भूकम्प पीडितलाई लमजुङ परिवार दक्षिण कोरियाको राहत सहयोग

इनेप्लिज २०७२ साउन २२ गते १०:२८ मा प्रकाशित

Lamjung-rahat-5-650x366सोल । वैशाख १२ को विनाशकारी भूकम्पबाट प्रभावित परिवारलाई लमजुङ परिवार दक्षिण कोरियाले राहत सहयोग गरेको छ ।

भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै लमजुङ परिवारले नेपालको लमजुङका ३८८ भूकम्प पीडित परिवारलाई राहत वितरण गरेको लमजुङ परिवार दक्षिण कोरियाका अध्यक्ष रुपप्रसाद गुरुङले बताउनुभयो ।

Lamjung-rahat (2)

भूकम्प पीडितको सहयोगार्थ लमजुङ परिवार दक्षिण कोरियाले प्रथम मर्स्याङ्दी च्याम्पियनसिप खुल्ला नकआउ फुटबल प्रतियोगिता समेत आयोजना गरेको थियो । भूकम्पका कारण अति प्रभावित पुर्वी लमजुङको ईलमपोखरी, गौँडा, कोल्की र भलायखर्कका बासिन्दालाई दैवी प्रकोप उद्धार समिति तथा जिल्ला प्रशासनसंग समन्वय गरि राहत वितरण गरेको लमजुङ परिवार दक्षिण कोरियाका पूर्व अध्यक्ष ईन्द्रबहादुर गुरुङले बताउनुभयो । लमजुङ परिवार दक्षिण कोरियाले पीडितलाई राहतका लागि चार लाख ९० हजार रुपैयाँ पठाएको र उक्त रकमबाट पीडित परिवारलाई म्याट्रेस खरिद गरेर वितरण गरिएको थियो ।

Lamjung-rahat (3)

राहत वितरण गर्न लमजुङ परिवार दक्षिण कोरियाका पूर्व अध्यक्ष ईन्द्रबहादुर गुरुङ, पूर्व उपाध्यक्ष अभिषेक गुरुङ, सदस्य शंकर बस्नेत लगायतको टोली गाउँमै पुगेका थिए ।

उहाँहरुले पीडित परिवारलाई बर्षामा चिसोबाट जोगिन गाउँमै पुगेर प्रति परिवार दुई वटाका दरले म्याट्रेस वितरण गर्नुभएको थियो । कोरियामा रहेका लमजुङ परिवारमा आवद्ध सबैले जिल्लाका भूकम्प पीडितलाई सहयोग गरेको भन्दै पीडित परिवारले धन्यवाद ज्ञापन गरेका थिए ।

कोरियामा रहेका विभिन्न संस्थाहरु मध्ये पुरानो एवं सक्रिय संस्थाका रूपमा परिचीत लम्जुङ परिवार दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै विभिन्न आपत विपतमा परेका कामदार तथा बिरामीहरुलाई समेत सहयोग गर्दै आएका छन् भने परिवारको आफ्नै निजि भवन समेत रहेको र नेपालबाट कोरिया आई रोजगारीको क्रममा अप्ठ्यारोमा परेका सबै जिल्ला क्षेत्रका नेपाली दाजु भाईलाई बेरोजगारको अवस्थामा बसोवासको ब्यवस्था समेत रहेको जानकारी लम्जुङ परिवार दक्षिण कोरियाका वरिष्ठ सल्लाहकार भीम गुरुङले बताउनुभयो ।

Lamjung-rahat (1)   Lamjung-rahat (4)

भूकम्प पीडित राहत संकलन अभियानमा सहयोग गर्ने व्यक्तिहरुको नाम:

