अनेसासको साधारण सभा तथा भानुजयन्ती

इनेप्लिज २०७२ असार २८ गते १३:४१ मा प्रकाशित

11709715_10153458111165429_5884414031249484663_nअन्तर्राष्टि«य नेपाली साहित्य समाजको २४ औं वार्षिक साधारण सभा तथा २०२ औं भानु जयन्ती अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूह्यामसायर च्याप्टरको आयोजनामा यही जुलाई ११, २०१५ मा न्युह्यामशायरको हुकसेट सहरमा भव्यरुपमा सम्पन्न भएको छ ।

बरिष्ठ साहित्यकार कृष्ण धराबासी प्रमुख अतिथि रहनु भएको सो समारोह अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका संयोजक तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यूह्यामसायर च्याप्टरका अध्यक्ष अग्नि पराजुलीले कार्यक्रममा उपस्थित अतिथि एवं सहभागीहरुलाई स्वागत गर्नुभएको सो कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, साहित्यकार एवं सहभागीहरु सबैले आदिकविको तस्वीरमा माल्र्या{{{पण गरेका थिए ।
तनहू रम्घा निवासी तथा भानुजन्मस्थल विकास समितिका सस्थापक अध्यक्ष तथा नेपाल सरकारका पूर्व सचिव रामचन्द्र शर्मा पौडेलले आदिकविको जीवनी, उनले नेपाली साहित्यमा पु¥याएको योगदान आदिका बारेमा चर्चा गरेका थिए ।

FullSizeRender 2समाजका अध्यक्ष पदम विश्वकर्माले यस अवधिमा सम्पन्न गतिविधिका बारेमा संक्षिप्त चर्चा गर्दै संस्थाको विधान संशोधनका कार्यहरु भइरहेको, नेपाली साहित्यको विश्वव्यापीकरण अभियानमा अनेसासले पु¥याएका योगदानको चर्चा गर्दै आगामी वर्ष संस्थाको रजत जयन्ती भव्यरुपमा विश्वभर मनाउने, कृतिहरु अनुवाद गर्ने र प्रकाशन गर्ने, विभिन्न अन्तराष्टि«य सम्मेलनहरुको आयोजना गर्ने जानकारी दिंदै अनेसासलाई सबै नेपाली भाषी तथा साहित्यकारहरुले गर्व गर्ने साझा चौतारीकारुपमा लिनसक्ने संस्थाका रुपमा विकसित भएको आफूले हेर्न चाहेको बताए ।
यसैगरी कार्यक्रममा महासचिव गोवर्धन पूजाले संस्थाले एक वर्षको अवधिमा आयोजना गरेका गतिविधि तथा आगामी वर्ष आयोजना गरिने गतिविधिहरुका बारेमा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैगरी कार्यक्रममा अनेसासका सचिब प्रकाश नेपालले कोषाध्यक्षको अनुपस्थितिमा आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
अनेसास बोर्ड अफ ट्रष्टीका सभापति डा श्याम कार्की तथा सस्थापक अध्यक्ष होमनाथ सुबेदीको शुभकामना संदेश पढेर सुनाइएको थियो।
सो अबसरमा अनेसास बोर्ड अफ ट्रष्टीका उप सभापति तथा पूर्व केन्द्रिय अध्क्षय गीता खत्रीले अनेसासले आफूलाई सम्मान गरेकोमा खुशी ब्यक्त गर्दै अनेसासलाई निरन्तर रुपमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन/
कार्यक्रममा डा. शिव गौतम, अनेसासका उपाध्यक्ष राम खत्री, ह्याम्प्सार च्याप्टरका महासचिब ईश्वरी भट्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
अनेसासका सस्थापक अध्यक्ष होमनाथ सुवेदी तथा अनेसासका पूर्व अध्यक्ष एबम बोर्ड अफ टष्ट्रीका उपसभापति गीता खत्रीलाई सम्मान पत्र प्रदान गरिएको उक्त कार्यक्रममा अनेसासको उत्कृष्ट च्याप्टर अध्यक्षका रुपमा नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली र उत्कृष्ठ च्याप्टरका रुपमा न्युयोर्क र डी. सी. च्याप्टरलाई प्रशंसा पत्र प्रदान गरियो ।
यसै गरि अनेसासको आयोजनामा बोष्टनमा मनाइएको लक्ष्मी जयन्तीको संयोजन गरे बापत हरि काफ्ले ( बोष्टन च्याप्टर ) ,कोलोराडोमा आयोजना भएको आनमा नाशाको सम्मेलनमा साहित्यिक कार्यक्रम संयोजन गरे बापत राजु सिटौला, अनेसास भूकम्प पीडित कोषमा रकम संकलनमा सहयोग गर्ने अनेसास ह्युस्टन च्याप्टर, डिसी मेट्रो च्याप्टर, न्युयोर्क च्याप्टर र अग्नि पराजुली ( न्यु ह्याम्सर च्याप्टर ) लाई प्रशंसा पत्र प्रदान गरियो ।

FullSizeRenderकार्यक्रमको दोश्रो चरणमा आयोजित कविता गोष्ठीमा प्रतियोगी तथा अप्रतियोगी कविले कविता वाचन गरे | कृष्णकुमार गिरी, पदम कुमारी पोख्रेल माधव गुरुङ, डा. पुष्पमान जोशी, सावित्री देबी पराजुली, रिवाज भण्डारी ,शकुन्तला ज्ञावाली, रामचन्द्र भण्डारी, राधाकृष्ण चापागाईं, बटु न्यौपानेलगायतले प्रतियोगी कविता सुनाए / जसमा राम खत्री, दीपा राई पुन , बिकाश बिष्ट सम्मिलित निर्णायक समितिले शकुन्तला ज्ञवाली, राधाकृष्ण चापागाई र बटु न्यौपाने लाई क्रमश: पहिलो, दोश्रो र तेश्रो घोषित गर्यो/
कार्यक्रममा कृष्ण धरावासी, रामचन्द्र शर्मा पौडेल, शरद निरौला, डा. शिव गौतम,पदम विश्वकर्मा, गोवर्धन पूजा, गीता खत्री, प्रकाश नेपाल, दीपा राई पुन,हरि काफ्ले, विकाश बिष्ट, ईश्वरी भट्ट, उमा पराजुलीलगायतले पनि कविता बाचन गरे।

प्रतिक्रिया