” हिन्दुराष्ट्र नेपालभित्र धर्मनिरपेक्षता किन ?

इनेप्लिज २०७२ असार २८ गते १८:११ मा प्रकाशित

1005335_492783817463286_763214710_nनेपाल हिन्दु र बौद्धको आधिकारिक थलो हो । विश्वको एकमात्र हिन्दु राष्ट्रका रूपमा चिनिएको बुद्धको जन्मभूमि नेपाल तीन अर्ब भन्दा बढी विश्वका हिन्दु र बौद्ध धर्मालम्बीहरूको आस्थाको केन्द्र हो ।

धार्मिक पुस्तकमा भनिएको छ महा प्रलयकालमा मनुको डुंगा बग्दै जाँदा यस ब्रह्माण्डको उच्च ठाउ सगरमाथामा ठोकिंदा ब्रह्माजीले तत्कालिन समयमा मानसी शृष्टि मानसरोबरमा बसेर योग साधना गरेका थलो मातृभूमि नेपाल ! त्यस्तो पवित्र भूमि हिन्दुराष्ट्रमा जन्मन पाउनुमा आफुलाई गर्व गर्दै म भन्छु हिन्दूहरुको उद्गम थलो नेपाल नै हो !
लोमश ,श्रिंगी ,पराशर ,बेद व्यास आदिको जन्मभूमि तथा तपोभूमि नेपालनै हो जो अहिले सम्म इतिहास साक्षि छ,!
हाम्रा चारै बेदका मन्त्रद्रष्टा ऋषिहरु नेपालकै थिए जुन बिभिन्न धार्मिक पुस्तक उल्लेख गरिएको छ !
जनक जस्ता विदेह राजाको जन्मभूमि, अश्वपति र विराटराजाको जन्मभूमि पनि नेपाल नै हो र हरेक बर्ष राम नवमीको दिन जनकपुर धाम लाग्छ जहाँ अनगन्ती मानिस हरुको दर्शनका लागि भिड हुने गर्छ आज पनि !
जगत जननी सीता पनि नेपालकै छोरी हुन् भन्ने कुरा हामीले धार्मिक ग्रन्थमा लगायत स्कुल पढ्दा पुस्तक मै पनि पढेका हौ,!
त्यस्तै याज्ञबल्क्य, कहोल , आरुणी , धौम्य आदि ऋषि मुनिको पवित्र बाणीद्वारा नेपालकै भुमि गुन्जायमान भएको थियो !
विश्व प्रशिद्ध तिर्थस्थल चार क्षेत्र – मुक्ति क्षेत्र , बराह क्षेत्र, रुरु क्षेत्र र पाशुपत क्षेत्र नेपालकै भूमिमा अवस्थित छ आज paनि !
शालिग्राम र रुद्राक्षारण्य नेपालकै देन हो भन्ने कुरामा म पछी पर्दिन !
tystai महाभारतको युद्धमा भागलिने किराँती राजा यलम्बर हाङ्ग नेपालकै थिए !
त्यसैले नेपालको गौरबमय इतिहाँस हजारौ हजार बर्ष पुरानो देखिन्छ ! नेपालको यत्रो ठुलो सत्ताको इतिहाँस जो आजसम्म लेखिएकै छैन कसैले ओझेलमा पारेर यसको हिन्दुत्व पहिचानलाई मेटाएर र आफु खुशी गर्न जातभात,पहाडी,मधेश ,गर्दै टुक्राउन खोज्यो भने अछ्म्य अपराध ठहरिने छ र हिन्दु राष्ट्रका हामी सम्पूर्ण नेपालीहरुको लागि अपच्य हुनेछ !
आजको यो मातृभूमि पीडाले चिरिएको बेला नेपाली जनताको आत्मा पिडाले रोएको बेला आफ्नै जन्म भूमि आमाको कोखलाइ छेदन गर्न तलिन किन हुँदैछौं ? जुन थालमा खान्छौ जसको छत्रछायामा बसेका छौं उसैलाइ मेटाउन तलिन किन नेता ज्यु ? हेर्नुस् नुन चुक लगाउन खोज्ने दानब रुपी मानवलाई कदाचित श्रीपशुपति नाथले छोड्नु हुनेछैन र अतिचार भयो भने त्यस्ताको नष्ट गर्नु हुनेछ ,देशलाई तहस नहस गर्न खोज्ने अपराधीहरुलाई माँ पाथिभरा माता,र माँ दक्षिणकाली माताले त्यस्ता अपराधीहरुको सर्बस्य नष्ट गर्नु हुनेछ ! त्यसैले आफ्नो मातृभूमिको मायाँ गर्दै आपसमा भाइचारा भइ हातमा हात ,दुख शुख्मा साथ दिएर पुर्नर देश निर्माणमा सबै मिलेर साथ दिउ र हिन्दु राष्ट्र नेपाल भित्र धर्म निरपेक्षता क़ायम नगरी हिन्दु नै रहेर गर्वले विश्व सामु छाती ठोकेर भन्न सकौं हामी हिन्दु राष्ट्र नेपालका नेपाली हौं । देश हाम्रो हो हामी नै मिलेर नयाँ नेपालको सिर्जना गरौ !