1.रुप प्रसाद गुरुङ (लम्जुङ, बाग्लुङपानी-02)1,10,000₩
2. भिम गुरुङ (लम्जुङ,गाउँशहर -01)       1,20,000 ₩
3.जित गुरुङ (लम्जुङ,घनपोखरा -08)     1,10,000 ₩
4.राज कुमार  गुरुङ ( लम्जुङ,जिता -04)   1,01,000 ₩
5. छिरिङ शेर्पा (ओखलढुंगा )                 1,10,000 ₩
6.कृष्ण गुरुङ (लम्जुङ,अर्चलबोट-03)   1,50,000 ₩
7.मेघप्रसाद वाइवा(लम्जुङ,बाग्लुङपानी-01)1,10,000 ₩
8. मेख दुरा  (लम्जुङ,नेटा -03)                 50,000 ₩
9.कमला गुरुङ (बुटवल ,रुपन्देही )           1,05,000 ₩
10.ईन्द्र गुरुङ (लम्जुङ,बिम्दा -08)           3,00,000 ₩
11.शोभा कुमारी  दुरा( लम्जुङ,कुन्छा-04) 1,00,000 ₩
12.एकबहादुर गुरुङ(लम्जुङ,बाग्लुङपानी-04)51,000 ₩
13. होम बहादुर गुरुङ (लम्जुङ,दुराडांडा-09) 51,000 ₩
14.बिर्ख गुरुङ (लम्जुङ,ताघ्रिङ -02)         1,10,000 ₩ 15.ओमप्रसाद वाइवा(लम्जुङ,बाग्लुङपानी-01)51,000₩
16. राम थापा मगर (लम्जुङ,बेशीशहर )      50,000 ₩
17.देवी कुमारी घले (लम्जुङ,घेर्मु -05)        51,000 ₩
18. केशर गुरुङ  (लम्जुङ,बांजाेखेत -01)    50,000 ₩
19. जे. बी. गुरुङ (लम्जुङ,नाल्मा -04)     2,00,000 ₩
20.मुनिन्द्र गुरुङ(लम्जुङ,घेर्मु-08)         1,01,101₩
21.सोमिता लामा(चितवन)                      1,01,101₩
22.खड्काबहादुर गुरुङ(लम्जुङ,हिलेटक्सर-04) 1,21,000₩
23.दिलिप धिताल(लम्जुङ,गाउँशहर-06)       51,000₩
24. अभिशेक गुरुङ(लम्जुङ,भुजुङ-   05)   51,000₩
25.धन गुरुङ (लम्जुङ,खुदी-09,सिरुङ)       50,000₩
26.जुनु गुरुङ (शुभेच्छा रेस्टुरेन्ट ,द.कोरिया) 2,50,000₩
27.हरि गुरुङ (लम्जुङ,पसगाउँ -06)           51,000₩
28.भक्त गुरुङ (लम्जुङ,पसगाउँ -06)        51,000₩
29.यज्ञ घले((लम्जुङ,बांजोखेत-01)         50,000₩
30.नन्दकाजी  गुरुङ (लम्जुङ,नाल्मा-01)  55,000₩
31.मेखबहादुर गुरुङ (लम्जुङ,नाल्मा-05) 1,00,000₩
32.कुमारी गुरुङ (लम्जुङ,बाग्लुङपानी -08)1,05,000₩
33.रितु गुरुङ (लम्जुङ,बाग्लुङपानी-05)  1,01,000₩
34.ममता गुरुङ (लम्जुङ,भोटेवडार )        1,01,000₩
35.श्याम कुमार लोप्चन(लम्जुङ, बाग्लुङ्पानी-01)51,000₩
36.पुष्प गुरुङ (लम्जुङ,भोर्लेटार-03)           51,000₩
37.बिक्रम गुरुङ (लम्जुङ,पसगाउँ -05)        51,000₩
38.लक्ष्मी गुरुङ(लक्ष्मीपुजारेस्टुरेन्ट,द.कोरिया )51,000₩
39.बिराज बिस्वकर्म(लम्जुङ, घनपोखरा-04)1,07,000₩
40.इस्वर गुरुङ (लम्जुङ,हिलेटक्सर-03)      50,000₩
41.रभी गुरुङ(लम्जुङ,हिलेटक्सर-04          50,000₩
42. रोशन गुरुङ(लम्जुङ,कुन्छा-01)          51,000₩
43.उषा गुरुङ (लम्जुङ,बाग्लुङ्पानी -09)  1,10,000₩
44.लोकेन्द्र गुरुङ(लम्जुङ,हिलेटक्सर-03)  61,000₩
45.कृष्ण गुरुङ(लम्जुङ,हिलेटक्सर-03)    1,01,000₩
46.दिपक गुरुङ (लम्जुङ,पसगाउँ -09)      51,000₩
47.शाई घले (लम्जुङ,घेर्मु-05)                 1,00,000₩
48.सुनिल गुरुङ(लम्जुङ,आर्चलाबोट-02) 55,000₩
49.भिमसुब्बा तामाङ (लम्जुङ,खुदी -07)  50,000₩
50.काशी गुरुङ (लम्जुङ,नाल्मा-05)        51,000₩
51.पर्वत बस्नेत(खोटाङ )                       21,000₩
52.रमेश खरेल (काठमाडौं )                   10,000₩
53.हरि जर्का (काठमाडौं)                        10,000₩
54.प्रकाश गुरुङ (लम्जुङ,भोजे-04)         1,05,000₩
55.बिपिन परियार (लम्जुङ,सुन्दरबजार -05) 30,000₩
56.युवाराज  कार्की (लम्जुङ, सुन्दरबजार -04) 30,000₩
57.रत्नमनिअघिकारी(लम्जुङ,सुन्दरबजार-04) 51,000₩
58.रामकृष्ण श्रेष्ठ(लम्जुङ,सुन्दरबजार -04)   30,000 ₩
59.सोयसन फुटबल चन्दबक्सबाट           1,38,000₩
60.जित गुरुङ (लम्जुङ,भरते-07)           50,000₩
61.केरसिङ घले (लम्जुङ,डोडेनी -06)    51,000₩
62.मिन घले (लम्जुङ,घेर्मु-05)               51,000₩
63.हरिकृष्ण दाहाल (भक्तपुर )                 50,000₩
64.भुकम्प पीडित राहत कोष(फुटबलबाट)3,30,000₩

प्रतिक्रिया