रेशम फिलिली बोष्टनमा देखाइने, सबै नाफा नेपालको पुनर्जीवनमा

इनेप्लिज २०७२ साउन २१ गते १५:०७ मा प्रकाशित

sex-650x365चलचित्र रेशम फिलिली अगस्त १६ मा बोष्टनमा प्रदर्शन गरिने र त्यसबाट संकलित सबै नाफा रकम नेपालको पुननिर्माणमा खर्च गरिने भएको छ । नेपालको पुनर्जीवनको मर्मसहित चलचित्रको च्यारिटी शो गर्न लागिएको र शोमा आफूपनि उपस्थीत हुने चलचित्रका निर्माता एवं कलाकार विनय श्रेष्ठले जानकारी दिए ।

बोष्टनमा गरिने च्यारिटी शो श्रेष्ठको पहलमा नै गरिन लागेको हो । चलचित्रको च्यारिटी शोमा उपस्थीत भएर नेपालको पुननिर्माणमा सघाउन र चलचित्र हेरेर मनोरञ्जन लिन विनयले अनुरोध गरेका छन् । चलचित्रको टिकट शुल्क १५ डलर रहेको छ ।

रेशम फिलिली टिमले भूकम्पको भोलिपल्टदेखि नै राहतको काम सुरु गरेको थियो । रेशम फिलिली टिमले ५ लाख रुपैयाँ राहतको लागि खर्च गरेको थियो । दुर्गम क्षेत्रमा ध्वस्त भएका आधारभूत चिजलाई पुनः निर्माण गर्ने लक्ष्यका साथ रेशम फिलिली टिमले काम गरिरहेका छौं । त्यसैको शिलशिलामा बोष्टनमा च्यारिटी शो गर्न लागिएको विनयले जानकारी दिए ।

प्रतिक्रिया