बाल्टिमोरमा कास्की समाजको बनभोज भब्यताकासाथ सम्पन्न

इनेप्लिज २०७२ भदौ ८ गते १०:३७ मा प्रकाशित

photo२५ अगस्ट २०१५ – अमेरिकाको बाल्टिमोरमा कस्केली समाजको बनभोजमा आयोजकहरुले आशा गरेभन्दा बढ्ता करिब ५०० नेपालीको सहभागितामा भब्यताकासाथ सम्पन्न भयो lबाल्टिमोरको एल्करिड्ज स्थित एक पार्कमा गत आईतबार आयोजित कस्केली बनभोजमा

बिभिन्न रमाईला रमाईला कार्यक्रमहरु आयोजना गरिएको थियो l महिलाहरुले भकुण्डो एकले अर्कालाई पास गर्ने तातो आलु भन्ने नामको खेल बडो रमाईलो र आकर्षक देखिन्थ्यो l तातो आलु खेलमा शुस्मिता रेग्मी प्रथम भईन् l कास्की पोखराको सेती नदी वारी र पारीका कस्केलीपुरुषहरुको भलिबल प्रतियोगिता पनी जम्नु जमेको थियो l बनभोजको अर्को आकर्षण थियो सेल रोटी
बिहान देखी बेलुकी सम्म आऊने जाने गरेका चार सय पांच सय मान्छे लाई पुग्ने गरी सेल रोटी खुवाइएको थियो सेल रोटी सहितको नास्ता लन्च र चिकन बार बि क्यु स्वादिस्ट थियो l तमु समाजका पुर्ब अध्यक्ष कुल प्रसाद गुरुङले सबैलाई सारै मिठो बार बि क्यु खुवाएका थिए l
साथै पे बार पनी राखीएको थियो lबनभोजमा आयोजित एक स्वागत कार्यक्रममा कस्केली समाज अमेरिकाका अध्यक्ष

नारायण थापाले सबैलाई स्वागत गरेका थिए l स्वागत समारोहमा निम्नलिखित महानुभावहरुले शुभकामना मन्तब्य दिएका थिए

१) एनआरएन एनसिसी युएसएका केन्द्रिय ऊपाध्यक्ष रबिना थापा
२) अमेरिका नेपाल सोशाईटीका अध्यक्ष जिवन तिवारी
३) बानाका अध्यक्ष कुलमणी आचार्य
४) जनसम्पर्क समिती म्यारील्याण्डका अध्यक्ष राज सेन्चुरी
५) नासो का अध्यक्ष गोपाल बिश्वोकर्मा
६) ग्लोबल संस्था एनआरएनका संस्थापक ऊपाध्यक्ष डा. श्याम कार्की
७) अमेरिका नेपाल सोशाईटीका पुर्ब अध्यक्ष खेम भट्टचन

संस्थाका अध्यक्ष नारायण थापाको अध्यक्षतामा सम्पन्न ऊक्त स्वागत समारोह महासचिब भरत बराईलीले संचालन गरेका थिए l कस्केली समाज अमेरिकाले यसपटक अन्य संस्थाका कार्यक्रमहरु भन्दा फरक खालको नयाँ ढंगको दुई वोटा काम गरेको देखियो l
नेपाली राजदुत वा दुतावासका कुनै पदाधिकारीलाई प्रमुख अतिथी नगराएरकार्यक्रममा ऊपस्थित बयोबृद्ध ७९ बर्षिय गङ्गा कुमारी अधिकारीलाई प्रमुख अतिथी गराईयो l त्यस्तै अर्को नयाँ काम आमेरिका नेपाल सोशाईटीको भु. पु. अध्यक्ष भएता पनी
बहालवाला अध्यक्षहरु भन्दा बढ्ता समाजसेवामा खटीरहेको ब्यक्ती भन्दै खेम भट्टचनलाई
सम्मान गरियो l बनभोज कार्यक्रमको अन्तमा महिलाहरु तिजको गीत गाऊँदै नाच्दै रमाईलो गरेका थिए l

photo (1)

प्रतिक्रिया