अमेरिकाका नेपालीले उप्पर खुट्टी लगाई नेपालको राजनीति बारे क्वापै खालान त ?

इनेप्लिज २०७२ साउन १३ गते १:३३ मा प्रकाशित

bijay-2

चिया पसल होस् या जाँड पसल राजनीतिको गफ सबै भन्दा पहिला निस्कछ l खै किन होला अनुसन्धान गर्नु पर्ने बेला आएको छ l अन्य गफ झिक्न पनि सकिन्छ तर मध्यपानको एक घुड्को संगै सुरु हुन्छ राजनीति गफको प्रारम्भिक बिन्दु l खोया बिर्के ,जौ मदिरा (बियर ) ,जाँड ,निगार(वाइन ) ,रातो छाप (रेड लेबल ),कालो छाप (बाल्क लेबल ) तथा अन्य मध्ये स्तर देखि आर्थिक सुम्लो बसाउने खालको मदिरा सम्म धोके पछि निस्की हाल्छ राजनीतिको गफ l

मध्यपानमा राजनीति आउनु नेपालीहरुको एक बिशेषता पनि हो l गफ छुट्ने मेलो तथा अन्य कुराकानी बाट शुभारम्भ गरे पनि आखिर राजनीतिको गफ अवश्य घुस्छ l अनि मदिरा सेवन गरेको छ भने काम पुग्यो नेपालीहरुलाई l मध्यरात सम्म पनि चल्छ र गफगाफमा मात्र सिमित भए उत्तम तर कहिले काही सुर्कासुर्की पनि हुने डर हुन्छ l

अमेरिकामा प्रसस्त भेटिन्छन मदिरा सेवन गर्ने पुरुष तथा महिला वर्गहरु l राजनीति गफ नआउने भन्ने सवाल नै छैन l हप्ता भरि मर्लान्त भै काम गर्ने अनि शुक्रबार देखि आईतबार मध्ये रात सम्म घुमघाम ,साथिभाई तथा मध्यपान सेवन संगै सिंह दरबार र राज दरबारको चर्चा नभएको भन्ने नै हुदैन l

नेपालमा भन्दा अमेरिकाका नेपालीलाई ज्यादा राजनीति लागेको हुन्छ l राजनीतिको तिर्खा यहाँ पनि मेटिएको हुदैन l मानौ उनीहरुलाई नेपालको राजनीति बारे क देखि ज्ञ सम्म ज्ञान हुन्छ l नेपाल जस्तो अमेरिकामा मानिसमा ज्यादा अध्ययन गर्ने समय हुदैन l काममा पत्रिका पढन पाईदैन l चिया खादै पत्रिका पढन काममा स्वीकृति पाईदैन l अमेरिकामा बिश्रामको समयमा नपाईने भन्ने चाही हैन l समयको अभाव र कार्य व्यस्तताले गर्दा राजनीति बारेका समाचार पढेर नेपालका समसामयिक बिषयमा अधोपान्त ज्ञान प्राप्त गर्न सकिने अवस्था छैन l

अपबाद र अभिरुचि भएकाले नेपालको राजनीति बारेमा थोर बहुत थाहा पाउलान l तर अमेरिकामा बसेको नेपालीले पुर्व मेची देखि महाकाली सम्मका राजनीतिको बारेमा ज्ञान प्राप्त गर्ने अवस्था हुदैन र सक्दैनन् पनि l नेपाल छोडी अमेरिकामा नागरिकता तथा अस्थाई आवासीय पत्र (हरियो पत्र ) लिई सकेकालाई राजनीति संग त्यति सरोकार हुदैन l मरी हत्ते पनि गर्ने गर्दैनन् l पहिलो पुस्तालाई मुलुकको चिन्ता पनि हुन्छ l मुलक दुख्दा उनीहरुलाई दुख्छ l मात्री भुमि प्रति अथाह माया पनि नभएको हैन l

अमेरिकामा समयको अभाव ,व्यस्त जीवन ,भाग दौड गरि जीवन घसेट्नु पर्ने भएकोले नेपालको धेरै कुरा थाहा पाउन गार्हो हुन्छ l अब पत्र पत्रिका पढ्नेको नाममा मुख्य समाचारका शिर्षक पढ्ने,मनपर्ने बिषय वस्तु तथा आफुलाई अभिरुचि लाग्ने खालको समाचार ,लेख तथा अन्य चिज छ भने सरसर्ती हेर्ने चलन आई सकेको छ l

पढन कति खवर भ्याउनु अमेरिकामा l काममा जाने र आउनेले ज्यादा समय खाई दिने हुनाले समयको बचत कम हुन्छ l अनि फुर्सद खै त ? कैयौ मानिस अमेरिकाको समाचार बाहेक हेर्ने चलन नै गर्दैनन् किनभने यतै जमेका र यहि रमिएका हुनाले नेपाली समाचार पनि नहेर्ने हुन्छन l

