फेशनमा पृथकता मेरो मूल ध्येय हो : निलिमा तामांग शर्मा , प्रसिद्ध फेशन डिजाइनर तथा स्टालिस्ट

इनेप्लिज २०७२ साउन २२ गते २:११ मा प्रकाशित

IMG_1021नेपालमा नाम चलेकी फेशन डिजाइनर (वेशभूषा रूपकार ) तथा वेशभूषा स्टालिस्ट(शैलीकार) निलिमा तामांग शर्मा बिगत केहि महिना देखि विश्व कै सम्राट राज्य न्युयोर्कमा छिन् l उनि पर्यटकको हिसाबमा अमेरिका आएकी हैनन l खास निश्चित लक्ष्यको साथ अवसरको भुमि अमेरिका अवतरण गरेकी छिन् l पहिला पटक अमेरिका आउदा न्युयोर्क मै केहि समय बिताएकोले यस पटक पनि सोझै न्युयोर्क मै उत्रेकी हुन् l तर उनि न्युयोर्क मै बसी रहनु भन्ने पक्षमा चै नरहेको आभास दिलाएकी छिन् l

उनि वाशिंगटन डिसी भ्रमणको आएको अवसरमा डिसी महानगर क्षेत्र बाट संचालित ईनेप्लिज़ डटकम संग भला कुसारी गर्ने क्रममा अमेरिका आउनुको उद्देश्य परम्परागत नेपाली वस्त्रलाई अन्तरराष्ट्रिय जगतमा पुर्याउने ईक्षा रहेकोले अमरिकामा ५-६ महिना देखि रहेको बताईन l

पुर्खौली घर सोलु र मामा घर चितवन भएको बताउदै वेशभूषा (फेशन )को दुनियामा सानो देखि नै लाग्छु भनेर होमिएको हैन l अचानक यस पेसामा लाग्नु परेको कथा सुनाईन l भेटघाट र गफगाफ गर्ने तारतम्य मिलाए पछि यो पेसामा लाग्नु भन्दा अगाडी आफु चलचित्रको नायिका तथा बिमान परिचारिका बन्ने पो सोच राखेको थिए भनिन l तर भाग्यले कसरि डोराउदो रहेछ भन्दै फेशन डिजाइनर पो बनियो l एकदम हर्षित भएको जताईन l उनले अझ सम्झना गर्दै स्वास्थ्य परिचारिका बन्ने विचार पनि नआएको हैन भन्दै बन्ने मात्र सोच गरियो तर अभ्यास नगर्दै यो पेसामा लागेको बताईन l

सानै देखि राम्रो लुगा लगाउन ,थरि थरिका बिभिन्न शैली तथा ढाचाका लुगाहरु लगाउनको शौकिन रहेकोले उमेरमा नया नया वस्त्रहरुको खोजि निकै गरेको सम्झना गरिन l

१६ -१७ बर्ष अगाडी सम्म नेपालमा खोजेको अन्तरराष्ट्रिय स्तरमा जस्तो चलन चल्तीमा रहेको वेशभूषा प्रकारका वस्त्र पाईन गार्हो पर्थ्यो l काठमाडौँमा एकाद स्थानमा मात्र उपलब्ध हुने आफुलाई सम्झना भएको बताइन l र आफुले परिकल्पना र चाहेको जस्तो वस्त्र पाईन हम्मे हम्मे पर्ने गरेको दुखेसो पोखिन l

IMG_1029आफु नया र नौलो लुगाको खोजीमा भौतारी रहने आफुमा ईक्षा भएकोले के रहेछ भन्दै यसमा होमिएको बताईन l काठमाडौँको बाँसबारीमा रहेको नमुना कलेज बाट ३ बर्ष अध्ययन सके पछि पछाडी फर्केर नहेरेको बताइन l

उनले अगाडी भनिन ७ बर्ष अगाडी अमेरिका आएको संमरण गराउदै त्यो समयमा आफु ३ महिना बसी धेरै कुरा अवलोकन गर्ने अवसर पाए र त्यसको उपज नै नेपाल फर्केर गए पछि निलिमा फेशन स्टुडियो खोल्न आँट आयो र खोले भनिन l अमेरिका यो पेसाको लागि महासागर हो भन्ने मनले ठाने पछि हाल यहाँ छु भनिन l

अध्ययन गरे र हातमा प्रमाण पत्र भए पनि आफु निकै कच्चा थिए भन्दै म पनि केहि गर्न सक्छु भन्ने लागेकोले हिम्मत गरे l अत्यन्तै प्रतिस्प्रद्धा छ तर बजारमा चलेको भन्दा आफुले फरक ,पृथक ,भिन्न र केहि अद्वितीय दिन सक्छु भन्ने लागेकोले सोहि अनुसार कदम बढाई रहेकोले आफ्नो ब्रान्ड (मार्का) तात्तै गरेको आफुलाई अनुभूति भएको बताईन l अरु भन्दा पृथकतामा आफ्नो जोड रहेको भन्दै कहिले कहिँ फेशनमा पृथकताले मात्र पनि काम नगर्ने भन्दै यसको लागि मुल्य ,प्रकार ,असल ,गुणात्मकमा पनि ध्यान पुराउन जरुरि हुन्छ भनिन l

IMG_1022उनले झन्डै १ दर्जन जति नेपाली चलचित्रमा कस्टुम डिजाईनकार (पोशाक रूपकार)मा काम गरि सकेको बताइन भने २०१३ र २०१४ मा उत्कृस्ट कस्टुम डिजाईनकार बाट पुरस्कृत पनि भएको बताइन l सबैको नाम सम्झने नसक्ने भन्दै आफुले चलचित्रको लागि बनाएको पोशाकहरुमा नायिका करिस्मा मानन्धर , नायिका निशा अधिकारी तथा अन्य क्षेत्रका व्यक्तिले लगाएको पनि बताइन l

