अमेरिकामा किन पुरुषहरु भाडा माझ्न खप्पिस हुन्छन ?

इनेप्लिज २०७२ असार ३१ गते १०:५५ मा प्रकाशित

bj

अमेरिका सपनाको संसार हो l जुनै वर्ग उमेरका मानिसलाई यसको चुम्बकीय शक्तिले तान्दछ l कसैलाई ईहलिला समाप्त नहुन्जेल तानेको तानै गर्छ भने कोहि कोहि माछा उम्केको झैँ फुत्त सपनाको संसार त्याग्दै मातृ भुमि फर्कन्छन l तर नगन्य रुपमा मात्र यसो गर्छन l

अमेरिका हाम्रो ससुराली देश हैन l हामी ज्वाई ,भान्जा र भान्जी पनि हैनौ l र ,नातागोता कोहि पनि हैनौ l हामी आफ्नो देशमा ठुलो मान्छे एकादेशमा थियौ होला तर यहाँ हामी शुन्य हुन्छौ l तपाईलाई सेवाको लागि अमेरिकामा कोहि हुदैनन् l आफै सेवक बन्नु पर्छ l

अमेरिकामा महिलाहरु आर्थिक सशक्तिकरण भै सकेको हुनाले पुरुष वर्गले पितृ सतात्मक सोच र चिन्तन लाध्न खोजे बिद्रोह हुने सम्भावना हुन्छ l अमेरिकामा मर्ता क्या नही कर्ता भने जस्तै भाडा मोल्ने मेरो काम हो भनि फुटानी गर्नु हुदैन l घरको भाडा माझ्ने काम आफ्नो थाप्लोमा हुन्छ l

यदि भात पनि पकाउन जान्नु भएन र भाडा मोल्न पनि जानिएन भने तपाई स्वदेश फर्के हुन्छ l अमेरिकामा हुनु हुन्छ भने खुरुक्क भाडा मोल्न सिक्नु पर्छ l स्वास्नी र सन्तानको हप्काई खाएर भए पनि अमेरिकामा पुरुष वर्गले भाडा मोल्न सुरु गर्दा गर्दै टलक्क बनाउने भै सकेका छन् l

घर भित्रको कुरा हो ,कसैले देख्दैन l देखे पनि केहि जिस्काउने र खिसी गर्दैनन् किनभने लोग्ने मान्छेले भाडा मोल्नु हुदैन भन्ने कतै कुनै शास्त्रमा पनि लेखेको छैन युगौ देखि नेपालमा आमा बुवाले छोरोलाई पुल पुल्याएर छोरी र बुहारीलाई घरको सबै काम लगाउने परिपाटी भएकोले लोग्ने मानिसलाई प्रारम्भिक चरणमा भाडा पत्नी या छोरीले माझी दिए पनि हुन्थ्यो जस्तो लाग्दछन l तर त्यसो हुदैन ,अमेरिकामा बराबर र पति पत्नी समान l

अमेरिकामा नेपाल जस्तो सेवक राख्ने कुरा हुदैन र चलन छैन l धनाड्य तथा कुबेरहरु छन् भने घरको कामको लागि मान्छे राख्न सक्लान तर अमेरिकामा केवल भाडा माझ्न मात्र कमाईले भ्याउदैन l नेपालमा पो तपाई खानदानी ,ठुलो मान्छे ,कुलीन परिवार को हुन् सक्छ तर अमेरिकामा सामान्य मानिस l घरको भाडा माझीएन भने खाना पाक्दैन l चुलो जल्दैन तर बिकल्प पनि प्रसस्त छन् l बिदेशीहरु जस्तो बाहिर खाएर पनि जीवन चली रहेको हुन्छ l हामी नेपालीहरु भात बहादुर भएकोले नेपालबाट नै भाडाकुँडा ल्याउने गरेकोले ठुलो भाडा माझ्ने काम भनेको नै छोरा मान्छेको भागमा पर्छ l लाठे मान्छेले गर्नु पर्ने भएकोले बानि पर्दा पर्दा सफा माझ्न थालेका छन् अल्छे मानिसहरु पनि l

यहाँ माटोले माझ्न नमिल्ने भएकोले भाडा माझ्ने साबुनको मद्दतले माझ्नु पर्ने हुन्छ तर हरेक घरमा भाँडा माझ्ने यन्त्र भएकोले सानातिनाको समस्या हुदैन l तर आर्थिक मितब्ययिता अपनाउनेले आफै सबै भाँडाकुँडा माझेको पनि देखिएकोले त्यसमा पुरुषहरुको भागमा ठुला ठुला भडडु भाडाहरु पर्दछन l बिबाह ,भोज अन्य कार्यक्रममा पुरुष वर्गले ठुलो भाडाहरु माझ्नु पर्ने हुन्छ र माझ्ने गरेका हुन्छन l अरुको घरमा गएर पुरुषहरुले भाडा मोल्ने काम गर्दैनन l घरमा आफ्नो काम हो भने भोजनालय तथा चमेना गृह आदि ईत्यादीमा काम गरे वापत घन्टे डलर पाईन्छ l त्यो रहरले भन्दा जीवन चक्र चलाउन र प्राण धान्नको लागि गरिन्छ l

