हलिवुडको रातो गलैचामा हिड्न पाउनु अहोभाग्य हो : नायिका तथा निर्मात्री ,ऋचा घिमिरे

इनेप्लिज २०७२ भदौ २ गते १:०२ मा प्रकाशित

11885312_10153549081809948_1799364037808016673_nअमेरिकाको क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को सन जोसमा भएको फेस्टिबल अफ ग्लोबमा नायिका तथा निर्मात्री ऋचा घिमिरेलाई पशुपतिनाथको यात्रा सिद्राको व्यापार जस्तै भएको छ l

आफुले बनाएको र आफैले अभिनय गरेको तुलशी चलचित्र फेस्टिबल अफ ग्लोबमा महोत्सवमा प्रदर्शन गरिनुको साथै हलिवुडको रातो गलैचामा हिड्ने मौका समेत पाएकोमा सौभाग्यशालि भएको बताएकी छिन् l

३ दिन सम्म अहोरात्र महोत्सवमा ब्यस्त भै क्यालिफोर्नियाबाट बाल्टिमोर फर्किएकी छिन् l ऋचाले भनिन हलिवुडमा हुने यस्तो बिशाल कार्यक्रममा नेपाली कलाकार तथा नेपाली चलचित्रले सहभागी हुन् पाउनु नै गर्वको बिषय हो भनिन l

11855650_10153549082779948_5914433537107318239_nनेपालमा पनि रातो गलैचा तथा निला गलैचामा हिड्ने अवसर पाएको थिए तर सनफ्रान्सिस्को रातो गलैचामा अर्कै मज्जा हुने रहेछ भनिन l नेपालीहरुको लागि यो पहिलो अवसर हो भन्दै आफुले धेरै पछि जुत्ता अलिक एडी भएको लगाएर ३ घण्टा सम्म हिड्दा पनि थाहा नै पाईन छु ऋचाले भनिन l

एडी भएको जुत्ता लगाउने अलिक बानी छुटेकोले खुट्टा सुन्निएको पनि थाहा नै भएनछ हास्दै ऋचाले भनिन l अत्यन्तै आनन्दको अनुभूति भै जता हेर्यो उतै राम्रा मानिस तथा विश्वका विभिन्न मुलुकबाट आएका कलाकारहरुको जमात देखिन्थो भन्दै समय काटेको थाहा नै भएन भनिन l

IMG_1356आयोजकले ५ तारे अतिथि गृहमा हामीले बसाउनु र अत्यधिक विलासिताको गाडीमा लिमोजिन बाट ओहोर दोहोर समेत गराई दिएको बताईन l ऋचाले भनिन सानोमा रातो गलैचामा हिडेको देखेको तर आफु स्वयम्ले अस्कार तथा ग्रामि विश्व प्रसिद्ध पुरस्कारमा गएको जस्तो अनुभूति गर्न पाउदा ज्यादै हर्ष लागेको बताईन l

नेपाली कलाकारलाई यो ठुलो प्राप्ति हो भनिन l नेपाली कलाकारको प्रस्तुति ,सहभागिता तथा सम्मानले ठुलो हौसला मिलेको बताईन l उनका साथमा नेपाली चलचित्रका नायिका केकी अधिकारी ,नन्दिता केसी ,तथा अन्य कलाकार हरु पनि रातो गलैचामा संगै हिडेको बताईन l

11855915_10153549083414948_7967070803169480938_nकलाकार भएकोले यस्तो ठुलो कार्यक्रममा सहभागी हुन् पाएकोमा आफ्नो सपना साकार भएको र यसले आफुलाई उत्प्रेरणा गरेको बताईन l उनले भनिन क्यालिफोर्निया जादा आफुले २ जना सन्तानलाई आमा श्रुति दाहाललाई जिम्मा लगाएर गएको थिए l  मेरो श्रीमान शंकर घिमिरे बाट ठुलो सहयोग प्राप्त भयो l यसरि नेपाली समुदायको प्रतिनिधित्व गर्ने अवसर पाए त्यसैले आमा तथा श्रीमानलाई धन्यबाद दिन चाहेको बताईन l

बिशेष धन्यबाद तथा कार्यक्रममा नेपाली चलचित्र तथा कलाकारलाई अवसर प्रदान दिलाई दिने र तारतम्य मिलाउने प्रकाश थापा लाई पनि धन्यबाद दिन चाहेको बताईन l गत अगस्ट ७ देखी १६ सम्म भएको उक्त महोत्सव मा ३० देशका २५० वटा फिल्म प्रदर्शन गरिएको थियो भने महोत्सव मा हलिउडका तथा बलिउडका प्रख्यात कलाकारहरुको उपस्थिती रहेको थियो l

11891975_10153549083164948_9181371130352010587_n 16926_10153549083314948_1225207432905576667_n richa 2 r9 r 11

प्रतिक्रिया