मास्कोमा ‘नेपाल बचाऊ’ कल्याणकारी चित्रकला–प्रदर्शनी

इनेप्लिज २०७२ असार १८ गते २३:२१ मा प्रकाशित

IMG_2844मास्को, २ जुलाई २०१५ (वृहस्पतिवार) । मास्कोको एउटा रमणीय इलाकामा पर्ने ओलिम्पिक प्रोस्पेक्ट भनिने राजमार्गमा हालसालै बनेको अर्मेनियाको सांस्कृतिक केन्द्र समुच्चयको एक कक्षमा नेपालका विभिन्न दृश्यहरु अङ्कित चित्रकलाका कृतिहरु लहरै सजाएर राखिएका थिए भने कक्षमा कल्याणकारी चित्रकला प्रदर्शनीको समुद्घाटनको सन्दर्भमा भेला भएका रुसी, अर्मेनियाली तथा नेपाली सहभागीहरु एक–दोस्रासित परिचित हुँदै विचारको आदानप्रदानमा व्यस्त देखिन्थे । त्यहाँ विश्व आध्यात्मिक जनएकता एवं सहयोग प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष आब्गार आइरापेत्यान, अन्तर्राष्ट्रिय दक्षिण एसिया अनुसन्धान केन्द्रका निर्देशक अलेक्सान्द्र स्तोल्यारोभ, मास्को बौद्ध समाजकी अध्यक्षा डुल्मा शाग्दारोभा, गैरआवासीय नेपाली संघ (केन्द्रीय कोषाध्यक्ष डा. बद्री के.सी., केन्द्रीय कदस्यद्वय गोविन्दप्रसाद गौतम र सपिला राजभण्डारी, रुसका कार्यवाहक अध्यक्ष डिल्ली खरेल सुमन, निवर्तमान अध्यक्ष उत्सवकुमार अमात्य), रुस सीआईएस नेपाल उद्योगवाणिज्य संघ (उपाध्यक्ष डा. भीष्म आचार्य), विश्व नेपाली साहित्य महासंघ (सचिव डा. मनमूर्ति भुर्तेल), नेपाल खेलकूद तथा संस्कृति समाज (अध्यक्ष खेमराज लामिछाने), रुस–नेपाल सहयोग तथा मैत्री समाज (उपाध्यक्ष डा. मणिराज पोखरेल), नेपाली नारी निकुञ्जका प्रतिनिधिहरु उपस्थित थिए ।

IMG_2849कल्याणकारी चित्रकला–प्रदर्शनीको उद्घाटन गर्दै अर्मेनियाका चित्रकार एवं वास्तुकलाविद् फ्रिदोन सुरेनोभिच आस्लान्यानले मास्कोस्थित नेपाली राजदूतावास तथा नेपाली समुदायका साथै विश्व आध्यात्मिक जनएकता एखं सहयोग प्रज्ञा–प्रतिष्ठानको समर्थनमा नेपालमा हालै गएको महाभूकम्पको प्रकोपबाट पीडितहरुको सहायतार्थ मास्कोस्थित अर्मेनिया संस्कृति संग्रहालयमा क्इक् ल्भ्एब्ी (नेपाल बचाऊ) भन्ने नाराअन्तर्गत अन्तर्राष्ट्रिय कल्याणकारी माराथुनको शुभारम्भ गरिएको जानकारी दिनुका साथै चित्रकला–प्रदर्शनीको उद्घाटन समारोहमा उपस्थित नेपाली तथा रुसी सबै मित्रहरुप्रति हार्दिक आभार प्रकट गरेका थिए ।

IMG_2789सका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूले नेपालका भूकम्पपीडितहरुको सहयोगार्थ रुस लगायत विभिन्न देशहरुबाट र छिमेकी मुलुकहरुबाट आवश्यक सहयोग प्राप्त भइरहेको जनाउनुहुँदै हालै काठमाडौंमा भूकम्पपीडित नेपालको पुनर्निमाणका लागि सहयोगार्थ दातृ देशहरुको सम्मेलन समेत सम्पन्न भएको सूचित गर्नुभयो र मास्कोमा कल्याणकारी चित्रकलाप्रदर्शनीको आयोजनामा योगदान पुर्याउने सबै संघसंस्थाहरुप्रति कृतज्ञता ज्ञापन गर्नुहुँदै अर्मेनियाका चित्रकार फ्रिदोन आस्लान्यानको नेपालप्रतिको सद्भावनाका लागि हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

Fridon. Nepalनेपालविषयक चित्रकला प्रमर्शनीको उद्घाटन समारोहमा रुस–नेपाल सहयोग तथा मित्रता समाजका अध्यक्ष सेर्गेइ नेक्रासोभ, अर्मेनियाली कवि योले स्तानिशिच, विश्व जनएकता एवं सहयोग प्रज्ञा–प्रतिष्ठानलगाथत विभिन्न संस्थाका प्रतिनिधिहरुले पनि मन्तव्य व्यक्त गरेका थिए । सबै वक्ताहरुले ‘नेपाल बचाऊ’ अभियानअन्तर्गत मास्कोमा आयोजित कल्याणकारी चित्रकला–प्रदर्शनीले रुस महासंघ, संघीय लोकतन्त्रिक गणतन्त्र नेपाल तथा अर्मेनिया गणतन्त्रका जनताहरुबीच आध्यात्मिक मूल्य–मान्यताको प्रचार, मैत्री सम्बन्ध, अन्योन्य सहयोग, बौद्धिक निकटता, पारस्परिक समझदारी एवं सदभावनाको विकासमा गहकिलो योगदान पु¥याउने छ भन्ने कुरामा जोड दिएका थिए ।

