नेपालका कारहरुको अन्तिम चाहना किन अमेरिका हुन्छ ?

इनेप्लिज २०७२ साउन १७ गते ११:२३ मा प्रकाशित

IMG_0002 (1)

मानव निर्मित सवारी साधन कार (निजि सवारी साधन )अमेरिकामा भित्र्याउन सबै चाहन्छन l अमेरिकामा सवारी साधनको किनबेच गर्ने निजि प्रतिष्ठानले जापान ,रसिया ,जर्मनी ,क्यानाडा ,कोरिया ,चिन ,भारत तथा अन्य मुलुकबाट बर्षेनी लाखौ कार अमेरिका भित्र्याएको छ l

फोर्डकार ,टोयटाकार ,क्राईसलरकार ,बिएमडब्लुकार ,मर्सिटिजकार, ,भोल्वोकार ,होन्डाकार ,निसानकार ,कियाकार ,माज्दाकार ,सुबरुकार आदि ईत्यादी कारहरु अमेरिका भरि जता ततै भित्रि सकेका छन् l

यहाँ मानव निर्मित हल्का सवारी साधन ( कार ) को प्रसंग गर्न चाहेको बिल्कुलै हैन l नेपालमा सामाजिक सचेतनामा सदैब खबरदारी गरि कलम चलाउने संचारकर्मी ,चलचित्र क्षेत्रमा दर्शकलाई मनोरंजन प्रदान गर्ने ,साहित्य क्षेत्रमा कलम घुमाउने ,भाषाको प्रबर्धन गर्ने ,उत्कृष्ट चित्र बनाउने चित्रकार ,नाटककार, इतिहासकार,कलाकार ,पत्रकार ,साहित्यकार ,छाया चित्रकार (फोटो ग्राफर )निबन्धकार ,गायककार ,गीतकार ,संगीतकार ,उपन्यासकार, निर्माताकार ,निर्देशककार ,लेखककार तथा चलचित्रकारको प्रसंग गर्न चाहेको हो l

आखिर यी कारहरु सपनाको संसार अमेरिकामा पस्न ,आउन र भित्रिन किन अपहत्ते गर्दछन त ?

यदि तपाई नेपालमा कार हुनु हुन्छ भने अमेरिका जाने कोसिस गरे अरुलाई जस्तो कठिन नहुन सक्दछन l कारको माध्यमबाट प्रवेशआज्ञा पाउन सरल छ l कारको बिल्ला लगाएर या स्वयम् विभिन्न कार मध्येको एक पेसामा भएमा अमेरिकामा प्रवेश गर्न फलामे चिउरा हुने छैन l अमेरिकी सरकारले कारहरुलाई प्रतिष्ठित पेशाको रुपमा कारलाई स्वीकार गर्दछ l

कार भएमा र हुन् सकेमा विश्वले सबै भन्दा रुचाएको देश अमेरिका आउन २-४ पटकको प्रयासमा भए पनि आँखिर अमेरिका न आइने कुरै छैन l कारहरु यसरि लड्दै पड्दै अमेरिका आई पुग्दछन l अमेरिकाले सबैलाई चुम्बकीय शक्तिले तान्ने हुनाले कारहरु पनि अछुतो रहदैनन l

जताततै चलचित्र कलाकार ,चित्रकार ,पत्रकार ,गीतकार ,संगीतकार ,उपन्यासकार ,निर्माताकार ,निर्देशककार ,लेखककार ,नाटककार, इतिहासकार ,साहित्यकार ,निबन्धकार तथा गायककार भेटिन्छन l उनीहरुलाई अमेरिकन सरकारले अर्कै दृष्टिले हेर्ने भएकोले अमेरिका भित्रिन सरल परेको छ l अमेरिकामा बिद्यार्थी र चिट्ठा प्रक्रिया बाहेक अमेरिका आई पुगेका समुदाय बाहेक यी कारहरु ज्यादा भित्रिएका छन् l बिभिन्न प्रकियाको माध्यम बाट सपनाको संसार आई पुग्दछन l

अमेरिकन सरकारले सरल रुपमा अस्थाई आवासीय पत्र (ग्रीन कार्ड ) दिने र उनीहरु असाधारण प्रवेश आज्ञा प्रतिभा वर्गमा पर्ने हुनाले कारहरु धमाधम आउने क्रम तिब्र हुदैछ l यो क्रम झन् निरन्तर छ l

सबैको मन मस्तिस्कमा अमेरिका नै बसेको हुन्छ l हरेक कारको मुखमा अमेरिका झुन्डिएको हुन्छ l जान पाए हुन्थ्यो भन्ने मनमा तृष्णा हुन्छ l अमेरिकाले सबै वर्गलाई समान अवसर दिने भएकोले अमेरिका देश प्रति सबैको मोह बढ्ने गरेको छ l जति नै सुकै देश प्रेम र राष्ट्र भक्तिको कुरा गरे पनि सन्तानको भबिश्यको लागि मानिसले सम्झौता गर्दैन l सबै त्यागेर अमेरिका उड्न चाहना राख्दछन l

