इजरायलमा मुक्तक प्रतिष्ठानले मनायो भानुजयन्ती

इनेप्लिज २०७२ असार ३० गते ०:१३ मा प्रकाशित

आदिकवि भानुभक्त आचार्यको २०२ औ जन्मजयन्तीका अवसरमा नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखाले आफ्नो बार्षिकोत्सव नौलो ढंगले मनायो । आयोजक इजरायलमा थिए भने प्रमुख अतिथि र विशेष अतिथि नेपालमा । शाखाका सविच श्रीराम अधिकारीले शाखाकी अध्यक्ष सुचित्रा खनियालाई समारोहको सभापतित्व ग्रहण गराए पछि स्काइपे अनलाईनबाट काठमाण्डौमा रहेका नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने ज्युलाई प्रमुख आतिथ्य ग्रहण गराए भने प्रतिष्ठानकी सल्लाहकार उषा शेरचन ज्युलाई विशेष अतिथि । काठमाडौंबाट नै अर्का अतिथि थिए प्रतिष्ठानका महासविच रमेश पौडेल ज्यु । अतिथिमाझ शाखाका सचिवले पदाधिकारीहरुको परिचय गराए पछि आदिकवि भानुभक्तको संम्झना गरियो ।
समारोहका प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोनेले इजरायल शाखाले नौलो पाराले आफ्नो बार्षिकोत्सव मनाएर केन्द्रलाई समेत छक्क पारेको बताउँदै इजरायल शाखाको सक्रियताले केन्द्र समेत  निकै उत्साहित भएको बताउनु भयो । उहाँले शाखाका सबै पदाधिकारीहरुलाई बधाई र शुभ कामना दिँदै निकै चोटिला मुक्तक सुनाउनु भयो । विशेष अतिथि प्रतिष्ठानकी सल्लाहकार उषा शेरचनले इजरायल शाखामा नेपाली दिदी बहिनीहरुको सक्रियताले नेपाली मुक्तक विधामा नारी मुक्तककारहरुको बलियो उपस्थिति देखिएको बताउनु भयो । उहाँले पनि निकै मार्मिक मुक्तक अनलाईनबाटै सुनाउनु भयो । महासचिव पौडेलले नेपाली मुक्तकका लागि इजरायली माटो निकै उर्वरिलो रहेको बताउँदै आदिकविकै मुक्तक सुनाएर भानुको सम्झना गर्नु भयो । अनेसास इजरायलका अध्यक्ष कृष्ण पक्षले नेपाली मुक्तकको लोकप्रियता इजरायल शाखाले बढाएको बताउँदै शुभ कामना दिनु भयो ।
समारोकी सभापति सुचित्रा खनियाले इजरायल शाखाले देशको दुखमा सिर्जनाबाट पनि सहयोगी हात बढाउँदै आएको र केही नयाँ सोचका कार्यक्रमहरु शाखासित रहेको जानकारी दिनुभयो । अध्यक्ष खनियाले आदिकविमै समर्पित मुक्तक पनि सुनाउनुभएको थियो ।  समारोहमा स्वागत मन्तव्य कोषध्यक्ष सुनिता र्राई सुब्बाले दिनु भएको थियो ।
समारोहमा शाखाका पदाधिकारीहरुले आ-आफ्नो परिचय सहित मिठा मिठा मुक्तक सुनाउनु भएको थियो । मुक्तक सुनाउनेहरुमा हुनुहुन्थ्यो-सुरेन्द्र प्रर्साई, श्रीराम अधिकारी, बीजे ब्रि्रोही र्राई, सुनिता र्राईु सुब्बा, शान्ता खवास, बसु श्रेष्ठ, सानु खतिवडा , बनु श्रेष्ठ, सीता अधिकारी,सुभद्रा घिमिरे,रुक माया रेग्मी खनाल,ईशा लावती र रेखा पन्त । समारोह समापन पछि केन्द्रका प्रमुख अतिथि र विशेष अतिथिलाई हार्दिक आभार सहित विदाई गरिएको थियो ।

 

प्रतिक्रिया