अमेरिकामा अंशको लागि बाबु छोरा र दाजुभाईमा महाभारत नहुने

इनेप्लिज २०७२ साउन १९ गते १:३३ मा प्रकाशित

bj

अमेरिकामा बाबुछोरा ,आमाछोरी ,बुवाछोरी ,आमाछोरा ,दिदिबहिनि ,दाजुभाइ ,दिदिभाई ,दाजुबहिनि तथा अन्य परिवारका सदस्यहरुमा सानो सानो बिषयमा घर भित्र ठुलो झगडा हुन्छ l रडाको मचिञ्छ l अन्य बिषयमा महाभारत हुन्छ l

सुन्दा नै अचम्म लाग्ने प्रकारका झगडा परिवारमा घट्ने र अन्त्यमा अदालतमा पुग्ने गरेको हुन्छ l अमेरिकामा आफुले कमाएको सम्पत्ति र अंश आफ्ना सन्तानलाई दिन्न भन्न पाईने हुन्छ l नेपाल जस्तो अंश कै बिषयलाई लिएर बाबु छोरा र दाजुभाईमा काटाकाट तथा मारामार हुँदैन l

अंशको लागि दाजुभाईमा हुने गरेको विवाद र झगडा अमेरिकामा अन्त्य हुने भएको छ l पहिलो र दोश्रो पुस्ताले साथमा भएकोले यसले नेपाली समुदायलाई ठुलो शिक्षा दिने भएको छ l बाबुले कमाएको सम्पत्तिमा अमेरिकामा नालिश हाल्न पाईने छैन l आफुले कमाएको सम्पत्ति छोरा या छोरिले दाबि गर्न पाउने छैनन् l बाबुले जब सम्म आफ्ना सन्तानलाई ईक्षा पत्र दिदैनन तब सम्म बाबुको अंश पाईदैन l छोराले पनी अंश माथि दाबी गर्न मिल्दैन l किनभने अभिभावकले पनि आफ्ना बाबुआमा बाट केहि लिएका हुदैनन् भने उनीहरुका बाबु आमाले पनि हजुर बुवाबाट केहि पाएका हुदैनन् l अनि बुवाआमा बाट अपेक्षा पनि गर्दैनन् l बुवा आमाको शेख पछि सम्पत्ति आफुले खाउला भनि आशा पनि गर्दैनन् l

सम्पत्ति तिमीहरुलाई नै हो भने छोरा छोरीलाई भन्दैनन किनभने दिईने चलन नै छैन l अमेरिकामा आफैले कमाउने भनि १८ बर्ष मै बाबु आमाबाट छुट्टिने संस्कृति ,परम्परा तथा चलन रहेकोले आफ्नै पाखुरी चलाउने र शुन्यबाट सम्पत्ति कमाउन सुरु गर्छन l

किन नेपाली समुदायमा अंशको लागि महाभारत हुन्छ ?

नेपालमा यसकारण महाभारत हुन्छ : २०२० सालमा बनेको मुलुकी ऐनले ३५ वर्षको उमेर सम्म विहे नगरेका छोरीलाई छोरा सरह अंश दिने व्यवस्था गरेको थियो। र ,त्यसलाई २०५९ सालमा संशोधन गरेर छोरा र छोरीलाई अंश दिने व्यवस्था गरे पनि विवाहितले अंश नपाउने व्यवस्था गरेको छ।

यस्ता विभेदलाई हटाएर, २०६३ सालमा अन्तरिम संविधानले पैतृक सम्पत्तिमा छोराछोरीको बराबर हक लाग्ने व्यवस्था गरेको हो। तर नेपालमा मुलुकी ऐनले नै अंशको व्यवस्था गरि दिएकोले अंशमा जताततै झगडाको गुढ़ हुने गरेको छ l यहि अंशको लागि आफुले जन्म दिने छोरो टाडीएको छ l दाजुभाईमा बोलचाल बन्द भएको छ l बाबु तथा दाजुभाईमा हात हालाहाल भएको छ l बुवा संग कुटाकुट भएको छ l दाजु भाई तथा बुवा अदालतमा धाउनु परेको छ l

यहि अंशको लागि बृद्ध भै सकेको बाबुलाई तथानाम गाली गर्ने देखिएको छ l बाबुलाई सांघातिक हमला गरिएको छ l खुकुरी प्रहार गरिएको छ l अंशको लागि भाटा प्रहार गरिएको छ l मुङ्ग्रोले टाउको फुटाईएको छ l

