सातौ महफिल कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ असार २५ गते १७:१६ मा प्रकाशित

11667358_10203241374955534_60135623974666588_nआज २०७२ असार २५ गते अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर (अनेसास नेपाल) ले आयोजना गरेको सातौ महफिल कार्यक्रम सम्पन्न भयो। वरिष्ठ साहित्यकार कृष्णजंग राणाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम अनेसास नेपाल च्याप्टरका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न भएको थियो |

महफिल कार्यक्रमका संयोजक साहित्यकार डा. सनत कुमार वस्तीले स्वागत गर्नुभएको सो कार्यक्रममा नेपाली, उर्दू, हिन्दी, संस्कृत भाषाका गजल, गीत, सायरी र कविताहरु वाचन गरिएका थिए | अनेसास नेपाल च्याप्टरले मासिक नियमित रुपमा संचालन गर्दै आएको सो कार्यक्रममा कृष्णजंग राणा, डा. सनत कुमार वस्ती, हिन्दी विभाग त्रि. बी. बी. का प्रमुख स्वेता दिप्ती, स्रष्टाहरु इम्तियाज वफा, अब्दुल मोविन खान, नवराज पराजुली, काशिनाथ नेउपाने, गीता खनाल, मिथिला प्याकुरेल, लक्ष्मी जोशी भट्ट, भगवती रोका भूमिका, गीता मैनालीलगायतले आ आफ्नो रचना वाचन गर्नु भएको थियो |

11666105_10203241376235566_3999371871881314546_n

प्रतिक्रिया