न्युह्यामशायरमा भानु जयन्ति मनाउने

इनेप्लिज २०७२ असार ८ गते १४:१२ मा प्रकाशित

brtnepal_20150505103137_inls२३ जुलाई २०१५

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अमेरिकाको न्युह्यामशायरमा जुलाई ११ तारिकमा २०२ औ भानु जयन्ति मनाउने भएको छ/ आदिकवि भानुभक्तको २०२ औ जन्मजयन्तिको अवसर पारेर मनाउना लागेको उक्त कार्यक्रमका लागि अनेसास न्युह्यामशायरमा च्याप्टरका अध्यक्ष अग्नि पराजुलीको संयोजकत्वमा भानु जयन्ति मूल समारोह समिति गठन पनि गरिएको छ/

समितिले उक्त दिन  भानुजयन्ती तथा समाजको २४ औ बार्षिक साधारण सभाको आयोजना गर्ने भएको हो / कार्यक्रममा अनेसासका पदाधिकारी, ट्रष्टी, अनेसासका आजीवन सदस्यका साथै अमेरिकाका विभिन्न राज्य र  अन्य देशका साहित्यकारको पनि सहभागिता रहनेछ/

कार्यक्रममा नेपालमा हालै गएको विनासकारी भूकम्पले दिएको पीडालाई स्मरण गर्दै “शोकलाई सिर्जनामा बदलौ” भन्ने आव्हानका साथ प्रतियोगितात्मक रचना  वाचन गरिने तथा बिभिन्न व्यक्तित्वको सम्मान गरिने छ/

प्रतिक्रिया