अधुरो सपना को देश ……अमेरिका

इनेप्लिज २०७२ असार ३१ गते ५:४० मा प्रकाशित

अमेरिका यस्तो एक मात्र देश हो जहाँ बिश्वो कै जुन सुकै ढाउबाट मानिसहरु आउन चाहानछन् आफ्नो सपना पुरा गर्न को लागि.कति को सपना पुरा हुन्छ त कति को सपना बिचमै छोडेर फर्केर जना बिबस हुन्छन.सपना त आखिर सपना नै हो सजिलै कहाँ पुरा हुन्छ र तेस्को लागि मिहिनेत र लगन चाहिन्छ,अमेरिका आएर मात्रै पुग्दैन यसको मतलब अमेरिका आएर पनि तपाई ले समय को महतो बुझ्नु भएन भने तपाई ले आफ्नो सपना आधुरो नै छोडेर फर्कनु पर्ने हुन्छ.हो अमेरिकामा समय को महतो धेरै नै हुन्छ समय को इशारा मा हरेक मानिस हरु दौडी रहेका हुन्छन चाए यो देश को रास्ट्रपति नै किन नहोस या म जस्तो एउटा स्टोरे मा काम गर्ने साधारण कर्मचारी
यहा आउने हरेक मान्छे हरु मा केहि न केहि सपनाहरु संगै आएको हुन्छ ,कसैको राम्रो जीवन स्तर त कसैको धेरै पैसा कमाएर टुलो मान्छे बन्ने येस मथेय कसैको पुरा हुन्छ त कसैको आधुरो नै रहन्छ .पुरा हुने हरु आफुलाई भागेय्मानी सम्झिन छन् र सपना पुरा नहुने हरु आफु लाई अभागी.भागेय्मानी र अभागी को दौड मा कति ले आफ्नो जीवन येही समाप्त पार्छन त कति खाली हात आफ्नो देश फर्कन बिबस हुन्छन.आखिर जे जस्तो भए पनि अमेरिका मा गर्न सक्ने को लागि धेरै अबसर हरु छन् बस आफुले सहि अबसर लाई चिन्न र बुझ्न सक्नु पर्छ.
सपना त आखिर सपना नै हो चाए त्यो पुरा होस् वा आधुरो नै किन नहोस मानिस हरु यही सपनाको लागि भनेर जन्मे देखि नमरुञ्जेल सम्म संघर्स गरिरहेका हुन्छन येति गर्दा गर्दै पनि कति को सपना उनि हरु को चिता संगै जलेर खरानी हुन्छ त कति को पुरा भएर जान्छ.अमेरिका लाई धेरै ले धेरै रुप बाट बुझेका छन् तर मेरो बुझाई मा अमेरिका भन्नाले आधुरो सपना को देश भनेः भान छ सपना त मैले पनि आफु आउदा संगै लिएर आएको थिए तर थाहा छैन त्यो संगै लिएर आएको सपना पुरा भयो कि भएन,अरु को नजर बाट मलाई हेर्दा मेरो सपना पुरा भएको जस्तो देखिन्छ तर खुद आफुले आफैलाई नलुकाई भन्दा मेरो सपना आहिले पनि जहाँ को तेही छ तेही आउदा खेरिको सपना पुरा गर्न को लागि संघर्ससिल भएर लागि रहेको छु
६ बर्षअघि जुन सपना र रहर बोकी पहिलो चोटी आएको थिए त्यो सपना र रहर अहिले पनि तेही रुप मा नै रहेको पाउछु म ,यो बिच मा धेरै परिबर्तन हरु म मा यो देश मा पनि आयो तर मेरो सपना मा अलिकति पनि परिबर्तन भएको मैले देख्न पाइन अबसर र समय त मैले पनि पाएको नै थिए तर भनछन् नि समय को सदुपयुग गर्न नजानु ले काम बिगार्छ भनेर मेरो जीवन मा पनि तेस्तै हुन गयो मैले समय र अबसर लाई चिन्न नसक्दा आफ्नो सपना पुरा गर्न सकिन .म मात्रै होइन यहा हजारू या भनौ लाखौ मानिस हरु छन् जो एउटा अबसर को खोजि मा भौतारी रहेका हुन्छन उनीहरु को एउतै लक्ष्य हुन्छ एउटा राम्रो अबसर र तेय्स बाट मिल्ने लाभ.
प्रतेक वर्ष खुल्ने डिभी चिट्ठा र तेस मार्फत भित्रने हजारौ मानिस हरु र साथ साथै अबैधानिक रुप मा भित्रने हजारौ मानिस हरु सबैको एउतै चाहना आफ्नो सपना पुरा गर्नु रहेको हुन्छ,चाहे ति मेक्सिकन हुन् कि ,स्पेनिश या चाहे बेलायेती हून कि जर्मनी उनीहरु सबै को एउतै सपना अमेरिका आउनु रहेको हुन्छ किन कि अमेरिका भन्नाले सोतंत्र देश हो यहा आफु संग सिप र लगन छ भने जे गर्न पनि मिल्छ यही कारण लेगर्दा बिस्वो को हरेक देश बाट अमेरिका आउन मानिस हरु लालयित हुन्छन.
कसै कसै को सपना यहा आउन नपाउदै आधुरो भएर जान्छ त कसै को पुरा तर येसरी पुरा भएको सपना अमेरिका आएर आधुरो सपना को रुप मा परिणत हुन पनि जान्छ.हजारौ पटक प्रयास गर्दा पनि धेरै को अमेरिका आउने सपना पुरा हुदैन उनीहरु एसो हुनु को कारण आफ्नो भाग्य लाई दोष दिन्छन र भन्दै हिड्छन कि आफ्नो भागेय्नै खोटो रहेछ तर उनीहरु ले यो किन बिर्सन्छन कि यहा आउदै मा उनि हरु को भाग्य बन्छ र आफ्नो देश मा हुँदा बिग्रन्छ.फेरि यसो भन्दा यहा हरु लाई लाग्ला अमेरिका मा बसेर गफ दिद्दै छ तर यो गफ होइन यो सहि हो कि अरु को देश जादै मा आफ्नो भाग्य बन्दैन भाग्य भनेको त आफ्नो हात मा हुन्छ.अमेरिका मा पनि कति अमेरिकन हरु गरिबी र दुख को चपेटा मा पिल्सिएका छन तर हाम्रो सपनाको अमेरिका मा ति सब देखिएको हुदैन हामीले देख्ने सपना मा त केवल चिल्ला सडक,बिशाल समुन्त्र र आलिशान बिल्डिंगर यही देखेको सपना को आड लिएर अमेरिका आउन हामीहरु लालयित हुन्छौ.
धेरै बल र प्रयाश स्वोरूप कसैको अमेरिका आउने सपना साकार हुन्छ र एक दिन आफु र आफ्नो सपना बोकेर उ अमेरिका आउछ तर बिस्तारै

