हरितालिका तीजको अवसरमा २९ अगष्टमा बे एरियामा बिशेष कार्यक्रम हुने

इनेप्लिज २०७२ असार २१ गते ९:१४ मा प्रकाशित

945b8bहिन्दु धर्मावलम्बी महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा २९ अगष्ट शनिबार, २०१५ मा विशेष कार्यक्रम हुने भएको छ । बेलुका ५ः३० बजेदेखि ११ बजेसम्म हुने उक्त विशेष कार्यक्रमका लागि सबैलाई पायक पर्ने स्थानको खोजीमा आयोजक कमिटी रहेको छ । बिशेष कार्यक्रमका लागि संगीता गुरुङ (दक्षिण सनफ्रान्स्सिको)को संयोजकत्वमा आयोजक कमिटी समेत गठन गरिएको छ ।

कमिटीमा कमला प्याकुरेल (ओकल्याण्ड), राधा शर्मा (इल सिरेटो), मनोहरा थापा (बर्कली), सुमिता थापा (ट्रयासी), सोनिया केसी (अल्मेडा), सपना शर्मा (बर्कली), रामदेवी पालिखे (सान पाब्लो), गीता कँडेल दवाडी (सान जोस), मिरा वस्ती (कनकर्ड), लक्ष्मी महर्जन, समिना बन (सान जोस), सुनिता पाण्डे (सन्नीभेल), सरु भण्डारी (बर्कली), सुनिता सापकोटा (दक्षिणी सनफ्रान्स्सिको), लक्ष्मी महर्जन, संगीता थापा (इल सिरेटो), मिनु भण्डारी थापा (फ्रिमन्ट), कल्पना रानाभाट (फ्रिमन्ट), सम्झना कुँवर (फ्रिमन्ट) र गंगा अधिकारी खनाल (सन्नीभेल) रहनु भएको छ ।

आयोजकले २९ अगष्टको विशेष कार्यक्रमको मिति सुरक्षित राख्नका लागि सम्पूर्णलाई आह्वान समेत गरेको छ । विशेष कार्यक्रममा सहभागी भएर नाच्न र रमाउन आयोजकले आह्वान गरेको छ ।

प्रतिक्रिया