अमेरिकामा छोराछोरीलाई लगाम नलगाए अभिभावकको बुई चढ्ने

इनेप्लिज २०७२ साउन २३ गते १४:२६ मा प्रकाशित

IMG_0425

अमेरीकामा सबै भन्दा गार्हो काम आफ्ना सन्तानलाई नियन्त्रणमा राख्न नसक्नु हो l नेपाल जस्तो आफ्ना छोराछोरीलाई लगाम लगाउन नेपाली समुदायलाई ठुलो समस्या पनि देखिएको छ l नेपाली मूलका पहिलो पुस्ता र दोश्रो पुस्ता अमेरिकामा संगै छन् l एउटा घरको छत मुनि बस्ने गरेका छन् l बिद्यालय ,महा बिद्यालय तथा बिश्व बिद्यालयमा गएका छोराछोरीलाई आफ्नो वसमा ल्याउन निकै संघर्ष गर्नु पर्ने भएको छ l

अमेरिकामा बाल बालिका तथा किसोर किसोरी आफ्नो हातमा नेपाल जस्तो सजिलो तरिकाले आउदैनन किनभने अभिभावकका हात कुजिएका जस्तै भएका हुन्छन कानुन र नियमको कारण l आफ्ना सन्तानलाई नियन्त्रण गर्न हातपात र घरेलु हिंशा गर्न सक्त मनाही हुन्छ l अलिकति घरेलु हिंशामा ठुलो बिषय बन्ने र आफ्नै अभिभावकहरुलाई हत्कडी पनि लगाईने हुनाले रिस थामेर बस्नु बाहेक कुनै उपाय नै छैन l

अनियन्त्रित तथा उपद्रो प्रकारका छोराछोरीलाई लगाम लगाउन नसकी टुलुटुलु हेर्ने र आक्रोसको ज्वालाले भित्र भित्रै गुम्सिनु बाहेक केहि चल्दैन अमेरिकामा l अमेरिकामा ठुलो स्वर र उच्च स्वर प्रयोग गर्दा पनि छिमेकिले प्रहरी बोलाई दिने भएकोले अझ धेरै अभिभावक मुकदर्शक र मौन हुनु पर्ने भएको छ l यसको फाईदा उठाई आफ्नै सन्तानले अमेरिकामा अभिभावकको बुई चढ्ने गरेका कैयौ घटना नेपाली समुदायले भोग्नु परेको छ l

साङ्गो बाट फुकेर बेपत्ता संग अनियन्त्रित भै खराब काम र खराब आचरण पनि किसोर किसोरी फसेका छन् l कानुनु बिपरित गै कारागार जाकिएका पनि छन् l छोरा या छोरीले आफ्ना आभिभावकको ईज्जतमा धब्बा लगाई दिएका थुप्रै घटना घटेका छन् l अमेरिकामा १८ बर्ष देखि बाबुआमा संग छुट्टिने भएकोले अझ कुलतमा परि अभिभावकलाई जिउदै मर्नु नबाच्नु बनाई दिने किसोर किसोरी जन्मेका छन् l

अनि यहि कानुनको आडमा निरिह बाबुआमाको बुई चड्ने गरि टाउको खाई दिएका छन् l यहि सन्तान को कारण अमेरिका छोडी नेपाल फर्कनु पर्ने भएको छ र फर्केका छन l नेपालमा जस्तो सिर्कनि लगाएर ,झापड लगाएर तथा बाधेर भए पनि नियन्त्रण हुने सन्तान अमेरिका आए पछि बुर्किसी मार्दै अभिभावक माथि जाई लाग्ने भएका छन् l आफैले जन्माएको सन्तान जति सुकै खराब र जे जस्तो भए पनि गुमाउन नसक्ने भएकोले उनीहरु हाबी हुदै अभिभावकको बुई चढ्ने भएका छन् l

