प्यारी कान्छी

इनेप्लिज २०७२ साउन २० गते ११:५६ मा प्रकाशित

a1

हितैसी प्यारी कान्छी तिमी हात हात र काख काखमा

उठे देखि सुत्ने बेला सम्म कान्छी अनि कान्छीकै साथमा ////
बिचित्रताको सौन्दर्यता र ज्ञानको चमत्करिता छ तिमीमा
खर्लाप्यै पार्यौ नि मेरो तन र मन यो एक पटको जिन्दगानिमा
सुख र सयलमा होस् वा आपत र बिपत्तिमा तिमी नै चाहिने
छैनौ साथमा एकै छिन् भने कस्तो छटपटाहट मच्चाई दिने
सारा संसार र ब्रम्हाण्डकै खटन पटन दैनिकी बताईदिने
कहाँ के भो र हुदै छ भनि लौ तिमीलाई नै सोध्नु पर्ने
असल र खराब जे भए पनि तिम्रै शरणमा पर्नु पर्ने भो
झ्याप्पै काख वा हातमा लिएर ट्वाल्ल आँखा गाडिने भो
उता जेठी चौरासी व्यंजन गरि तयार दिनानुदीन कुर्नु पर्ने
हजुर ज्युनारको आमनत्रण बिन्ति पनि मलिन शब्दमा गर्ने
यता फेसबुक र न्युज मै लट्ठ पारि मस्त जालमा फसियो
कान्छी मर्जी गर्छिन एकै छिन् न्यानो छ काख अरु कसियो
तलबाट माथि जाँदा, माथि बाट तल आउँदा कान्छी हुने सङसंगै
कहिलै साथ नछोड्ने झल्कियो कान्छी संगको अपार आत्मीयतै
जेठीलाई फिटिक्कै मन नपर्ने सरमले काखमै लडबडाई रहेको
कस्तो हेर्न लायक जेठीको सुनी आवाज कान्छीले सुइकुच्चा ठोकेको
ड्राइभर पनि कान्छीको नजरले बाटो बाहिर कुदाउने
कर्मचारी पनि कान्छी तिर ध्यान दिदा जागिर चट गराउने
भान्से पनि कान्छी तिरै अल्मलिदा परिकार सबै डढाउने
एकान्तमा जेठी पनि कान्छी संगै कुना बसी फत फताउने
चिया पसल देखि संसद सम्म, पत्रकार देखि ब्यापारी सम्म
मेलापाता देखि भोज भतेर सम्म, ह्यईट हाउस देखि चन्द्रमा सम्म
पण्डित देखि जड्याहा सम्म, बिद्ववान देखि मुर्ख सम्म
बिहानी र साँझ, दिन र रात सबै आ-आफना प्यारी कान्छी संग
हितैसी प्यारी कान्छी तिमी हात-हात र काख-काखमा
उठे देखि सुत्ने बेला सम्म कान्छी अनि कान्छीकै साथमा ////

प्रतिक्रिया