अमेरिकामा बाघे झापु र बंगारा फुकाल्न नेपालीलाई फलामे चिउरा

इनेप्लिज २०७२ साउन ८ गते १:३६ मा प्रकाशित

bijay-2

नेपालमा बाघे झापु अझ पनि चल्तीमा छ l तर अमेरिकामा उहिलेका कुरा खुईले l बाघे झापु बेला बेलामा चर्चामा आउछ l ठुला दारका मान्छेका ठुला पन्जा स्वाभाविक रुपमा हुने हनाले उनीहरुले रन्किने गरि गालामा थप्पड लगाए भने बाघे झापु हुन्छ l

भलिवल खेलाडीको बाघे पन्जा हुन्छ l उनीहरुको बाघे झापु नमिठो हुन्छ l भौतिक रुपमा बाघे झापु खाने पनि हुन्छन भने निर्वाचनमा बागी उम्मेदवारले लज्जा जनक पराजित भए पछि त्यहाँ पनि बाघे झापु खाएको हुन्छ l बाघे झापु हानी रहनु पर्दैन आफै पनि खाईन्छ l मै हु भन्ने व्यक्तिहरुले बेला बेलामा बाघे झापु खान्छन l जनताको रिसमा परे भने बाघे झापु पाइने डर हुन्छ l

हाल सालै नेपालको संबिधान निर्माण मस्यौदामा सुझाब संकलन गर्न नेताले बाघे झापु खाए lउता बाघे झापु चल्छ भने तर अमेरिकाका नेपालीले बाघे झापु चलाउन सक्दैनन l कानुनले अड्को लगाएको छ l उनीहरुको हात र पन्जा कुजिएको हुन्छ l शरीर बेकामे भएर कुजिएको नभै अमेरिकाको कानुनले अपाङ्ग बनाई दिएको हुन्छ l

यहाँ नेपालीले बिदेशीलाई बाघे झापु र बंगारा दिएको सन्दर्भ पट्ट कै हैन l उनीहरु संग नेपालीले के आँट गर्लान l हाम्रो सानो ज्यान हुन्छ भने उनीहरु देख्दैमा दानवको ज्यानको कसरि बंगारा कसरि खुस्काउन सक्छन l यहाँ त उनीहरुको एक बाघे झापुले नेपाली लाइ जमिन मुनि गाडी दिन्छन l एक मुड्कीमा रगत पनि छड़ाई दिन्छन l उनीहरु संग सक्ने हिम्मत नै नभए पछि घरमा रहेकी एक निर्दोस महिला माथि घरेलु हिंसा गर्ने गर्छन l अमेरिकामा मादक पदार्थ सेवनमा पनि होस् पुर्याएर पिउनु पर्ने हुन्छ l यसको कारण पनि अमेरिकामा महिला हिंसामा परेका हुन्छ l धन्य अमेरिकामा खुल्लम खुल्ला भाङ्ग र धतुरो खुल्ला रुपमा पाईदैन नत्र यसले अर्को घरेलु हिंसा निम्त्याउने थियो l

नेपालका टोलका दादा ,केहि भूभागका दादा ,शहरका दादाहरु पनि अमेरिकामा प्रसस्त भेटिन्छन l उनीहरु नेपालमा बाघ झैँ हिड्थेभने यहाँ स्यालको जीवन व्यतित गर्न बाध्य छन् l झन्नक रिसाउने र ताल पर्यो भने हात छोड्ने यहाँ गौ प्राणी भएका हुन्छन l किनभने अलिकति छिमेकि या कसैले थाहा पाउने बित्तिकै प्रहरीमा खबर गरि दिन्छन l अनि एक छिनको तातो रिसमा प्रहरी खोरमा हुलिन्छ l इन्द्रेको बाउ चन्द्रे आए पनि (नेपाली उखान ) घरेलु हिंसा भनि झन् कडा कारवाईमा पर्दछन l