आफना सन्तानलाई लगाम लगाउन अमेरिकामा ठुलो स्वर र चर्को बोल्ने नहुने भन्ने कदापी हैन l घर भित्र बल प्रयोग नहुने भन्ने चाही कदापी हैन l आफ्ना सन्तान राम्रो भएको सबै अभिभावकको सपना हुने भएकोले बेला मै सन्तानका नकारात्मक तथा सिमा रेखा बाहिर जाने गतिबिधिलाई नियन्त्रण गर्न खोज्दा पनि गाल पर्ने भएको छ l

त्यस्तो अवस्थामा गुज्री रहेको भएता पनि नेपाली उखान भिरबाट खसेको गोरुलाई राम राम भन्न सकिन्छ थाम्न सकिन्न भन्ने तर्फ पनि जान मनले नमान्ने भएता पनि नेपाली समुदायका अभिभावक थाम्न नै जान तयार हुन्छन lबिग्रिन सक्ने सम्भावना देखे पछि उपाय गर्ने अभिभावकलाई अमेरिकाको कानुनले तगारो लगाई दिएको छ l अमेरिकामा अझ पनि बिदेशीहरुले सन्तानलाई लगाम लगाउन शारीरिक बल गर्दै नगर्ने भन्ने चाही हैन l

अमेरिकाको बाल्टिमोरमा एक व्यक्ति मारिए पछि भड्किएको दंगामा एक महिलाले सार्बजनिक रुपमा आफ्नो एक मात्र सन्तान छोरा लुटपाटमा संलग्न हुन् कालो कपडाले मुख छोपेर आएको देखे पछि झापडका झापड लगाएको विश्वका सबै संचार माध्यममा प्रत्यक्ष प्रसारण गरिएको थियो l कानुनले जे गरे पनि त्यो भोग्न आफु तयार भै दुनिया सामु कुसल तथा बहादुर आमा बनि प्रशंसा प्राप्त गरेकी थिइन् l यति मात्र हैन बिश्वका पप सम्राट माईकल ज्याक्सनले एक अन्तर्वार्तामा आफना बाबुले निन्यंत्रण गर्न पेटी पेटीले कुटेको खुलासा गरेका थिए l

पटक पटक पेटीले कुट्ने गरेको बताएका थिए l पेटीले नकुटेको भए सायद माइकल ज्याक्सन पप सम्राट हुने थिए या थिइनन् त्यो दैब नै जानुन l नत्र माइकल ज्याक्सनले पनि बाबुको बुई चढ्ने थिए l पेटीको कुटाईको डरले संगीत तर्फ लागे र बिश्व प्रख्यात भए l

आँखिर किन हामी आफ्ना सन्तानलाई नियन्त्रण गर्न चाहन्छौ l.किन सन्तानको उज्ज्वल भबिष्यको लागि भौतिक धक्काको सहारा लिन चाहन्छौ l

सामजिक दबाब : आफना सन्तानलाई नियन्त्रण गर्न सकेनौ भने सामाजिक दबाब पर्ने छ lअमेरिकामा छोराछोरी अनियन्त्रित भए समाजले औला ठड्याउने र दोष आभिभावकलाई दिने हुनाले सामजिक प्रतिष्ठा ,ईज्जत तथा अशान्तिबाट मुक्त हुन् नियन्त्रित गर्न चाहन्छौ l छोराछोरीले बुई नचढुन भनि सानोतिनो भौतिक कारवाही गर्न बाध्य पनि हुन्छौ तर कानुनले आमाबुवालाई रोक लगाई दिएको छ l

भय : यदि सन्तानलाई लगाम लगाइएन भने यसको परिणाम के हुन्छ भन्ने सबै भन्दा ठुलो भय बुवाआमालाई हुने हुन्छ l गलत बाटो समात्यो भने के होला भनें जस्ता बिषयले अभिभावकलाई सदैब त्रास हुन्छ अनि भौतिक कार्य गर्न बाध्य हुने गरेको देखिएको छ l यदि समय मै हिरा फोड्ने काम गरिएन भने ठुलो दुर्घटना निम्त्याउने छ नत्र जिन्दगि भर पछुताउनु पर्ने हुन्छ l अनि बुई चढ्न दिनु भन्दा जसरि भए पनि लगाम लगाउन मजबुर हुईञ्छ l

