साहित्य समाजमा नयाँ नेतृत्व

इनेप्लिज २०७२ भदौ १ गते ०:०५ मा प्रकाशित
बाल्टिमोर,अमेरिका,अगष्ट १७ | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,मेरिल्याण्ड च्याप्टरको आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ | आइतवार यहाँ सम्पन्न च्याप्टरको तेश्रो अधिवेशन मार्फत नयाँ नेतृत्व चयन भएको हो | जस अनुसार च्याप्टरका निवर्तमान महासचिव भरत बराइली सर्वसम्मत रुपमा अध्यक्ष चयन हुनु भएको छ |
यसैगरी च्याप्टरको उपाध्यक्षमा नायिका पूजा लामा (चन्द),महासचिवमा मधुकर अधिकारी,सचिवमा गोविन्द विष्ट र कोषाध्यक्षमा लीलु गुरुङ्ग चयन हुनु भएको छ । यसैगरी कार्यकारी सदस्यमा सन्दिप कोइराला र च्याप्टरका निवर्तमान अध्यक्ष तीर्थराज पाण्डे रहनु भएको छ | नयाँ नेतृत्व चयनका लागि नासो कम्युनिटीका अध्यक्ष गोपाल विश्वकर्मा र ग्लोब नेपाल डटकमका संस्थापक संचालक एवम नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष गौतम दाहाल रहेको निर्वाचन समिति गठन गरिएको थियो | सर्वसम्मत रुपमा चयन गरिएको कार्य समितिका नव निर्वाचित नेतृत्वकर्ताहरुलाई निर्वाचन समितिका तर्फबाट गौतम दाहालले प्रमाण पत्र प्रदान गर्नु भएको थियो |
यसअघि भएकोअधिवेशन उदघाटन सत्रमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज वोर्ड अफ ट्रष्टीका अध्यक्ष  डा श्याम कार्कीले प्रवासमा नेपाली भाषा र साहित्यको प्रवर्द्धन गर्न आग्रह गर्नु भयो | भाषा,साहित्यको क्षेत्रमा अनेसासले पु-याएको योगदानको चर्चा गर्दै डाक्टर कार्कीले मेरिल्याण्ड च्याप्टरलाई थप सशक्त ढंगले अगाडि बढ्न आग्रह गर्नुभयो ।  कार्यक्रममा पेन्सिलभेनिया र मेरिल्याण्डका लागि महावाणिज्यदूत प्रेमराजा महतले साहित्यको माध्यमवाट नेपाली भाषाको जगेर्ना गर्न अनेसास सफल भएको भन्दै आगामी दिनमा थप कार्यक्रम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा च्याप्टरका सल्लाहकार डाक्टर भीम कट्टेल,बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिका बानाका संस्थापक अध्यक्ष मोहन थापा, प्रवासी नेपाली एकता समाज मेरिल्याण्ड च्याप्टरका अध्यक्ष पारसमणी श्रेष्ठ, साहित्यकार गोविन्द गिरि प्रेरणा, नेपाली जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टरका सभापति राज सेन्चुरीलगायतले अधिवेशन सफलाताको कामना सहित शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा
डाक्टर भीम कट्टेल,पारसमणी श्रेष्ठ,लिलु गुरुङ्ग, पूजा चन्द, सीताराम विश्वकर्मा, भुवनेश्वरी वन्जाडे,डा.श्याम कार्की,तीर्थ पाण्डेयलगायतले कविता वाचन गर्नुभएको थियो । वाचन गरिएका अधिकांश कविता मातृभूमिको भावनाले ओतप्रोत रहेका थिए ।
निवर्तमान सभापति तीर्थ पाण्डेयको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्वतमान उपाध्यक्ष भुवनेश्वरी वन्जाडेले स्वागत मन्तव्य व्यक्त भएको थियो । निवर्तमान हुँदै गर्नुभएका महासचिव भरत बराइलीले कार्यक्रम संचालन गर्नु भएको थियो |  निवर्तमान कार्य समितिका तर्फबाट अध्यक्ष पाण्डेयले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो भने आफ्नो कार्यकालका सल्लाहकारहरुलाई डाक्टर भीम कट्टेल,डाक्टर श्याम कार्की,प्रेमराजा महत,गौतम दाहाल,एचबी भण्डारी र अर्जुन हमाललाई कदर पत्र समेत प्रदान गर्नु भएको थियो |
यसैबीच नव निर्वाचित अध्यक्ष बराइलीले कार्य समितिको बैठक केही दिनभित्रै आव्हान गरेर समितिको रिक्त तीन सदस्य र सल्लाहकारहरु मनोनयन गर्ने जानकारी दिनुभएको छ | निर्वाचित भए लगत्तै सबैलाई आभार व्यक्त गर्दै पदभार ग्रहण गर्ने क्रममा अध्यक्ष बराइलीले यस्तो जानकारी दिनु भएको हो | सन् २००७ मार्चमा समाजको मेरिल्याण्ड च्याप्टरको गठन भएको थियो |

प्रतिक्रिया