कैलालीमा विद्युत् आपूर्ति बन्द

इनेप्लिज २०७२ असार ३१ गते ४:४६ मा प्रकाशित

kailali-dist.-map-350धनगढी, ३१ असार । गएराति यस क्षेत्रमा वर्षासँगै चलेको हावाहुरीका कारण ढलेका रूखले बिजुलीको प्रसारण लाइनमा क्षति पु¥याएपछि कैलालीमा विद्युत् आपूर्ति बन्द भएको छ ।

नेपाल विद्युत् प्राधिकरण धनगढी शाखाले हावाहुरीले विद्युत्का खम्बा ढलाएको तथा रूख ढल्दा तारमा क्षति पुगेपछि विद्युत् आपूर्ति बन्द भएको जनाएको छ ।

विद्युत् आपूर्ति सञ्चालन गर्न पहल भइरहेको प्राधिकरणका प्रमुख सत्यनारायण महतोले बताउनुभयो । हावाहुरीको क्षतिको यकिन विवरण आउन बाँकी रहेको महतोले बताउनुभयो ।

मनसुन पुनः सक्रिय भएपछि गएराति देखि यस क्षेत्रमा ठूलो वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाले गत २४घन्टा भित्रमा कैलालीको गोदावरी क्षेत्रमा सबैभन्दा बढी २५२ मिमी वर्षाको मापन भएको जनाएको छ । यो अवधिमा धनगढी र अत्तरिया क्षेत्रमा भने करिब १२० मिमी वर्षा भएको छ ।

प्रतिक्रिया