IMG_2809आजभन्दा २७ वर्षअघि ७ डिसम्बर १९८८ मा अर्मेनियाको स्पिताकमा गएको महाभूकम्पको प्रत्यक्षदर्शी र भुक्तभोगी वास्तुकलाविद् एवं चित्रकार फ्रिडोन आस्ल्यान्यानले नेपालको महाभूकम्पको पीडा भित्रैदेखि अनुभव गरेर आपूmले सन् २०११ मा नेपालयात्राको आधारमा तयार पारेका आप्mना दृश्यचित्रहरुको बिक्रीबाट प्राप्त हुने रकम भूकम्पपीडितहरुको सहायतार्थ प्रदान गर्ने पुनित लक्ष लिएर यस्तो भव्य चित्रकलाप्रदर्शनीको आयोजना गरेका हुन् । नेपाली जनताप्रति उनको यस्तो सदीच्छाको लागि मास्कोमा रहेका नेपाली समुदायको तर्पmबाट साधुवाद व्यक्त गर्दै नेपालको संस्कृति र साहित्य विषयक रुसी भाषामा प्रकाशित केही पुस्तक हस्तान्तरण गर्ने सौभाग्य मलाई प्राप्त भएको थियो भने विश्व जनएकता एवं सहयोग प्रज्ञा–प्रतिष्ठानको तर्पmबाट मास्कोमा बसोवास गरिरहेका समस्त नेपालीहरुको अग्रजको नाताले मलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

IMG_2812चित्रकला प्रदर्शनीको उद्घाटनपश्चात् नेपाली राजदूत–दम्पतिका साथै त्यहाँ उपस्थित महानुभावहरुलाई चित्रहरुको अवलोकन गराइएपछि अर्मेनियालीहरुको नरसंहारको एक शताब्दी (१९१५–२०१५) को सन्दर्भमा २२ अप्रिल २०१५ मा (नेपालको महाभूकम्पको २ दिनअगाडि मात्रै) उद्घाटन गरिएको अर्मेनिया जनसंस्कृति संग्रहालयका निर्देशक तिग्रान आरुत्युन्यानले आधुनिक प्रविधिद्वारा सुसज्जित विशाल संग्रहालयको अवलोकन गराए । उनले संग्रहालयमा प्रदर्शित विभिन्न वस्तुहरुको अवलोकन गराउँदै संक्षेपमा अर्मेनियाली जनताको इतिहास र संस्कृतिको बारेमा जानकारी दिएका थिए । त्यहाँ एक शताब्दीअगाडि ओस्मान साम्राज्यको तर्पmबाट अर्मेनियाली जातिको नरसंहारसम्बन्धी ऐतिहासिक सामग्रीहरुको प्रदर्शन गरिनुका साथै केही कक्षहरुमा अर्मेनियामा २७ वर्षअघि मात्र गएको भूकम्पको प्रकोपसम्बन्धी चलचित्रका साथै नेपालमा भूकम्पको विभीषिकासम्बन्ची फाटो र चलचित्रको समेत प्रदर्शन भइराखेको देख्न सकिन्थ्यो ।

IMG_2802संग्रहालयको अवलोकनपश्चात् स्वर्गको ज्यादै निकट रहेका आरारात पर्वतको काखमा बस्ने अर्मेनियालीहरु र हिमालयको काखमा बस्ने नेपालीहरुको रुपरङ्ग मात्र नभई जनजीवन र मनोभावनामा समेत निकै समानता रहेको बोध भइरहेको थियो ।

बाहिर निस्कने क्रममा मास्कोमा हालै निर्मित अर्मेनिया जनसंस्कृति संग्रहालयको निर्माणमा भाग लिने एक वास्तुकलाविद् र त्यहाँ रहेको चर्चका प्रमुख पादरीसंग संग्रहालयको करिडोरमा जम्काभेट भयो र उनीहरुसंग छोटो वार्तालाप गर्दै एउटा फाटो समेत खिच्ने मौका पाइयो । ग्रीष्मकालीन मास्कोको उज्यालो साँझपख रुसको राजधानीको मुटुनजिकै निकै ठूलो क्षेत्रमा अर्मेनियाको सांस्कृतिक केन्द्रको रुपमा जनसंस्कृति संग्रहालयको विशाल भवन र अग्लो गिर्जाघरसहितको भव्य समुच्चय निकै प्रभावोत्पादक लागिरहेको थियो ।

दिनाङ्क ः ३ जुलाई २०१५,
मास्को, रुस महासंघ ।

प्रतिक्रिया