यस्तो गौरवमय राष्ट्रको अस्मिता र पहिचान समाप्त पारेर इसाइकरणतर्फ लैजानु उचित हुदैन । नेपाललाई हिन्दु राष्ट्रका रूपमा क़ायम राख्नु विश्वका हिन्दुधर्मालम्वी प्रतिको सम्मान हुने छ । नेपाल हिन्दु राष्ट्र हुदा इसाई मुसलमान आदि सबै धर्म मान्न स्वतन्त्र थिए र रहने छन । सबै धर्मालम्बीलाई आफ्नो धर्म , संस्कार र परम्परा अनुसार चल्ने स्वतन्त्रता हिन्दुधर्मले खोस्दैन । किनकी हिन्दु धर्म सबै प्रति ऊदार र सहिष्णु छ । तर नेपालमा अनेकौ प्रलोभन दिएर धर्म परिवर्तन गराऊने प्रति नेपाली सहिष्णु बन्न सक्दैन ।
हाम्रो दुर्भाग्य केही राजनीतिक दलका नेता धर्मनिरपेक्षतावादी भारत , अमेरिका , युरोपका राष्ट्र र क्रिश्चियन मिशनको षड्यंत्रका सिकार भई नेपालको अभिमत विरूद्ध यस मुलुकलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्न पुगे जुन आत्मघाती कदम थियो ।नेपालमा षड्यंत्र द्वारा हिन्दुहरूको आस्थामा चोट पुर्याऊने काम भइरहेको छ । हिन्दुहरूको आस्थाको स्थलको पहिचान र हिन्दुहरूका आराध्यदेवको अपमान गरिन्छ ।पहिले मुस्लिम आक्रांताहरूको कालों करतूतमा पर्दा हाल्ने काम भयो । गणतन्त्र प्राप्ति पछि काँग्रेस र कम्युनिष्टका अनेक तथाकथित धर्मनिरपेक्ष नेताहरू र बामपंथिहरूले इतिहासलाई विकृत गर्ने प्रयास गरे ।
बामपंथि इतिहासकार र लेखकहरूलाई एकत्रित गरेर नेपाललाई धर्म निरपेक्ष राज्य क़ायम गराऊन सहयोग गर्न अपील गरियो । धर्मनिरपेक्ष पक्षधर नेताहरूले ववाल मचाऊन थाले । आरोप लगाए । राजसंस्था र हिन्दुत्व प्रगतिको बाधक हो । यस ववालका बीच सरस्वती वंदनालाई इस्लाम र क्रिश्चियन विरोधि भनेर स्कूलहरूको बहिष्कार गर्ने धम्की दिन थाले । ‘ ग’बाट गणेश न पढ़ाइयोस ‘ग’बाट गदहा पढ़ाइयोस भन्न थाले ।
राम्ररी हेर ! राजसंसथा र हिन्दुत्वका विरेधीहरूले संविधानको मस्यौदाको प्रस्थापनामा पनि देशको अतीतलाई होच्याएको छ कि छैन ? राम्ररी हेर, थुप्रै प्रिय र प्रेरक कुरा पाऊने छौं। स्वाधीन नेपाल नै अतीतको देन हो हामीलाई ।
इतिहास निर्माणको अत्यन्त महत्वपूर्ण तर संवेदनशील विषय हिन्दुराष्ट्रको सम्बन्धमा यस क्षणमा निर्णायक भनिएका नेताहरू अनुपातको हिसाबबाट नेपालमा सबै भन्दा बढी हिन्दु छन । संख्याको हिसाबबाट भारतमा । धर्म निरपेक्षताको शाब्दिक अर्थ हुन्छ अधर्मी । जस्तै गुट निरपेक्षको अर्थ कुनै पनि गुटमा नपर्नु हो । पंथ निरपेक्षताको अर्थ कुनै पथमा विश्वास नगर्नु हो । त्यस्तै धर्म निरपेक्षताको अर्थ कुनै पनि धर्ममा नपर्नु हो । अधर्मीको कुनै धर्म हुदैन ।अब नेपालमा गर्ने के ? हिन्दु राष्ट्र घोषित गर्ने कि अधर्मी ? चिन्तन गरौं । र अमेरिकालाई हेरौं ।