आफु नया छु यो क्षेत्रमा भन्दै म बामेसर्दै गरेकोले अन्य कलाकारहरु संग काम गर्न नभ्याएको भन्दै भबिष्यमा काम गर्ने आशा लिएको बताईन l नेपाली चलचित्रमा आफुले लगानी गरेको पैसा नडुब्ने भन्दै हाम्रो काम भनेको हातो हात जस्तै हुन्छ भनिन l लगानी डुब्छ भन्ने भयभित भै हाल्नु पर्ने अवस्था छैन भनिन l आफुले चलचित्र निर्माता तथा निर्देशक मार्फत कलाकारहरुको लागि पोशाकमा लगानी गर्नु पर्ने भएकोले पोशाकको आर्थिक कारोबार भन्ने कुरामा सम्झौता नहुने बताईन l

तामांगले वेशभूषाको क्षेत्र बृहत छ भन्दै चलचित्र ,नमुना (मोडल )पुरुष तथा महिला ,पत्र पत्रिका ,बिज्ञापन तथा अन्य ठाउँमा भएकोले यसको भबिष्य सुनौलो छ भनिन l अमेरिका जस्तो मुलुकमा कसरि नेपाली परम्परागत पोशाकहरु प्रतिस्प्रद्धा गर्ने भन्ने जिज्ञाशामा तामांगले यस्तो उत्तर दिईन , उनले भनिन सबै भन्दा पहिला नेपाली समुदायलाई पकड गर्ने l

IMG_1027उनले आस्चर्य मान्दै भनिन जनजातिका यति पृथक आफ्नै परम्परागत मौलिक वेशभूषा छन् ,२०-२५ बर्ष देखि कुनै परिमार्जित तथा परिवर्तन नभएको आफुले देखेको बताईन l अब विदेशमा नया पिंढीहरुले परम्परागत मौलिक पोशाकमा केहि परिवर्तन खोज्न पनि सक्दछन l अमेरिका मात्र नभै अन्य देशमा गएका जातजातिले अलिकति भए पनि राम्रो परिमार्जित् भएको अवश्य चाहन्छन l

जनजातिको परम्परागत पोशाक पहिले अलिक धमिलो जस्तो लाग्ने गरेको तर आजकल अलिक उज्यालो जस्तो लाग्न थालेको बताइन l अब यसमा अलिक पृथकतामा ध्यान दिए ब्यापार फस्टाउने कुरामा आफुलाई लागेको बताईंन l उनीहरुको संस्कृति तथा कला प्रति परिवर्तन भन्ने कुरा संबेदनशील हुन्छ र उनीहरुका भावनालाई उच्च कदर गर्नु पर्ने अपरिहार्यता हुन्छ भनिन l अहिले अमेरिकामा आफुले नेपाली समुदायलाई हेर्ने हो भन्दै आफुले बनाएका र परिमार्जित गरेका पोशाकहरु विभिन्न जनजातीले लगाए पछि मात्र त्यसको प्रचार प्रसार हुन्छ l

अनि अन्तर राष्ट्रिय जगतका मानिसको ध्यानाकर्षण हुने हुन्छ भन्दै अमेरीकामा परम्परागत नेपाली पोशाकहरुको यसरी पहिले नेपाली समुदायलाई लक्षित गर्ने हो भनिन l

उनले फेरी दोहोर्याउदै म केहि मेरो शिपमा केहि पृथकता दिन चाहन्छु तर त्यसको लागि सृजनशीलताको आवस्यक पर्छ भनिन l त्यसको लागि श्रीस्टीकर्ताको अभाव खड किएको आफुलाई महसुस भएकोले आफु विभिन्न जात जातिका कार्यक्रममा जादा ध्यानकर्षण भएकोले पोशाकहरुमा अझ परिस्कृत हुन् सके सुनमा सुगन्ध हुन्छ भनें आफ्नो सोचाई रहेको बताइन l

फेरी आफु फेशन डिजाइनर भएको र अमेरिकामा नेपाली समुदायबाट नै काम सुरु गर्ने ईक्षा जागेकोले जनजातीका पोशाकमा आकाश जमिन को फरक नगरी क्रमबद्ध रुपमा परिवर्तन गर्दै लैजादा स्वीकार्य हुने हुन्छ भनिन l

IMG_1094उनले अगाडी भनिन हामी अझ पनि संकुचित छौ l यी कुराहरुका उच्च मान्यतालाई ध्यान दिनु पर्ने भएकोले आफुले सोचे जस्तै समुदाय चाहिएको बताइन l गफिने क्रममा श्रावन ३१ गते संबिधान आउने कुराको एक आम नागरिकको हैसियतले के भन्नु हुन्छ भन्ने प्रश्न राख्दा संबिधान आउने कुरामा आफु आशाबादी रहेको बताईन l

र नेपालबाट अमेरिका परम्परागत नेपाली पोशाकको लागि बजार खोज्ने क्रममा हुनु हुन्छ भने नेपाली समुदायलाई के संदेश दिन चाहनु हुन्छ भन्ने सन्दर्भमा तामांगले भनिन हामी नेपाली हौ ,हाम्रो पन र हाम्रो मन नेपाली नै छ l यहाँ जुट भएको देखे lविदेशमा एक जुट हुनु पर्ने अपरिहार्यता भएकोले नेपालीहरुले जुन पन र मन देखाई रहनु भएको छ त्यो कायम नै गरि राख्नु पर्ने र भोलिका पिढीलाई यो कुरा जोगाई राख्नु पर्ने कुरामा जोड दिईन l

प्रतिक्रिया