एउटा यात्रा

इनेप्लिज २०७२ असार ७ गते १:०४ मा प्रकाशित

IMG_1921

दुईटा मनको यात्रा

टाढा टाढा भएपनि

संगै हिंडेको यात्रा

मौन मौन रहे पनि

मन मिलेको यात्रा

शर्त केहि छैन

बन्धन केहि छैन

गुनासो केहि छैन

दुइटा स्वतन्त्र मनको यात्रा

एउटा स्वतन्त्रताको यात्रा

फेरि मनले केहि पाएको छ

चरा जस्तै

फुर्फुर गर्न लागेको छ

आफ्नै जस्तो अर्को मन संग

चिर्बिर गर्न लागेको छ

एउटा यात्रा

काव्य-सरिता किनारको यात्रा

उकाली ओराली भन्ज्याङ हुँदै

फूलै-फूलको उपत्यका हुँदै

हिमाल देखि समुन्द्र हुँदै

अनन्त आकाशमा उडिरहेको यात्रा

दिव्य माया पिरतीको यात्रा

प्रतिक्रिया