अमेरिका भर्खर आएकाहरुले जे जस्तो पनि काम गर्ने भएकोले कहिले कही भोजनालय ,मिठाई पसल आदि ईत्यादीमा ठुला ठुला कन्ति ,भाडाहरु पनि मोल्नु पर्ने भै हाल्छ l त्यो काम हो ,त्यो जस्ले पनि गर्छ l घन्टे पैसा दिए पछि मामाको घरमा बसे जस्तो साहुले स्वागत गर्दैनन् l काम गरे पछि दाम आउने हुनाले मर्ता क्या नही कर्ता भन्ने हिन्दि उखान झैँ काम गर्ने बानि हुन्छ l

र यसरि घर भित्र होस् या जीवन चलाउन या हात मुख जोड्नको लागि आँखिर नेपालमा सिन्को सम्म नभाचेको ,सुनको चम्चामा हुर्केका होस् या नोकर चाकर प्रसस्त भएकाले अमेरिकामा दे भाई दनादन अर्थात् भाडा मोल्ने गर्दा गर्दै टिलिक्क बनाउन सिक्दछन l १ दिन हैन ,२ दिन हैन ,,१ महिना हैन ,२ महिना पनि हैन ,१ बर्ष पनि हैन ,२ बर्ष पनि हैन अन्तिम अवस्था नहुन्जेल बिहान पनि दे भाई दनादन साँझमा पनि दे भाई दनादन अनि अमेरिकामा भात खाने भडडु भाडो या ठुलो कालो कराई या बफौड़ी (प्रेसर कुकर ) टिलिक्क नभए नेपालमा होला त ?

महानगर क्षेत्रहरुमा चमेना गृहमा काम गर्ने नेपालीहरु थुप्रै हुन्छन त्यो काम त्यहाँ सिकेर आफ्नो घरमा उसले यसरि नै दे भाई दनादनको सुत्र तथा रफतारमा माझ्ने गरे पछि खेल खत्तम भएन त ? नेपालमा अल्छि भए जस्तै यहाँ अल्छि हुनु भो भने आमा ,दिदि बहिनि तथा पत्नीले भाडा माझी हाल्छन भन्ने सोचियो भने भुडी कुईकिञ्छ l भोकले दाप्से पेट हुन्छ l

२-४ दिन बाहिर खाना खाना सकिएला तर हाम्रो स्वाद र जिब्रो भन्दा फरक अमेरिकामा हुने हुनाले बाहिर खाएर साध्य नै हुदैन l मिठो नै नलाग्ने हुनाले मजबुरीका नाम महात्मा गान्धी भने जस्तै दे भाई दनादन को बानि परे पछि भाडा मोल्न कलामा नै बिद्या वारिधि गरेको जस्तो हुन्छ l नेपालबाट अमेरिका आएका अधिकांस पुरुष वर्ग भात पकाउन नजाने पनि भाडा माझ्न उस्ताद भएका छन् l कुनै दुख र दुखेसो छैन उनीहरुलाई l किनभने आफु र आफ्नो परिवारको लागि माझ्ने पर्छ l पापी पेटका सवाल भने झैँ भाडा मस्काउदा सानो हुईदैन l

लाज मान्नु पर्ने कुरै छैन l तपाई पनि अमेरिका आउने ईक्षा गर्नु भएको छ भने तालिम र भाडा मोल्ने शिप घरमा नै आमा ,दिदि बहिनिलाई सघाएर आएमा अमेरिका दुख नहोला कि ? तपाई पछि उस्ताद हुनु होला तर अमेरिका आई सकेका र पसी सकेका नेपाली समुदायका पुरुषहरु भाडा मोल्न उस्ताद भै सकेका छन् l ताल पर्यो भने आँखा चिम्लेर पनि भाडा मोल्न सक्ने छन् कि भन्न जस्तो पनि भै सकको अवस्था नहोला भन्न सकिन्न l

आफ्नो काम गर्दा केहि लाज हुदैन l बोरा बोकेर धान पिसाउन गएको पनि हैन l परदेशमा कसैले चिन्दैन घर र भान्साको काम गर्न जानियो भने घरकी लक्ष्मी उज्याली हुन्छिन र सदैब लक्ष्मीको बास हुने हुन्छ l यो पंक्तिकार पनि ७ बर्ष देखि दे भाई दना दन गरी जीवन व्यतित गरि रहेको छ l घर भित्रको कुरा भन्न मिलेन क्यारे l

अमेरिकामा जे काम गर्दा पनि ईज्जत हुने हुनाले आखिर त्यो नाथे आफ्नो घरको आफ्नो पेटको लागि पुरुष वर्गले भाडा माझ्दा कुनै मान हानि हुदैन l सानो हुइदैन र तपाई केहि नोक्सान हुदैन बरु भाडा माझे परिवार ,छिमेकि ,आफन्तले हेर फलाना कस्तो राम्रो टिलिक्क भाडा मोल्नु हुन्छ अरे भनि टोल टोलमा तपाईको चर्चा पनि हुन्छ l कि कसो हजुर ?

………………………………….. अस्तु

प्रतिक्रिया