चाड पर्व बहिस्कार गर्ने अवस्था भएको छ l जन्म दिने बुवाको हातबाट टिका थाप्ने कुरा गौण भएको छ l अस्पतालको सघन कक्षमा बाबुलाई भर्ना गराईएको छ l अंशको लागि बाबुलाई हत्या पनि गरिएको छ l बाबुले पुस्त कमाएको सम्पत्तिको कारण बिशेष गरि छोराहरु बिग्रिएका पनि छन् भने यहि सम्पत्तीको कारण छोराहरु अल्छी भै कर्म नै नगरी बाबुको सम्पत्ति उपभोग गर्ने भनि सोच्ने छोराहरुको बेहाल र कंगाल भएको देखिएको छ l

महलमा बस्ने परिवार यहि अंशको बाँडफांडले एक कोठामा बस्न बाध्य पनि भएका छन् भने एउटा कोठाको एक कुना पनि अंशमा परेको हाम्रो समाजमा थुप्रै उदाहरणहरु छन् l बाबुले अथाह कमाएको सम्पत्ति माथि मोज गर्ने पुल पुलिएको सन्तान लाई धनि बाउको बिग्रेको छोरा भनि नामकरण गर्ने गरिएको छ l

हाल सरकारले छोरा र छोरीलाई कुनै विभेद नगरी पैतृक सम्पत्तिमा बराबर अंश दिलाउने कानुन तर्जुमा गरेको छ। मुलुकी ऐनमा भएका अन्य ३२ विभेदपूर्ण कानुन पनि सरकारले सच्याएको छ। ऐनमा भएको ‘अविवाहिता छोरी’ भन्ने शब्द हटाएर सगोलकी छोरी (अंशियार) भन्ने शब्द राखिएको छ l

अनि अंशमा झैँ झगडा ,विवाद ,कुटाकुट ,मारामार ,हानाहान , ठोका ठोक ,कुस्त कुस्ती ,धकेला धकेल नहुने भन्ने सवाल नै हुदैन ?

अमेरिकामा लगभग ३ लाख नेपाली समुदाय भएको आँकडा गरिएको छ l अमेरिका साथमा लिएर आएका आफ्ना सन्तानबाट अभिभावकले अंश सम्बन्धि झमेलामा फस्नु नपर्ने भएको छ l अमेरिकामा नेपाली समुदायमा अंशको लागि बाबु छोरा बिच घरमा विवाद ,कचिंगल ,झगडा ,त त र म म नहुने भएको छ l अंशको लागि दाबी गर्न नपाईने हुनाले छोरा या छोरीले बसी बसी सम्पत्ती खाउला भनि दिवा सपना पनि नदेख्ने भएका छन् l

अल्छि छोराछोरि पनि क्रियाशील हुनु पर्ने वातावरण छ किनभने आफैले श्रीजना गर्नु पर्ने भएको छ l अभिभावकलाई एक प्रकारको हाई सन्चो भएको छ l अमेरिकामा अंशको लागि बाबु आमाले निन्द्रा हराम नगर्नु पर्ने भएको छ l दोश्रो पुस्ताले यहीको चलन सिक्ने हुनाले उनीहरुलाई यो कुरा गौण जस्तो हुने भएको छ l आफै पढ्ने ,कमाउने र घरजम गर्ने ध्यान हुने भएकोले अंश भन्ने कुरामा टाउको दुखाई नगर्ने देखिएको छ l युवा किशोर किशोरीहरु संघर्ष ,मेहनत र कडा परिश्रम बाट आफ्नो बाटो निर्माण आफै गर्ने मानसिकता भएकोले बुवाको सम्पत्तिमा गिद्धे दृष्टि लगाउदैनन l

न जाने गाउँको बाटो न सोध्नु भने झैँ अंशको लागि अमेरिकाका मानिस गरिब मानसिकता लिएर नहिंड्ने भएकोले अमेरिकामा केवल अंशको लागि बाबु छोरा र दाजुभाईमा नेपाल जस्तो महाभारतको अवस्थाबाट गुज्रिनु नपर्ने हुन् सक्ने भएको छ l

अब पहिलो पुस्ताले आफैले कमाएको सम्पत्ति गुठीमा दान दिने या आफना सन्तानले आफ्नो अंश उपभोग गर्न पाओस भन्ने चाहना के राख्लन त्यो हेर्न बाकी नै छ ? त्यो भबिष्यले बताउने छ l जे होस् अमेरिका भासिएका पहिलो पुस्ताले अंशको लागि हण्डर खाने छैनन् भने दोश्रो पुस्ता पनि बुवाको अंशको खाउँला भनि बकुल्लाले नदीमा माछा आउला र खाउला भने जस्तै कदापी सोच्ने छैनन् l

आगे यहाहरुले जान्नु ………………..

.

प्रतिक्रिया