नेपाल जस्तो महिला लाई घरेलु हिंसा गरेको देख्दा देख्दै उनीहरुको निजि मामला हो भनि भन्ने मुन्टो बटार्ने अमेरिकामा गर्दैनन् बरु तुरुन्तै ९ सय ११ मा खबर गरि आफुलाई थाहा नै नभई ढोका फोडेर प्रहरी गस्ती आई पुगी दुधको दुध पानीको पानी छुट्याई दिन्छन l हत्कडी सहित कारागार लैजान्छन l अनि रिस थामेर भए पनि अमेरिकामा बाघे झापु र बंगारा झार्न नेपालीलाई फलामको चिउरा भएको छ l नेपालमा घर बाहिर झैं झगडा गर्नेले आखिर घर परिवार संग पनि राक्षसी प्रवृति देखाउने र यसको शिकार पत्नी या सन्तान परेका हुन्छन l अझ पनि यो हर्कत जारी नै छ र अझ रोकिने अवस्था छैन l

बाहिर दुनिया संग बाघे झापु र बंगारा निकाल्न सक्नेहरु यहाँ मुकदर्शक भएर बस्दछन किनभने यहाँ कानुनले पाता कसी दिन्छ l नेपालमा झन्काहा ,सन्काहा ,छिटो हात छोड्नेले घरेलु हिंसा अधिक मात्रामा गरे पनि अमेरिका छिरे पछि केहि धंग धंगे लिएर आए पनि बिस्तारै त्यो प्रवृति बिलौउदै गएको देखिएको छ l

अमेरीकामा नेपाल जस्तो आफ्नी अर्धांगिनी तथा सन्तानलाई थिचो मिचो र हेपाहा प्रवृति निकाल्न चाहदा चाहदै पनि त्यो चल्दैन किनभने यहाँको कानुनले कोर्रा लगाई दिएको छ l ज्यादा ठुलो स्वरमा श्री मतिलाई बोल्न नपाइने हुनाले बाघे झापु र बंगारा झार्न त काशीमा मुख धुएर आउनु पर्ने हुन्छ l

अलिकति छिसिक्क गरे भने पनि प्रहरीको केरकार आदिमा पर्ने भय हुन्छ l घरेलु हिंसा भनि अदालतको चक्कर लगाउनु पर्ने झन्झटमा परिन्छ l पानि मुनि पनि भाग्न नसक्ने हुनाले मुड्की ,घाटी न्याक्ने ,माईक टाइसन झैँ मुक्का हान्ने सपना अमेरिकामा नदेखे पनि हुन्छ l आफ्नी पत्नी हो भनि जे गर्न पनि हुन्छ भन्ने अमेरीकामा सोच्यो भने कुकुरको दशा पाइने पनि हुन्छ l

नेपाल देखि नै पुरुष पितृ सतात्मक सोच र विचार भएका मानिसमा घरकी लक्ष्मीलाई अमेरीकामा पनि नेपाल जस्तै घरेलु हिंसा गर्ने र पछि देखा जाएगा भन्ने सोच्यो भने परिवारले मामाको घर चलान गरेर छोडी हिड्ने अवस्था सिर्जना हुन् सक्ने पनि हुन्छ l यस्तो घटना भएको छ र हुन्छ पनि l घरेलु हिंसा पटक पटक गर्ने संग यहाँ नेपाल जस्तो जीवन भर बस्ने सम्भावना पनि कम हुन्छ l बाघे झापु दिने पुरुष संग महिला बस्ने बाध्य पनि हुदैनन् l

सानो सानो कुरामा रिस निकाली बंगारा निकाल्ने सोच्यो भने ठुलो संकटको सामना गर्नु पर्ने ,जेल र नेल समेत पर्नु पर्ने हुन् जान्छ l अमेरिकामा धेरै घरेलु हिंसा हुन्छ l यसबाट नेपाली समुदाय पनि अछुतो रहन सकेको छैन l कैयौ नेपाली समुदायका महिला पति बाट प्रताडित भएका छन् l पुरुष प्रहरीको फन्दामा परेका छन l हत्कडी लगाईएको छ l अझ पनि केहि नेपालीहरु यहि बाघे झापु र बंगारा निकाल्ने चक्करमा कारागारको जाँतो पिसी रहेका छन् l अमेरीकामा रहेका नेपाली महिला सामाजिक कार्यकर्ता तथा महिला अधिकारकर्मीहरु पनि प्रसस्त महिलाका अधिकार र घरेलु हिंसा बारेमा काम गरि रहेका छन् l

