बन्द…….

इनेप्लिज २०७२ भदौ २ गते ४:०४ मा प्रकाशित

हैन बाबा

के साह्रो सासै बन्द हुने गरी  – बन्द हुन लागेको

बन्द गर्नुनि ई बन्द हरु

बरु परे त्यसका निम्ति बन्द आह्वान गर्नु नि

यस्ता कुरा हरु बन्द गर्दा राम्रै हैन र ?

हाम्रो बन्द गर्ने शक्ति नै हरायो कि क्या हो ?

कस्तो  बन्द  हो  यो ?

खोई त कर्णाली , महाकाली बग्या बग्यै   छ

बन्द हुन सकेन

वनस्पत्ति तथा वन्य जन्तु का तस्करी

 बन्द हुन सकेनन

अतीवाद चर्क्या चर्क्यै छ

बन्द हुन सकेन

साम्प्रदायिकता हौस्या हौस्यै छ

बन्द हुन सकेन

आफुले टेक्ने जमीन खस्क्या खस्क्यै छ

बन्द हुन सकेन

अनि कस्तो बन्द – के को बन्द ?

सीमानामा उताका प्रहरी भनाउँदा हरुले

चुट्या चुट्यै छन्

भुट्या  भुट्यै छन्

लुट्या लुट्यै छन्

यो बन्द  हुन सकेन

अनि के को बन्द – कस्तो बन्द ?

एउटा नागरीकले अर्कालाई शंका गर्ने

र , एउटा गाउँ ले अर्को गाउँलाई होच्च्याउने प्रभृति बन्द हुन सकेन

अनि कस्तो बन्द

मेची कर्णालीका गोडा दुख्दा – सगरमाथा लाई घोचेन

टनकपुर टन टन गर्दा – सोलुखुम्बुलाई पोलेन

केही पर्यो कि उनको आँगनमा

पुग्ने प्रथा बन्द हुन सकेन

उनको आशिर्वादले मात्र

देश हाँक्ने संस्कार  बन्द हुन सकेन

फेरी के को बन्द  – कताको बन्द

देशका नवयुवक  –  ती सामर्थ्य छोराहरुलाई  हुर्काएर , राहदानी थमाई

अर्कै कहाँ पठाउनु पर्ने वाध्यता बन्द हुन सकेन

चेली हरुलाई बाध्यताको पासोमा पारेर

फकाएर – लोभ्याएर , तर्साएर

ठग्नेहरुको कु – कार्य  बन्द हुन सकेन

अनि कस्तो बन्द ?

आमा !

नेतृत्व दिने – धेरै भए

बन्द लाई बन्द गर्न अब

केही समय – केही कालका लागी

गर्भ निरोध गर्नु पर्यो

त्यस पछी बल्ल

जन्माउनु पर्यो

सन्तान केवल एउटा सन्तान –

केवल एक सपुत   !

प्रतिक्रिया