अमेरीकामा नेपाली किन भात बहादुर र भात कुमारी नै हुन्छन ?

इनेप्लिज २०७२ साउन २ गते ११:५९ मा प्रकाशित

bj (3)

भात ! भात !! भात !!! बिहान भात ! दिउसो भात ! राति पनि भात !!! भातले नेपालमा कहिले नछोड्नु भनेको भिन्दै कुरा हो l तर यसले अमेरिकामा रहेका अधिकांस नेपालीलाई त्यतिकै पिरोलेको छ l भात मै अडिएको स्वास l परिकल्पना गर्नुस यो भात नहुदो हो त हामी नेपालीको के दशा हुने थियो होला ? यो भएन भने प्राण नै ठहरै जाला जस्तो l भगवानले कस्तो मिलाई दिएको अमेरिकामा पनि l सबैलाई थाहा छ ,तीन या चार दशक उमेरले डाडो काटे पछि भात नै सेवन गर्दा शरीरको लागि काल हुन्छ l चिनी रोगको मुख्य बिष नै हुन्छ l मधुमेह यहि भातको कारण हुने गर्छ l यति ज्ञान हुदा हुदै यहि भात नै नभै हुदै हुदैन l एक गास पनि पेटमा छिर्दैन l

नेपालीहरुको भाग्य मान्नु पर्छ l अजिङ्गरको आहारा दैबले पुर्याउछ भने जस्तै भात मन पर्ने भातेहरुलाई अमेरिकाको जताततै फ्यालाफ्याल पाइन्छ l अहिले सम्म कुनै पनि नेपाली गुरु /ब्राम्हणहरुले कुनै पनि बालकको नामाकरण छोरा मान्छेलाई भात बहादुर र छोरी मान्छेलाई भात कुमारी साईत जुराई नाम दिएको सुनिएको छैन l भात बहादुर तथा भात कुमारी भनि उपनाम दिनु भनेको भिन्दै कुरा तर कुनै पनि बाबु आमाले आफ्ना सन्तानलाई किन भात बहादुर र भात कुमारी नराखेको होला भन्ने कुराले हामी सबैलाई कौतुहलता भएको हुनु पर्छ l

नेपालमा कसैको नाम नभएको भनि गिनिज बिश्व पुस्तकमा भात बहादुर र भात कुमारी लेखाउन पनि सकिन्छ l गिनिज बिश्व पुस्तकका अधिकारीहरुलाई के थाहा भात बहादुर र भात कुमारी भनेको ?

कुरा खोल्नु भएन आफ्नै बारेमा क्यारे ? बिहान पनि भात ,दिवा समयमा पनि भात र सुत्ने समयमा पनि भात खाने पुरुष या महिलालाई भात बहादुर र भात कुमारी भन्ने आरोप लाग्दछ l भात नै चाहिने र अन्य चिज भए कता कता के के भाको जस्तो हुने यो मोहनी लगाउने अन्नको नाम भात l

६ महिना देखि भात खान सुरु गरे देखि देह त्याग नगरुन्जेल सम्म नेपालीहरु भात खान नै रुचाउछन l यो भएन भने घरमा रडाको मचिन्छ र कोलाहाल हुन्छ l बुढा बुढीले भन्ने गर्थे खाएको छोरो नै काम लाग्छ l खान त् खानु दुई थाल एकै पिर्कामा सिध्याउने l गलगिद्द हुने गरि खानु स्वास्थ्यको लागि हानिकारक हुन्छ l

जन्मे देखि भात नै खाएकोले होला भात भएन भने तलतल लाग्छ l भात खाएन भने के के नखाएको जस्तो अनुभूति हुन्छ l जहाँ गयो यहि भातमा अडिएको हुन्छ संसार हाम्रो लागि l अरु चिजले नअघाउने तर भातले कहिले अघाइने l कतै हामी भातमारा त हैनौ l केवल भात टन्न हसुर्नेलाई भात मारा भनि उपनाम दिने समाजले गरेको छ l