मुखमा माड कसरि लगाउने भन्ने चिन्ताले कारहरुलाई पनि पिरोली रहेको हुन्छ l उनीहरु पनि अभिभावक हुन् र जिम्मेबार हुन्छ l नामले मात्र जीवन चल्दैन l बुढेसकालको चिन्ताले कपाल झर्ने हुनाले उमेरमा सहि निर्णय गर्दै कारहरु अमेरिका भित्रिन्छन l आफ्नो पाखुरी नचलाए सन्तान भोकै हुने हुनाले सपनाको संसार अमेरिका आउन कारहरु तत्पर हुन्छन l अधिकांश कारहरु नेपालमा निरास देखिएका छन् l १० बर्षे जनयुद्ध पछि अधिकांश कारहरु अमेरिका भित्रिएका छन् l

८ बर्ष सम्म पनि संबिधान जारी नभएकोले अन्यौलमा देश कता तर्फ लाग्ने हो भन्ने कुराले कारहरु पनि त्रसित हुन्छन l देशलाई अनिर्णयको बन्दि बनाई राखिएको अवस्थामा कारहरु महा संकट आउने ठानी चट्ट कै देशलाई सलाम गर्दै अमेरिका हानिएका छन् l देश प्रति नतमस्तक हुन् चाहदैनन् र बिरक्तिएका छन् l कुनै हालतमा पनि देश छोड्ने मानसिकता बनाई बिरानो देशमा बिलाउने उदेश्य साथ देश छोड्दै अमेरिका एक मात्र सुनिस्चित भएकोले कारहरु अमेरिका आएका आयै छन् l

हत्या ,हिंसा ,धम्कि ,अपहरण ,चन्दा आतंक ,गुन्डा गर्दी ,आदि ईत्यादीको नाममा भयाभय तथा त्रासको वातावरण देखिएकोले कारहरुलाई देश छोड्न बाध्य भै मुग्लान पस्ने क्रम जारी छ l सबैकारहरुले सबै भन्दा मानव अधिकारको वकालत गर्ने देश अमेरिका देखेकोले हुलका हुल ,बथानका बथान तथा थोकमा अमेरिका पस्ने क्रम ह्वातै बढेको छ l अमेरिका मात्र नभई बिश्व भर यत्र तत्र सर्बत्र पलायन हुने क्रम रोकिएको छैन l

बिकशित राष्ट्र र भबिष्य निर्माणको लागि मानिसले सबै कुरा त्याग गरेर परदेश आउने कुरामा देश भक्ति प्रति केहि हद सम्म माया ,देश प्रेम भए पनि कहाली लाग्दो देशको अवस्था देखि कारहरु भावनामा बग्न सक्दैनन् l कारहरुलाई यस्ता कुरा देखि संबेदनशील हुन्छन l

देश ,समाज ,समुदाय राष्ट्र तथा प्रशंसकले माया गरे पनि पेट पूजा ,जिन्दगि ,भबिष्य तथा सन्तानको भबिष्य प्रति खेलवाड नगरी आर्थिक उन्नति गर्न सुरक्षित अवतरण गर्न चाहना राख्दै अमेरिकाको ढोका ढक ढकाउदछन l आफ्ना अतित ,समर्पण ,त्याग र देश प्रति गरेको सबै कुरा बिर्सेर सपनाको संसार तथा अवसरको भुमि अमेरिका होमिन्छन l

सरल रुपमा अनेक उपाय गर्दै अमेरिका आउने गरेका छन् l कारहरु अमेरिकामा लुक्दैनन l अमेरिकाले कारहरुलाई अवसर प्रदान गर्ने गरेको र कारहरुले अमेरिकन सरकारले दिएको सुबिधा उपभोग गर्ने भएकोले त्यो अवसरलाई नगद (इनक्यास) गर्ने गर्दछन

कारहरु राष्ट्रका गौरब हुन् र राष्ट्रका सम्पति भने पनि देशको बिषय परिस्थिति ,सबै क्षेत्र ओराली लाग्दो अवस्था ,उद्योग धरासाही ,चलचित्र क्षेत्रमा डरलाग्दो संकट ,लगानी सम्म नउठ्ने भए पछि कारहरुको एउटा मात्र बिकल्प अमेरिका रहेकोले अमेरिका बाहेक उनीहरुको बिबेक र बुद्धिले अन्य सोच्दैन l अनि अमेरिका जिन्दाबाद l

अन्तत्वगत्वा अमेरिका छिर्ने अनेकौ उपाए लगाई अमेरिका भित्रिन्छन l र ,कारहरुलाई अन्य व्यक्ति भन्दा केहि सरल छ l कैयौ पटक प्रवेश आज्ञा तिरस्कार गरेता पनि आखिर अमेरिकाले प्रवेश आज्ञामा कारहरु प्रति सकारात्मक भै लाहा छाप लगाई दिन्छ l र ,कारहरुको अमेरिका कर्म भुमि बन्दछ l

यो क्रम निरन्तर चलि रहने छ …………सपनाको संसार आउन कारहरु अपहत्ते गरेका गरै छन् l र अन्तिम गन्तब्य नै अमेरिका भएको छ l

……………………………………………अस्तु

प्रतिक्रिया