२० लाख बढी मानिसको ऊपस्थिति भएको समारोहमा अमेरिकाका ४४औं राष्ट्पति वाराक ओवामाले सपथग्रहण गर्नु अधि पादरी रिक बारेनले क़रीब पाँच मिनट सम्म प्रार्थना गरे । कार्यक्रममा प्रथम महिला मिसाइल ओवामाले राष्ट्रपति अब्राहम लिंकनले प्रयोग गरेको बाइबिल लिएकी थिइन । त्यसै बाइबिलमाथि बायाँ हात राखेर बाराक ओबामाले अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीशसंग राष्ट्रपतिले सपथग्रहण लिए ।
अमेरिकी समाजमा चर्च र प्रार्थना अभिन्न अंग जस्तो छ । के भन्न अतिशयोक्ति हुदैन भने अमेरिकी शहरहरूको बनावट र बस्तीमा हरेक एक कोशको परिसरमा कम्तीमा एऊटा चर्च अवश्य भेटिन्छ । किनभने यहाँको समाजमा क़रीब ४४ प्रतिशत प्रोटेस्टेन्ट , २४ प्रतिशत क्याथोलिक ७ प्रतिशत ऐतिहासिक जातीको आफ्नै धर्म छ । २ प्रतिशत यहूदी छन भने १६ प्रतिशत अमेरिकी कुनै पनि धर्मसंग aसम्बन्धित छन । अरू त अरू संयुक्तराज्य अमेरिकाको सिक्का समेत, भगवानमा विश्वास गर्chhau , भन्ने वाक्यांश अंकित छ ।अमेरिकी संविधानको प्रथम संशोधनले धार्मिक स्वतन्त्रता निर्दिष्ट गरेको छ .
प्राचीन समयमा राजा चन्द्र गुप्तलाई त्यति बेला महान कुटनीतिज्ञ एवं अर्थ शास्त्री कौटिल्यले सम्झाऊदै भनेका थिए । जुन देशमा अनैतिक शासक , संशयात्मक निर्णय , भयरहित अपराधि र तटस्थ प्रजा हुन्छन त्यस देशको अस्तित्व नै संकटमय परेको हुन्छ । एमाओवादीका अध्यक्ष पुष्प कमल दाहाल ‘ प्रचण्ड ‘ले संविधान सभामा बोल्दा के भन्नु भयो भने नेपाल धर्मनिरपेक्ष भन्न खोजिएको होon । राष्ट्र निरपेक्ष भनिएको हो । यो संसयको कुरा भयो कि भएन ? संसयपूर्ण निर्णयले द्वन्द निम्त्याऊने छ ।देशको स्तित्व संकटमय हुनेछ । । खून खरावा बढ्ने छ । रक्तपात हुेछ ।नेपालमा कहिल्यै नभएको घर्म युद्ध हुनेछ । यस प्रति हामी सचेत होऔं पराइको ऊकसाहटमा नलागौं ।
भेटर्यान न्यूरो सर्जन डा० उपेन्द्र देवकोटाले माओवादीले चर्चबाट पैसा लिएर जनयुद्ध लड़ेको भनेका छन । ऊनले जनयुद्धमा माओवादीले चर्चबाट पैसा लिएकाले अहिले धर्म विवादमा परेको बताए । उनको भनाई थियो नेपाल विश्वको एकमात्र राष्ट्र होला जहाँ कम्युनिष्ट आन्दोलन चर्चको सहयोगबाट सफल बनाउदै जान थालेको देखिन्छ जुन नेपाल भित्र अपच्य छ । १८ हजार मानिस मार्ने अंधाहरू विदेशी ऊकसाहटमा आँखामा पट्टि बाधिएका अवस्थामा छन । तिनबाट देशको केही हुनेवाला छैन । यस्तै कारणले आज देशभित्र अहिले धर्मवारे विवाद सुरू भएको हो । जुन नेपाल भित्र अपच्य जनतालाई भएको छ जसको कारण जुन सुकै बेलापनी युद्ध नहोला भन्न सकिन्न ।
nisha khanal aryal
rajbiraj
haal israel

प्रतिक्रिया