्न पुग्यो l अविस्मरणीय दिवस l कहिले भुल्न नसक्ने दिन l कसरि भुल्ने ? अमिताभ बच्चन जस्ता महान कलाकारलाई त्यो पनि नेपालमा कागताली परि भेटेको l अमेरिकामा बसोबास छ , भोलि बराक ओबामा संग पनि भेट होला त्यो पनी बिशेष दिन बन्न सक्छ l

कलाकार र राजनैतिक व्यक्तिको तुलना कहिले हुदैन किनभने केहि समय पछि राजनैतिक ब्यक्ति सत्ता बाट बाहिरिन्छ l राजनैतिक व्यक्ति अस्थाई हुन्छ तर कलाकार स्थाई l शायद त्यसैले होला मेरो लागि कहिले भुल्न नसक्ने दिन सम्झन नसके पनि जुलाई २३ तारिख १९९० हुनु पर्छ ,समय दिउसो २- ३ बजे को आसपास l

कसरि भेट भयो र हात मिलाए ?

जुलाई २३ तारिख काठमाडौँ त्रिभुवन विमानस्थलको अन्तरिक हवाई अड्डा बाट आफ्नो २ हप्ताको छोरोलाई काठमाडौँ बिमान स्थल पुर्याउन जादा अमिताभ बच्चन आउदै छन भन्ने सुने पछि हात मिलाउने अवसर पाएको एउटा घटना मात्र हो l

त्यो समयमा अमिताभ बच्चन र श्री देवीको चलचित्र खुदा गवाहको छायांकनको लागि अमिताभ बच्चनको टोलि काठमाडौँबाट पोखरा र पोखराबाट जोमसोममा छायांकन गरि फर्कने क्रममा सुवर्ण मौका पाएको हो l विमानस्थलमा बसी रहेको बेला एक छिन् मा अमिताभ बच्चन पोखराबाट आउदै छन् भन्ने सूचना नेपाल वायुसेवा निगमका कर्मचारी दिएकोले त्यो सम्भव भएको हो l

काठमाडौँ त्रिभुवन विमानस्थलको अन्तरिक हवाई अड्डाको भित्र प्रतिक्षा गर्दै थियौ पहिला एउटा सानो बिमान आयो जसमा खलनायक भूमिकामा खेली रहने ठुलादार भएका कलाकारहरु उत्रे l दोश्रो पटक अर्को हवाई जहाज आयो त्यसमा अमिताभ बच्चन उत्रे l उत्रिने बितिकै हल्ला खल्ला भयो l बिमल चालकहरुले घेरे र तस्बिर खिचाए l आफ्नो तस्बिर यन्त्र बाहेक खिच्ने साधन केहि पाइदैन थियो l अहिले जस्तो अत्याधुनिक हाते उपकरणहरु थिएनन् र हुदैन थियो l

उनि छिटो अगाडी बढे र त्यसैमा नेपाल वायु सेवा निगममा कर्मचारीले अगाडी पुर्याई दिए l सुरक्षाको कडा पहरा थियो तर पनि कर्मचारी आफ्ना मान्छे भएकोले लगे र बाटोमा नै नमस्कार भने हात फैलाए l अमिताभ बच्चनले पनि प्रशंसक संग हस्त मिलाप गरे l

हस्त मिलाप गरेको नै २५ बर्ष भएछ अझ पनि हिजो आज जस्तै लाग्छ l युग बितेछ l सन् १९९० मा हात मिलाएको आज २०१५ भएछ l १९९० को पहिलो जन आन्दोलनमा काठमाडौँमा भेटेको आज अढाई दशक पछि आफु अमेरिकाको वाशिंगटन डिसी क्षेत्र वरपर भौतारी रहेको छु l

हात मिलाए पछि केहि घण्टा सम्म हात धुन मन लागेन l अति हर्ष लाग्यो र खुशीको सिमा रहेन l २ हप्ताको मेरो छोरोको कारण मैले बिग अमिताभ बच्चन संग हात मिलाउन पाए l नत्र सम्भव थिएन, आज मेरो छोरो अमेरिकामा विश्व बिद्यालय अध्ययन रत छ l समयले फड्को कति छिटो हानेछ l उनि द्वारा प्रस्तुति हुने ,को बन्छ करोडपति कार्यक्रम नियमित रुपमा अमेरिकामा पनि हेर्ने मौका पाई रहेको छु l

शताब्दी कै महान हस्ती संग हस्त मिलाप गर्न पाउनु के चानचुने कुरा हो र ?

unnamed

प्रतिक्रिया