उसले बुझ्दै जान्छ कि उसले देखेको सपना को अमेरिका र वास्तविक अमेरिका मा आकाश जमिन को फरक छ र यसरी उसको आशा हरु निराशा मा बदल्दै जान्छ,बिस्तारै उसलाई उकुसमुकुस हुदै जान्छ र एक दिन फेरि आफ्नो सपना लाई बीच मै यही छोडेर आफ्नो देश फर्कन बिबश हुन्छ र यसरी फर्केर जाने हरु आरु को अघि आफुलाई उचो देखाउन अमेरिका को बारेमा पत्रपत्रिका र साथ साथै सामाजिक संजाल मा भार्मक कुरा हरु लेख्न सुरु गर्छन यस्तो लेख्दा उनि हरु आफु एक महान विद्वान हू भने सम्झिन्छ तर उसले यो बिर्से को हुन्छ कि केहि समय पहिला अमेरिका जना को लागि भनेर आफ्नो देश र यहा को अवस्ता लाई लात हानेको थियो .

मेरो एकजना मित्र जो देश को एक सफल पत्रिका को सम्पादक को काम गर्नु हुन्थ्यो या भनौ गर्नु हुन्छ ,उहा एक पल्ट अमेरिका आउन को लागि निबेदन हाल्नु भएछ धेरै प्रयास स्वोरुप उहा लाई भिसा लागेछ र केहि दिन पछि उहा अमेरिका आउनु भयो सायद उहा सधै लाई येतै बस्नको लागि भनेर आउनु भएको थियो होला किन कि उहा को भनाइ बाट हेर्दा तेस्तै महसुस हुन्त्यो उहा भनू.हुन्त्यो कि देश मा बसेर केहि हुदैन तेसैले यता आएको.उहा जुन सपना बोकेर अमेरिका आउनु भएको थियो सायद त्यो सपना र अमेरिका को वास्तविक जीवन स्तर मा आकाश जमिन को फरक पाउनु भयो र पछि फेरि आफ्नो देश नै सहि हो भन्दै आफ्नो देश फर्कनु भयो यसरी फर्कंदा उहा को सपना पनि अधुरो नै रहन गयो तर खाली येति मै सिमित हुनु भएन उहा उहा ले अमेरिका को बारेमा र यहा हुने आफ्ना दाजु भाई,दिदि बहिनि को बारेमा भार्मक समाचार सामाजिक सन्चाल मा छाप्न समेत पुग्नु भयो तेसो गर्नु हामी ले हेर्दा उहा को मुर्खता हो भन्ने बुछौ.
यसरी हेर्दा अमेरिका मेरो ,मेरो मित्र को मात्रै नभई पुरै बिश्वोको सपना को देश भनेर बुझ्न कुनै समय लाग्दैन तर अमेरिका को बारेमा साचो रुप मा भन्दा अधुरो सपना को देश…….हो भनेर कुनै फरक पर्दैन..

प्रतिक्रिया