नेपालमा यता गयो भात ,उता गयो भात ,पहाड गयो भात ,लेक गयो भात, बेसी गयो भात ,हिमाल गयो भात ,भज्याङ्ग गयो भात ,तराई गयो भात l अमेरिकामा पनि यस्तै हुन् थालेको छ l भात नै हुन्छ अधिकांस घर र भोज भतेरमा l कहि पनि नेपालीले सुख नपाउने भए यहि भातको कारण l भातले समुन्द्रको सतह मुनि पनि नछोड्ने भएको छ l ग्वाम ग्वाम गास हाल्ने गरेकोले भात बहादुर र भात कुमारी भएका त हैनौ ?

सानो देखि नै यहि बानी लागेकोले भात सबै नेपालीको प्रिय आहारा बन्न पुगेको छ l नेपाल कृषि प्रधान देश भएको र अत्यधिक यस्कै उब्जाउ पढी हुने भएको शताब्दीऔ देखि हामीले खाने गरेको अन्न हो l हामीलाई हाम्रो बाजे बज्यु र बुवाआमाले पनि यहि भात खुवाउन सिकाएको हो भने हामी पनि हाम्रा सन्तानलाई यहि भात खुवाई रहेका छौ l हाम्रो जिब्रोले यहि मन पराएकोले भात बहादुर र भात कुमारीको उपनाम पाएका हौ l त्यहि कारण अमेरीकामा पनि भातको मांग बढी रहेको छ l

भात बहादुर र भात कुमारी भन्ने बितिकै हाम्रो अस्तित्व गुम्दैन र जात पनि जादैन l अचम्बको कुरा तर अमेरिकामा पनि नेपालीलाई जुका टासिएको जस्तै गरि भात भित्रिएको छ l

भात एक गास पाईएन भने रात भर निन्द्रा नै नलाग्ने हो कि जस्तो पनि हुन्छ l यो सत्य हो भात टन्न खाईएन भने भोकले पेट कराउछ l गलगीद्ध हुने गरि खाने हामी महान नेपाली हौ l थोरै देखे भने झन्न रिस पनि उठ्छ l यस पंक्तिकारलाई पनि अमेरिकाका प्रारम्भिक दिनहरुमा भात नभै हुदैन थियो र भाग नै बसीदैन थियो l आडिलो अन्न भएकोले र सानै देखि आदत भएकोले भात बहादुर नै भईएको हो l एक छाक हरेक नेपाली समुदायको घरमा यहि पाक्ने गर्ने गर्छ l

अमेरिकामा नेपाली समुदायको जन घनत्व बढ्दो अवस्थाले भात खाने जनसंख्या पनि उभो जादैछ l समयले साथ नदिएर मात्र हो नत्र दिवा भोजन र रात्री भोजन दुवै नै भात चाहिन्थ्यो होला अमेरिकामा रहेका नेपालीलाई l भात बहादुर र भात कुमारीहरु अमेरिकामा अत्यधिक रहेको पाईएको छ l

अमेरिकामा भातले कुन कुन रोग निम्त्याउछ भन्ने जानकारी भए पनि हिन्दीमा देखा जाएगा भन्दै भात बहादुर र भात कुमारीहरु दे भाई दनादन भन्दै पेट पूजा गर्दछन l अमेरिकामा अन्य चिजले पनि पनि पेट भर्न सकिन्छ तर आदतको कारण यहि भै दिए राम्रो भन्ने लाग्दछ l भात बहादुर र भात कुमारी भएकोले मनले मान्दैन l अमेरिकामा बिदेशी जस्तै थोरैले हामीलाई पुग्दैन l अलिक ज्यादा खानु पर्ने भएकोले अरु चिजले पेट उस्किदैन अनि आडिलो ,पेट दह्रो बनाउन भनेको नै घुमी फिरी रुम्जाटार भने झैँ फेरी भात नै चाहिन्छ l

नेपाली मात्रै भात बहादुर र भात कुमारी हैनौ l हामी के भात बहादुर र भात कुमारी ? भियतनाम ,चिन ,कोरिया ,फिलिपिन्स ,म्यान्मार ,मंगोलिया आदि देशका पुरुष तथा महिला हामी भन्दा ज्यादा भात बहादुर र भात कुमारी हुन् l भात बहादुर र भात कुमारी मात्र भईयो भने पेट पुक्क निस्कने हुन्छ l भातको कारण पेट घ्याम्पो जस्तो पनि हुने भएकोले माया र प्रेमले हामीलाई दालभुड़े या अन्य राम्रो नामबाट सम्बोधन हुने पनि सम्भावना हुन्छ l

जसले जे भने पनि खाए त आफ्नै खाए भन्ने लाग्न सक्छ l नखाने चिज खाएको हैन l सबैले खाने गरेको यहि भात l भात मात्र सेवन नगरी सन्तुलित पौष्टिक आहारा खाना खाए ज्यान स्वास्थ्य हुन्छ l भातलाई ज्यादा महत्व दिए शरीर बेढंगको हुन् जान्छ l

सेतो भातमा भिटामिन बि १ हुदैन जसको कारण थकावट ,मानसिक दुर्बलता तथा अपच हुने हुन्छ l चामलमा स्ट्राच (माड) भएकोले पेट गणेश भगवानको जस्तो भुडी हुने हुन्छ l भातले मोटो शरीर बनाउदछ l सेतो भातमा थोरै मात्रामा खनिज पदार्थ भएको कारण शारीरिक क्रियालाई ध्वस्त बनाई दिन्छ l भात अत्यधिक अम्लीय(एसिडिक) खाध्य पदार्थ हो l जस्ले हाम्रो शरीरलाई धेरै अम्लीय बनाई दिन्छ l यस्ले कैयौ रोग निम्त्याई दिन्छ l भातमा अत्यधिक कम मात्रमा फाइबर (तन्तु ) हुन्छ जस्ले पेटलाई सफा गर्न सहायता गर्न कुनै भूमिका निर्वाह गर्दैन l

बिश्वमा कोहि पनि मानिस स्वास्थ्य हुन् चाहन्छन l स्वस्थ हुन् खानपिनमा ध्यान दिनु पर्ने हुन्छ l झन् अमेरीकामा स्वस्थ राम्रो भएन भने कुकुरको दशा पाईन्छ l

घर मुली भए घर धान्न भए पनि झन् काम बेजोडले गर्नु पर्ने हुन्छ l अमेरिकामा नेपालीहरु बेजोडले काम गर्ने गर्छन l अवकास या निवृतिभरण नहुन्जेल मानिसले काम गरेको गरै गर्नु पर्ने हुन्छ l नेपालमा जस्तो गरेको कामले अमेरिकामा चल्दैन l काम फटाफट र छिटो गर्नु पर्ने हुन्छ l यदि भात मात्र सेवन गर्ने बानि पर्यौ भने रोगलाई जानी जानी निम्ता दिएको हुन्छ l

यसको अर्थ यो हैन कि खानै नहुने भन्ने कदापी हैन l भातले अल्छि बनाई दिन्छ जस्को कारण हामी तुलनात्मक रुपमा त्यति काम गर्न सक्दैनौ l अमेरिकामा काममा सम्झौता गरिदैन l एउटा निश्चित उमेर पुगे पछि बेफाइदाको गुण भातलाई प्राथमिकतामा नराख्नु नै बेस हुन्छ l स्वास्थ्य बनौ र काममा सम्झौता नगरौ l अमेरिकामा भात बहादुर र भात कुमारी मात्र नबनौ l यसैमा हामी सबैको भलाई हुनेछ l
.
…………………………………….. अस्तु

प्रतिक्रिया