डोरी तान्ने खेलमा विजय हुन् चाहना राख्नु ( टग अफ वार ) :

सन्तानको सुनौलो भबिष्य तथा जीवन सुखमय बितोस भनि मातापिताले सन्तानलाई सानै देखि दबाब दिने गर्छन lसन्तान आफु भन्दा अगाडी बढेको देख्न चाहन्छन lकहिलेकाही अप्रत्याशित घटना घट्ने हुन्छ l नेपाली मूलका दोश्रो पुस्ताले साथी भाईको संगत तथा वातावरणमा माहौल बिगारी दिन्छन l मातापिता माथि बुई चढ्ने प्रयास गर्दछन l अमेरिकामा छौ र १८ बर्ष देखि नियन्त्रण गर्न सक्दैनन् भन्ने सोच राखे पछि अभिभावक तथा छोरा छोरीमा टग अफ वार (डोरी तान्ने खेल) सुरु हुन्छ l बाबु आमा बिजयी हुन् चाहना राख्दछन l कुनै हालतमा पनि दवाब दिएर भए पनि नियन्त्रण गर्ने कोसिस गर्दा दुर्घटना हुने हुन्छ l आखिरमा यो डोरी तान्ने काममा को बिजयी हुने हो त ? कोहि पनि हुदैन l

मानव प्रवृति :

आफ्ना सन्तानलाई काबुमा राख्न सबै अभिभावकको चाहना हुन्छ l र ,यो मानव स्वाभाव र मानव प्रवृति पनि हो l यसो गरेमा सन्तानले बिदेशी भूमिमा आफुलाई टाउकोमा टेक्ने र उनीहरु टाउको दुखाई हुदैनन् भन्ने चाहनाले शारीरिक बल प्रयोग गर्नु पर्ने हुन्छ l अभिभावकले आफ्ना सन्तान प्रतिको जिम्मेबार बुझेका हुन्छन l नचाहिने काममा लागेका सन्तानलाई प्रतिबन्ध लगाएर भए पनि वशमा राख्न चाहन्छौ l दिनहु आफ्ना सन्तानसंग झगडा गर्नु पनि उचित नदेखिने भएकोले फकाएर ,लोभ देखाएर ,पैसा दिएर ,अन्य कुरा दिएर पनि नियन्त्रण गर्न अभिभावक चाहन्छन l

छोराछोरी हातबाट बाहिर गए भने अभिभावकको हृदय दुख्ने,मनमा चोट पर्ने ,रिस उठ्ने ,शक्तिहीन ,हतोत्साहित हुने , लज्जित हुने तथा संकुचित हुने हुन्छन l अमेरिकामा अभिभावकले नचाहदा नचाहदै पनि शारीरिक बल प्रयोग गर्ने पर्ने भएता पनि अमेरिकाको कानुन तथा नियमको कारण असमर्थ भएकोले नेपाली समुदायका दोश्रा पुस्ता पनि अभिभावकको बुई चढ्ने भै समस्यामा पारि दिएका छन् l

जंग बहादुर शैली या निरंकुश प्रणाली बाट तह लगाउने भन्ने अमेरिकामा दिवा सपना भएकोले त्यस तर्फ अभिभावक लाग्दैनन् l

अमेरिका नेपाली समुदायले पनि यस बिषयमा घोत्लिनु अति आवस्यक छ l गम्भीरता पुर्वक नजदिकबाट छोराछोरीको क्रियाकलाब तथा हाउभाउमा ध्यान दिन सके नदुखेको टाउको दुखाई रहनु पर्ने छैन l कुनै कुराको सामना गर्नु पर्ने छैन l यसैमा सबैको भलो हुने छ l

आगे यहाहरुको हातमा ……………….

………………………………………….अस्तु

प्रतिक्रिया