अमेरिकामा मेरो त्यो २ हजार डलर यथार्थ दुःखीको पोल्टामा

इनेप्लिज २०७२ साउन २७ गते १५:४८ मा प्रकाशित

s541d3b9आज दुखका साथ एउटा गम्भिर कुरा उठाउदैछु। प्रसङ्ग एन आर एन अमेरिकाको आसन्न बार्षिक साधारण सभा जुन अर्को महिना नुयोर्कमा हुन गैरहेको आधिकारिक निम्तो नपाए पनि आयोजकहरुको फेसबुकको तामझाम प्रचारबाट थाहा पाए। कुरो डाडामा स्याल करायो भन्ने चिन्ता होइन, चिन्ता त खोरको बाख्रा राति गायब भयो भन्ने हो। झन्डै झन्डै ८५० नेपालि सस्थाहरु दर्ता भै, नभै नामाङ्कित छन अमेरिकामा। ति सस्थाहरुका बिबिध नाममा हुने भेला जमघटले नेपालि समुदायको आर्थिक, सामाजिक, सास्क्रितिक एबम सम्ब्रिदिका लागि उठाइनु पर्ने सबाल सम्बोधन हुनु पर्ने बिषयहरुमा कति प्रगति भयो भएन त्यो चिन्ता, चासो मुल्याङ्कनका लागि समयलाइ नै छाडिदिउ अहिलेलाइ तर अहिले चाहि त्यस्ता जमघट, भेला, सम्मेलन, सभा, अधिबेशन चुनाबमा पैसा अझै अमेरिकामा डलरको बग्ने लाग्ने खोलो सुन्दा पनि आङ्ग जिरिङ्ग हुने गर्दछ।