नेपालमा राजनीतिमा कम् लागेकालाई पनि अमेरिकामा आए पछि राजनीतिको मात लाग्ने गरेको छ l उनीहरु गफिए भने समसामयिक बिषयमा प्रवचन पनि दिन जोरी खोज्दछन l उनीहरुलाई नआउने भन्ने केहि हुदैन जस्तो अनुभूति हुन्छ तर अरुले भनेको भरमा पनि खोक्ने गर्दछन l पढ्ने समय नै नभ्याउने हुनाले नेपालमा कसैले देखेको हुदैन कुन जिल्लामा ,कुन शहरमा या कुन गाबिसमा राजनीति गरेको हो भन्ने अमेरिकामा प्रधान मन्त्रि संग पनि चिनजान छ भन्ने जस्तो पनि गर्दछन l

अमेरिकाले बिश्वको राजनीति गर्ने भएकोले त्यसको केहि असर यहाँ आई पुगेका नेपाली समुदायलाई परेको हुन्छ l नेपालका राजनैतिक दलका नेता ,कार्यकर्ता तथा सबै वर्ग अमेरिका भासिएका छन् l अमेरिका आउने क्रम भेल जस्तो बढ्दो पनि छ l नेपालमा सबै भन्दा सरल काम भनेको नै राजनीति गर्नु हो भन्ने चलन रहेकोले यहाँ पनि नेपाली समुदाय नेपाल जस्तै गर्ने देखिएको छ l अमेरिकामा प्रजातान्त्रिक आस्था राख्ने नेपालका राजनैतिक दललाई स्वीकृत दिएकोले यहाँ आइ पुगेका राजनीति संग नजिक रहेका व्यक्ति अझ रौसिएका हुन्छन l

उनीहरु राजनीतिका पण्डित झैँ गर्दछन l समसामयिक बिषयमा उनीहरु निकै फुर्ति लगाउने गर्दछन l अपबाद र ज्ञान राख्ने वर्ग पनि छ l आंशिक कुराहरु र थोर बहुत जानकारी राखे पनि उनीहरुलाई भित्रि ज्ञान कम् नै हुन्छ त्यसको कारण समयको अभाव l काम बाट घर गयो l थकित भएर खाटमा पल्टी उप्पर खुट्टीलाई नेपालको समसामायिक देखि राजनीतिको ताजा मुद्धाबारे क्वापै खाएको जस्तो गफ गर्नेको कमि छैन अमेरिकामा l

नेपाल नगएको एकादेश भए पनि नेपालीहरुको जमघटमा अहिले भर्खर नेपाल नै गएर आएको जस्तो गरि भट्याउदछन l जीविका चलाउन काम अनिवार्य गर्नु पर्ने बाध्यता भएकोले समाचार पढ्नको लागि नै समय छुट्याइने हुदैन अमेरिकामा l अमेरिकामा नेपाली संचारकर्मी पनि सबै काम गर्ने हुनाले नेपाल जस्तो पत्रकारितामा धाउन र कलम चलाउन सक्दैनन् l नेपालमा बिद्युतको समस्याको कारण अमेरिकामा बस्ने नेपालीले नेपाल भन्दा पहिले समाचार पनि हेर्ने गर्छन l अझ सामाजिक संजाल मार्फत तुरुन्तै थाहा पाउने हुन्छन l

अमेरिकामा बसेर नेपालको समसामयिक बिषयमा थाहा पाउन नसकिने भन्ने होईन l थाहा पनि हुन्छ l तर नेपालमा बस्ने नेपालीको तुलनामा अमेरिकामा बसोबास गर्ने नेपालीलाई कम् जानकार हुन्छ l

नेपालको समाचार हेर्न पनि फुर्सद नहुनेले राजनीतिको सारा कुरा बुझेको भन्दै फलाना नेताको कारण मुलुक बिग्रेको ,राजनैतिक दलले यसो गर्नु पर्ने ,मुलुक यसरि चल्नु पर्ने सुझाब र अर्ति दिन चुक्दैनन l जसलाई ताजा समाचार र नेपालमा भएको ठुला राजनीतिक उथल पुथलको हेक्का नराख्नेले राजनीति क्वापै खाए जस्तो अभिनय गर्नेको कमि पनि छैन l

यस्ता व्यक्तिले उप्पर खुट्टी लगाई नेपालको राजनीति बारे क्वापै खालान जस्तो लागेता पनि यथार्थतामा ढोंगी हुन्छन l यस्ता प्रवृति ,भनाई तथा व्यक्तिसंग साबधान रहनु नै बेस हुनेछ l अमेरिकामा बसी उप्पर खुट्टी लगाई नेपालको राजनीति बारेमा क्वापै खान सक्लान त ?

आगे यहाँहरुले जान्नु ……

प्रतिक्रिया