प्रसङ्गवश एन.आर.एन. क्यानाडाको चुनाव र विधान

इनेप्लिज २०७२ असार ३१ गते १०:३३ मा प्रकाशित

govinda-sing-rawat (1)

यसपटक फेरी उठाउनु परेको छ । गलत कुरालाई स्वीकार्नु पनि गलत हो भन्ने कुरा हामी सबैले बुभ्mन पर्छ । एनआरएन क्यानाडालाई अहिलेको नेतृत्वले कुन विधान अनुसार डो¥याएरहेको छ र भोली कुन किनारमा ल्याएर थन्काइदिने हो कसैलाई थाहा छैन । चुनाव प्रक्रियाप्रति असहमति जनाउदै मैले एनआरएन क्यानाडा, एनआरएन क्यानाडाको चुनाव आयोग, एनआरएनए सचिवालयमा पत्राचार गरेको थिए । तर कतैबाट पनि कुनै प्रतिक्रिया नआएपछि अब एनआरएन अर्थात गैरआवासीय संघ प्रतिनै असहमति जनाउदै जाने बेला आएको देखिन्छ । किनभने यस्तै रहीरह्यो भने भोली अप्रजातान्त्रिक प्रक्रिया अपनाउनेहरुलाई पुरस्कार बाड्दा हामीले ताली बजाउन सिवाय अरु केही गर्न सक्दैनौं ।

एनआरएन क्यानाडाको चुनावमा विशाल टोरोन्टोबाटै एउटा संस्थाको उच्च पदमा बसेका अध्यक्ष, उपाध्यक्ष, सचिव, महासचिवहरुनै चुनावमा प्रतिपर्धा गरेर राष्ट्रिय समन्वय समितिको सदस्य भएका छन् । जित्नेलाई बधाई छ तर चुनाव आयोगले कुन आधारमा क्यानाडा सरकारको विधान अनुसार संघ–संस्था ऐनका आधारमा दर्ता भएका नेपाली संस्थाको कार्यकारिणी पदमा बसेर राजिनामानै नबुझाएर एनआरएन क्यानाडाको चुनावमा नाम दर्ता गर्न दियो । यसको छानबिन कस्ले गर्ने । एनआरएन क्यानाडाको वर्तमान महासचिव तुलसी सापकोटाले एनआरएन क्यानाडाको फेसबुक मार्फत यस बारे कुरामात्र उठाएका थिएनन् । उनले एउटा संस्थाको कार्यकारिणीमा बसेकाले एनआरएन क्यानाडाको चुनावमा उठ्न नपाउने र राजनीति दलको प्रतिनिधित्व गर्नेले भाग लिन नपाउने भनेर किटानसमेत गरिदिएका थिए । उनले लेख्नु नलेख्नु भन्ने कुरा एकातिर छ र वास्तविकता अर्कोतिर छ । यसलाई वर्तमान चुनाव आयोगले किन हेरेन र किन वेवास्ता गरियो भन्ने बारे तपाई हामी सबैले बुभ्mनु पर्ने भएको छ । यसअघि पनि दुईवटा चुनाव भई सकेको छ । तर आयोगबाट यस्तो गल्ती भएको थिएन । यसमा त्यसबेलाका कार्यकारिणीले पनि ध्यान दिएको हुनु पर्छ ।

अब चुनाव लडेर जिती सकेको अवस्थामा जबरजस्ती राजीनामा दिन लगाएर चुनाव आयोगले भूलसुधार गरेको खण्डमा यसलाई विधान अनुसार मान्न मिल्छ कि मिल्दैन । अथवा उक्त पदको लागि फेरी चुनाव गर्न मिल्छ कि मिल्दैन । यस बारे एनआरएन क्यानाडामात्र हैन एनआरएनए सचिवालयले पनि बुभ्mन जरुरी छ । यदि यसलाई नै चुनाव आयोगले मान्यता दिन्छ भने विधानलाई च्याति दिए हुन्छ र यसरीनै एउटा बैद्यानिक संस्थाको कार्यकारिणीमा बसेको व्यक्ती एनआरएन क्यानाडाको चुनाव लडेर एनआरएन क्यानाडाको कार्यकारिणीमा पनि बस्न मिल्छ भने कसैलाई केही भन्नु छैन । दुईचारजनाले मिलेर सबै संस्थामा बसेर ईच्छा अनुुसार आआफै मिलेर संस्था संस्था खेले भै हाल्छ । अनि जुन उद्देश्यका लागि एनआरएन खोलिएको थियो त्यसलाई थाति राखेर पदमा बसेर रमाउन चाहनेहरुले मात्र एनआरएनको सदस्यता लिए हुन्छ ।

एनआरएनलाई हामी विदेशमा बस्ने नेपालीहरुले कुन रुपमा हेरेका छौं कुन्नी । तर यहाँ एकातिर गैरआवासीय नेपाली भनेर परिभाषित गर्दै विदेशमा बसेर डलर कमाएर एनआरएनको कार्यकारिणीमा बस्ने र फेरी नेपालमा गएर राजनीतिक प्रभावका आधारमा कुनै उच्च पद हत्याउने विचारका साथ यसमा लागेकाहरुको एउटा बाहुल्यता रहेको भने अर्कोतिर विदेशमा बस्ने नेपालीहरुले नेपालसँग आफ्नो नातासम्बन्ध बनाई राख्न एनआरएनलाई सेतु बनाएर इमान्दारीका साथ यसको सदस्यता लिएर यसका माध्यमबाट विदेशमा आफु र आफ्नो जन्मभूमिको परिचय स्थापित गराउन खोज्नेहरुको जमात रहेको छ भन्दा अत्युक्ती नहोला । तर यसको नेतृत्वमा नै खोट आउन थाले पछि अनि असक्षम व्यक्तीहरुको पकडमा संस्थानै गएपछि हामी आफुलाई एनआरएन भनेर परिचय गराउनु भन्दा प्रवासमा बस्ने प्रवासी नेपाली भनेर परिचय गराउन उचित हुन्छ ।

क्यानाडामा एनआरएन जन्मेको ७ वर्ष भयो तर अहिलेसम्म पनि यसले क्यानाडामा हामी नेपालीको संख्या कति छ भनेर भन्न सकीरहेका छैनन् । न त यसको नेतृत्व गरी सकेकाहरुले हाम्रो संख्या देखाएर अरु राष्ट्रका समुदायहरुले पाए जस्तै हामीले पनि यहाँको सरकारसँग त्यो सहुलियत लिन एन।आर।एन। क्यानाडाले पहलनै कतै गरेको सुनिएको छ । कसैको मृत्युको नामबाट उठाएको सहयोग रकममा राल काढेर हामी एनआरएन भएकोमा गर्व गर्छौ भने म अब एनआरएन होईन भनेर घोषणा गर्नै पर्छ । मैले यसअघि टोरोन्टोको चुनावनै नगराएर चुनाव आयोगले गरेको कार्यको विरोधमा सम्बन्धित ठाँउमा पठाएको पत्र पनि यहाँ प्रेषित गरेको छु ।
जुलाई ११, २०१५
श्रीमान चुनाव आयुक्तज्यु

प्रतिक्रिया