नेपालमा महिला सामाजिक कार्यकर्ता तथा महिला अधिकार कर्मीहरु पनि घरेलु हिंसामा परेको संचार माध्यममा बेला बेलामा आई रहन्छ l अमेरिका पनि महिला हिंसा बिरुद्ध आवाज उठाउने र त्यसको वकालत गर्ने गरेको देखिन्छ l सभा तथा गोष्ठीहरुको माध्यम द्वारा जनचेतना मुलक काम गरि रहेका हुन्छन l

तातो पानी …तता …..नत्र …. ? नत्र के ? चिसो पानीले नुहाउछु भन्ने जस्तो हुन्छ अमेरिकामा l घरेलु हिंसामा हातपात तथा भौतिक कारवाई मात्र नभई पतिले पत्नीलाई दिईने तनाब ,दबाब ,धम्कि ,त्रास तथा अन्य कुराहरु पर्ने हुन्छन l

बाघे झापुलाई सस्तो र बंगारा झर्ने कुरालाई पनि अलोकप्रिय कदापी बनाउनु हुदैन l जति खेर पायो त्यति खेर बाघे झापुको दुरू प्रयोग गर्न निषेधित गर्नु पर्छ l यस्ता हातलाई डोरीले बान्ने व्यवस्था गर्नु पर्ने हुन्छ l सात फेरो लिएर संगै मर्ने र जिउने कसम सार्बजनिक रुपमा खाएर ल्याएको पत्नी लाई बाघे झापु हान्ने र बंगारा खुस्काउने चेष्टा गर्नेहरु अमेरिकामा निरिह भएका छन l नेपालमा कुट्ने तथा भित्तामा चेप्टाउने बानि परेका यहाँ आएर नुन खाएको कुखुरा झैँ हुन् बाध्य भएका छन् l

आफ्नी धर्म पत्नीलाई भौतिक कारवाई गरेर कुनै पनि लोग्ने मानिस बहादुर हुदैन l कायर कहलिन्छ l के बिबाहको गठ बन्धन सानो तिनो भनाभनमा घरेलु हिंसामा उत्रिनु लोग्ने मानिस को धर्म हो ? श्री मतिलाई कुट्दा हुन्छ भनि कुन शास्त्रमा लेखेको हुन्छ ? के धर्म पत्नी मुक्केवाजले अभ्यास गर्दा मुक्का हान्ने बालुवाको बोरा हो त ? किन हातपात गर्ने ? अमेरिकामा स्वेत र अस्वेतलाई नसकेर रिसको चुरले आफ्नी पत्नीलाई भकुर्नु के मानवता हो ?

घरेलु हिंसाको यो पंक्तिकार कट्टर बिरोधि हु l बाघे झापु र बंगारा फुकाल्ने काम अवान्छनीय क्रियाकलाप हुन् l यस्ता क्रिया कलाबलाई तुरुन्तै रोक्नु पर्छ l निरुत्साहित गर्नु पर्छ l यस्तामा संलग्न व्यक्तिलाई बहिस्कार गर्न जान्नु पर्छ l अमेरीकामा बाघे झापु र बंगारा फुकाल्न नेपालीलाई फलामे चिउरा भएको पक्कै हो l

अमेरिका आउदै हुनु हुन्छ भने बाघे झापु र बंगारा भन्ने शब्द नै पशुपतिनाथ को छाना नै कटाएर आउदा कसो होला त ? आगे यहाहरुको मर्जी ?

………………………………..अस्तु

प्रतिक्रिया