त्रिशुली बगिरह्यो

इनेप्लिज २०७२ साउन २५ गते २०:५२ मा प्रकाशित

11225223_836185356472420_8129149478685925179_n - Copy

सबैभन्दा मीठा क्षणहरु

आँखामा उतार्छु

सबैभन्दा कोमल अनुभूतिहरु

मनमा बटुल्छु

जानेका सबैभन्दा मीठा शब्दहरु

कागजमा लेख्छु

तर

कलम अघि बढछ कठिन संग

केहि कोरिन्छन

हेर्दछु

चित्त बुझ्दैन

कोशिश गर्छु फेरि

चलिरहन्छ संघर्ष

शब्द र वाक्य संग

तर बन्दैन चित्त बुझ्दो

भाव चित्र

शब्द चित्र

अनुभूति चित्र

अनि थन्क्याईदिन्छु

या च्यातिदिन्छु

तिमीलाई सम्बोधन गर्न असमर्थ

ती कागजका पन्नाहरु

क्रम चलिरह्यो

क्रम चलिरहेको छ

बनेन एउटा कविता

बनेन एउटा गीत

जिन्दगी भरि

यस्तै भैरह्यो

यस्तै भैरहेको छ

गीत पनि अधुरै रह्यो

कविता पनि अधुरै रह्यो

जिन्दगी पनि अधुरै रह्यो

हामी दुई किनार भयौ

एक अर्कालाई टुलुटुलु हेरिरह्यौ

मनका कुरा मनमै रह्यो

अनि बिचमा त्रिशुली बगिरह्यो

प्रतिक्रिया