टोरोन्टोमा भानु जयन्ती र फुटवलसँगै सम्पन्न

इनेप्लिज २०७२ साउन ४ गते १३:५२ मा प्रकाशित

नेपाली साहित्य समाज, क्यानाडाको आयोजनामा गत शनिबार २०२ भानुजयन्ती कविता वाचन, गीत श्रवण तथा फुटबल प्रतियोगिताका साथ सम्पन्न भएको थियो । कार्यक्रमको प्रारम्भमा सदाझै साहित्यकार ११ र समाजसेवी ११ का बीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको थियो । समाजसेवीका नेतृत्व कप्तान नवराज गुरुङ्गले गर्नु भएको थियो भने साहित्यकार समुहको नेतृत्व कप्तान मुक्ती गौतमले गर्नु भएको थियो । फुटवल खेलमा दुवै समुहबाट तीन तीन गोल गरेर बराबरमा टुङ्ग्रिएको थियो ।

दोस्रोचरणमा २०२ भानु जयन्ती सम्पन्न गरिएको थियो । स्कारबोरोको खेल मैदानलाई भानु चौंक नाम दिएर प्रत्येक वर्ष सम्पन्न गरिने काव्य गोष्ठीमा विभिन्न समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि गैरआवासीय नेपाली संघ, अमेरिका प्रान्तको क्षेत्रीय संयोजक श्री नवराज गुरुङ्गले गर्नु भएको थियो भने समाजका अध्यक्ष श्री रमेश थापाले कार्यक्रमको सभापतित्व गर्नु भएको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघ क्यानाडाका उपाध्यक्ष रामहरी खड्का, गैरआवासीय नेपाली संघ क्यानाडाका महासचिव श्री तुलसी सापकोटा, हेरीटेज नेपालका अध्यक्ष डा. हरी गुरुङ्ग, एन.सि.एन.सि. का कोषाध्यक्ष श्री मन पौडेल, एन.सि.एन.सि. का अध्यक्ष श्री गोपीकृष्ण काफ्ले, क्यानाडा शेर्पा संघका अध्यक्ष आङ्गबोरु शेर्पा र क्यानेडिन नेवा गुठीका उपाध्यक्ष उत्तम माकाजु आदिको उपस्थिति र शुभकामनाका साथ कार्यक्रम संचालन भएको थियो । डा. तुलसी धरेलको स्वागत मन्तव्यबाट शुरु भएको आदिकवि भानुभक्तको जन्मजयन्तीमा ज्योतिष शास्त्री श्री मोतीलाल घिमिरे भानुभक्तको रामायणको श्लोक सुनाएर कार्यक्रमको थालनी भएपछि लगातार उपस्थित कविहरुले आआफ्नो कविता सुनाउनु भएको थियो । कार्यक्रममा रोचकता ल्याउन हरी लम्साल र सीरिन गुरागाँईसँगै लाृक गायक बुद्धीसागर बस्ँयालले गीतहरु सुनाउनु भएको थियो । भानुभक्तका बारेमा प्रकाश पार्दै डा. गोबिन्द रावतले भानुका बारेमा अंग्रेजी भाषामा सानो पुस्तिका बनाएर नेपालीहरुको घरघरमा पु¥याएर भावी सन्ततीलाई पनि भानुको योगदानका बारेमा जानकारी दिने कार्यका लागि सबै साहित्यिक संघसंस्थासँग अनुरोध गर्नु भएको थियो । गैरआवासीय नेपाली संघ क्यानाडाका उपाध्यक्ष रामहरी खड्का र सोही संस्थाका महासचिव श्री तुलसी सापकोटाले अगस्त २ तारिखका दिन हुन गईरहेको गैरआवासीय नेपाली संघ क्यानाडाको आठौं अधिवेशनमा उपस्तिसथका लागि अनुरोध गनु भएको थियो ।
भानु जयन्ती मनाउदै डा. किस्मत भण्डारीले पगरी, मोहन खरेलले अमरावती कान्तीपुरी नगरी, गीता गौतमले दौड, रविन थपलियाले फेसबुक, खेम गुरागाँईले म नेपाली बन्न सकिन, विष्णु गौतमले छालहरु, गोपीकृष्ण काफ्लेले चाहना, डा. गोबिन्द रावतले धरहरा र डा. तुलसी धरेलले कविता वाचन गर्नु भएको थियो । कार्यक्रममा ६ वर्षीय प्रवीण पौडेलसँगै मेधावी गौतम, स्वर्णीमा गुरुङ्ग र अरिसा लुईटेलले अंग्रेजी भाषामा कविता सुनाएका थिए ।
कार्यक्रमको अन्त्यमा सभापतिको आसनबाट समाजका अध्यक्ष रमेश थापाले आफ्ना विमोचानका लागि तयार गीति एलबमबाट टुक्राहरु सुनाएका थिए । त्यस्तै गैरआवासीय नेपाली संघ, अमेरिका प्रान्तको क्षेत्रीय संयोजक र प्रमुख अतिथि श्री नवराज गुरुङ्गले कार्यक्रमको निरन्तरताको शुभकामना दिनु भएको थियो । अन्त्यमा श्री नवराज गुरुङ्गल र श्रीमती जमुना गुरुङ्गले उपस्थित सबैलाई खाजा खुवाएर आफ्नो घरमा स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया