अभिनेता सुनील थापालाई अमेरिकामा अन्तर्राष्ट्रिय चलचित्र अवार्ड

इनेप्लिज २०७२ साउन ३१ गते १५:२९ मा प्रकाशित

sunil-thapa-300x294काठमाडौँ, ३१ साउन । नेपाली चलचित्रमा ‘राते काइँला’ उपनामले चर्चित अभिनेता सुनील थापाले अन्तर्राष्ट्रिय मञ्चमा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्राप्त गर्नुभएको छ ।

कलिउड (नेपाली चलचित्र उद्योग)मा मात्र नभएर भारतीय सिनेमा (बलिउड)मा समेत आफ्नो अभिनय क्षमतालाई देखाइसकेका अभिनेता थापालाई उहाँको चलचित्र क्षेत्रप्रतिको योगदानलाई कदर गर्दै आज अमेरिकामा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको हो ।

उक्त ‘अवार्ड’ अमेरिकास्थित नेपालीहरुले विगत दुई दशकदेखि आयोजना गर्ने गरेको ‘फेस्टिबल अफ ग्लोब’ महोत्सवमा प्रदान गरिँदै आएबमोजिम यसपटक थापालाई प्रदान गरिएको हो ।

अभिनेता थापासँगै हलिउड कलाकार ज्याकी च्यान र मार्टिन सिन, बलिउड सङ्गीतकार तथा गायक बप्पी लहरी, भियतनामी नायिका किउ चिनलाई पनि सोही ‘अवार्ड’बाट सम्मानित गरिएको छ ।

महोत्सवमा पहिलो पटक नेपाली चलचित्र तथा कलाकारले सहभागिता जनाएका थिए । यो ‘अवार्ड’ अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कलाकारले पाएको ठूलो सम्मान भएको नेपाली चलचित्रकर्मीले बताएका छन् ।

प्रतिक्रिया