नया बेहुलिले बढि सिगारपटार गर्छिन भने जस्तै अमेरिकामा भएका सस्थाहरुका यस्ता कुम्भ मेलाहरु भेट्ने, हात मिलाउने, कुम ठोक्ने, गला मिलाउने, हाइ र हुइअ गर्ने, मन लागेका चाकडि गर्नु पर्ने, पैसा दिने, कसैको मेख मार्ने र आफना हितैषिहरुलाइ मन्च दिने, भाषण गर्न दिने र ज जसले मन्च पाए मनभरि तनभरिका गन्थन सुनाउने, एकले अर्कालाइ गालि गर्ने, अमेरिकि धरहराबाट नेपालि र नेपालको चाहिने भन्दा बढि चिन्ता गरि देशभक्त देखाउने, छलफल र अन्तर्क्रियामा सुइकुच्चा ठोकि किनमेल, भ्रमण, घुमघाम गरि बसोबास राज्यतिरै फर्कने नजिरले आउदा यस्ता भेलाहरु पनि नेता बन्ने र नेता हु भन्नेहरुको नाक बढाइदिने बाहेक सहभागि नेपालिहरुको उपयोग गरिएन।
अब कुरा आयो एन आर एन अमेरिकाको। सिम्प्लि भोटिङग भन्ने अनलाइन गारति सस्थाको आडमा आफुलाइ एन आर एनको निर्वाण निर्माता ठान्ने, डलरको खोला बगाएर त्यहि सस्थाको आधारमा स्वघोषित नेत्रित्वले गर्ने भनिएको साधारण सभा र नुयोर्कको आतेजाते खर्च काम गर्ने आर्थिक सम्ब्रिदिको लागि सघर्षरत नेपालिहरुका लागि कति महङ्गो रहेछ भन्दा यो बिबरणलाइ हेरे मात्रै पुग्छ। नुयोर्क, न्युजर्सि, बोस्टन र वरिपरिका बाहेक अन्तबाट जानेहरुका लागि हवाइ खर्च कम्तिमा ३०० देखि ९०० डलरसम्म यदि धेरै अगाडि देखि नै टिकट किनिएको रहेछ भने नत्र यो भन्दा महङ्गो पर्न जान्छ। सरदर ५०० डलर राखौ टिकटलाइ, न्युयोर्कमा बस्दा, खादा, स्थानिय यातायात, होटेल गर्दा ७०० डलर, दर्ता शुल्क, खाजा, भतेर, स्थानिय किनमेल,अतिरिक्त गर्दा ५०० डलर गर्दा निम्नतम १७०० देखि २००० डलर आउदा काम छोडेर आउनु पर्दा दिनको काममा असर गर्दा आम्दानिमा लाग्ने घाटा जसले बिल तिर्न सहयोगि बन्थ्यो। ५०० डलर निम्नतम सबै जोड्दा २५०० को हाराहारिमा खर्च हुदोरहेछ भने परिवार सहित आउदा कम्तिमा ४००० डलर चिलिम हुने रहेछ जुन नेपाल गएर आउदा भन्दा महङ्गो हो। त्यस्तै वरिपरिका लागि १२०० देखि १५०० डलरसम्म खर्च लाग्ने रहेछ। यो खर्च एउटा नेपालिको झन्डै एक महिनाको तनाखा हो। साधारण सभामा ५०० देखि ७०० जना सम्मको सहभागिताको अनुमान लगाउदा सबै नेपालिको सहभागिता खर्च १२ लाख डलर देखि १४ लाख डलर नेपालिमा १४ करोड नेपालि रुपैया। अनि आयोजका खर्च, आयोजकले गर्ने मनपरि खर्च, तयारिका लागि लाग्ने अर्को ५० देखि ७० हजार डलर गर्दा झन्डै १५ लाख डलर १५ करोड नेपालि रुपैया खर्च गरेर गर्ने सभाले के नै गर्छ ? न यसको बिधान, नियमको पालना माथि देखि नै आफनो अनुकुल आफु खुशि चलाउदै आएका छन। काले काले खाउ भाले भने जस्तै बाध थुनेर खेतमा पानि बिनाको आकाशे पानिको भरमा धान फलाउन खोजिएको छ एन आर एनमा। आफ्नो गोरेटोमा ठेस लाग्न सक्ने मानिसहरुलाइ बिधानको नाममा गलत ढङगले नेत्रित्वमा आउन सक्ने क्षमतावान मानिसहरुलाइ रोक्ने सस्थाका खलनायकहरु नाङिग्दै छन भटाभट। मैले चाहि एन आर एनको दिगो सस्थाको हिमाएति र सदस्यका नाताले औचित्यहिन, माखो मार्न नसक्ने ढुलमुले त्यो नुयोर्कको एन आर एनको साधारण सभामा नजाने निर्णय गरे। त्यो खर्च हुने १५ करोड रुपैया दुखि नेपालि, जिबनको खान लाउन र बास बस्न, शिक्षाबाट बन्चित देह्रै बालबालिकाको उद्दार, धेरै बिरामि नेपालिको जिवनदान हुनसक्छ। भुकम्प पिडित नेपालिको जिबन रक्षा हुन सक्छ। कुम ठटाएर मनमोज गर्ने साधारण सभामा नगएर बच्ने मेरो २००० डलर मैले नेपालको दुखिको सेवा गर्न यसै हप्ता नेपालोको आधिकारिक स्वयमसेवक सस्थालाइ दुखि नेपालिको काखमा पुग्ने गरि पठाउने निर्णय गरे त्यो सहयोग आउने सोमबारसम्म तिनिहरुले पाइसक्छन। फजुल खर्च गरि सस्था आफनै इच्छाको कर्मकाण्ड गर्ने नेता बन्नेहरुलाइ यस्ता कार्यक्रममा सहभागितामा कमि गरि बचेको पैसा खुद दुखिको हातमा पुर्याइदिदा मात्र हाम्रो समाजसेवाले सत्यमार्ग प्राप्त गर्नेछ।

प्रतिक्रिया