पीडितलाई १० लाखका सामग्री

इनेप्लिज २०७२ साउन २४ गते २:०१ मा प्रकाशित

काठमाडौँ, २४ साउन । बौद्धनाथ क्षेत्र विकास समितिले विभिन्न जिल्लाका भूकम्पपीडितलाई शनिबार रु १० लाख बराबरका विभिन्न सामग्री उपलब्ध गराएको छ ।

नुवाकोट, काभ्रेपलाञ्चोक काठमाडौँलगायतका ९०० घर परिवारलाई खाद्य सामग्री, लत्ताकपडा, जस्तापात, त्रिपाललगायत सामग्री सहयोग गरेको हो ।

सो अवसरमा समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले आफ्नो संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत पीडितलाई सक्दो सहयोग गरिएको जानकारी दिनुभयो । बौद्ध विद्धान् टीका शेर्पाले विपत्मा परेका सबैलाई सबैले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया