हामी पनि किन न गर्ने त ?

इनेप्लिज २०७२ साउन ८ गते २१:३९ मा प्रकाशित

thumbआउ बन्द गरौ मिलेर सबले जातीय संकीर्णता

आउ बन्द गरौ भिडेर मनले कुरूप अज्ञानता

लौ है बन्द गरौ खुलेर दिनदिन रिति कुरीति प्रथा

पन्था बन्द गरेर खप्न न हुने चर्काउनु के ब्यथा

जाऔ बन्द गरौँ घमण्ड शिरको नेताहरुको त्यहाँ

ढोका बन्द गरौ बिदेशी हरुको दलाल घुस्ने यहा

नाका बन्द गरौ छिमेकीहरुको मुलूकको क्षेपता

यात्रा बन्द गरेर मात्र कसरि हट्नेछ बेमेलता

बन्दै बन्द गरौ मुटाव मनको भाइहरुको मिलि

लौ है बन्द गरौ विरोध रिसको आफुस्वयम् ले खुली

रोकौ साथ मिलेर जात छुतको भेदभाव गर्ने कथा

यातायात गरेर बन्द सबको चर्काउनु के ब्यथा

बन्दै गर्नु छ अन्धकार गर लौ देशको अशिक्ष्या मुल

रोक्नै पर्छ बे-रोजगार एकदिन रोपेर ज्योति फुल

आउ बन्द गरौ न फर्क न पछी बढ्नेछ त्यो एकता

देशै बन्द गरेर मात्र कसरि हट्नेछ नैराश्यता

बन्दै गर्न परे सके समयको ऋतु परिबर्तन

जाडो गर्मि गरेर बन्द विषम को हटाउ त्यो बन्धन

हात्ती भैकन हात्तिसार मदले भत्काउदा झैँ गरि

आफ्नै बास उजाडी बन्द गरने के बुद्धि लिन्छौ हरि

प्रतिक्रिया