यी हुन् विहे नगरिकनै ‘लिभ-इन रिलेशनशिप’मा बसेका कलाकार (हेर्नुस फोटोहरु)

इनेप्लिज २०७२ असार १० गते १३:०८ मा प्रकाशित

Pradip-Poudelमुम्बई । विहे नगरीकनै प्रेमी प्रेमिका सँगै बस्नु (लिभ-इन रिलेशनशिप)मा रहनु आजको समयमा चलन नै बनिसकेको छ ।

बलिउडमा कैयौ यस्ता जोडिहरु छन्, जो लिभ-इन रिलेशनशिपमा बसिसकेका छन् भने, केही अहिलेपनि बसिरहेका छन् । यिनीहरुमा कयौं जोडिको विवाह भइसकेको छ, भने कैयौंको लामो समयपछि ब्रेकअप भएको छ ।

आज आफ्नो जन्मदिन मनाईरहेका राज बब्बर यस्तो कलाकार हुन्, जस्ले समाजको परम्परालाई परवाह नगरी स्मिता पाटिलसँग लिभ-इन रिलेशनशिपमा बसेका थिए । यद्यपी दुबैले केही समयपछि विवाह गरे । तर, लिभ-इनमा बसेका कारण राज बब्बरको चर्काे आलोचना भएको थियो ।

aamir-kiran-ll

यस्तै बलिउडका स्टार अभिनेता रणबीर कपूर र कैटरीना कैफ २०१४ बाट लिभ इनमा बस्दै आएका छन् । दुबै जना कार्टर रोडको नजिकै एक फ्ल्याट भाडामा लिएर बस्दै आएका छन् । कैटरीनासँगको अफेयरलाई वर्षाैसम्म नस्वीकारेका रणबीर कपूरले केही दिन पहिले पहिले सार्वजनिक रुपमै सम्बन्ध गाँस्न लागेको बताएका थिए । यी दुबै जना २०१६ को अन्तिमतिर विवाह गर्ने योजनामा छन् ।

सानो पर्दाबाट ठूलो पर्दामा डेब्यू गरेका सुशान्त सिंह राजपूत पनि आफ्नी गर्लफ्रेण्ड अंकितासँग धेरै पहिलेदेखि लिभ-इन रिलेशनमा छन् । केही समय पहिले यो जोडिबीच विवाद र त्यसपछि ब्रेकअप भएको खबर पनि सार्वजनिक भएको थियो, तर लगत्तै उनीहरुले सम्बन्धलाई सार्वजनिक रुपमै खुलासा गरेका थिए । भर्खरैको खबर अनुसार दुबै जना आउँदो वर्ष विहे गर्ने तयारीमा जुटेका छन् ।

सोहा अली खान र कुणाल खेमू यो वर्षको जनवरीमा वैवाहिक बन्धनमा बाधिएका छन् । विवाह भन्दा पहिला तीन वर्षदेखि रिलेशनमा रहेका दुबै जना लिभ-इन मा बसेका थिए ।

वर्ष २००७ मा फिल्म ‘और पप्पू पास हो गया’ को छायांकनका बेला कश्मीरा र कृष्णाको भेट भएको थियो । सुरुमा दोस्तीबाट सुरु भएको यो सम्बन्ध अहिले प्रेममा परिणत भएको छ । दुबै जना करिब ७ वर्षदेखि लिभ-इन रिलेशनशिपमा बस्दै आएका छन् । एजेन्सी

ankitasushant2-ll kashmira-ll krushna1-ll rajbabbar-ll ranbir-katrina-s-ll soha-kunal-final-ll sushant-ankita_-ll

प्रतिक्रिया