कोलोराडोमा नेपाली चलचित्र स्काउटको रेड कार्पेट सहित प्रथम प्रदर्शन

इनेप्लिज २०७२ भदौ ९ गते १२:०५ मा प्रकाशित

s4

कोलोराडो- अन्तरराष्ट्रिय कलाकार समाज कोलोराडो च्याप्टरको आयोजनामा नेपाली चलचित्र स्काउटको रेड कार्पेट सहित प्रथम प्रदर्शन कोलोराडोको एयमसी थिएटरमा एक कार्यक्रमको बिचमा गरिएको छ । अमेरिकाको राष्ट्रपति ओबामाका एसियाली अमेरिकी तथा प्रशान्त द्विपिय सल्लाहकार समितिका सदस्य श्रीमती सन्जिता प्रधानलाई प्रमुख अथिति बनाइएको उक्त कार्यक्रममा नेपाली चलचित्रका वरिष्ठ निर्देशक तुलशी घिमिरे सहित विभिन्न बक्ताहरुले चलचित्रको सफलताको कामना गर्नु भएको थियो । समय अभाबको कारण नायक नबराज श्रेष्ठले बोल्नु भएको थिएन । अमेरिका नेपाल टेलिभिजनका सञ्चालक तथा साहित्यकार हेमन्त श्रेष्ठ तथा राजन भक्त श्रेष्ठले सञ्चालन गर्नु भएको सो कार्यक्रममा इनास कोलोराडो च्याप्टरको अध्यक्ष साबु गदाल कार्कीको स्वागत मन्तव्य तथा उपाध्यक्ष विजय अधिकारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

s

साथै स्काउट टिमले कोलोराडो विभिन्न सङ्घ संस्थालाई लभ अफ टोकन प्रदान गरेको उक्त कार्यक्रममा साबु गदालको हे आमाको म्युजिक भिडियो पनि प्रर्दशन गरिएको थियो । उक्त कार्यक्रममा सन्जिता प्रधान द्वारा स्काउट र हे आमाको डि.भि.डि को बिमोचन पनि गरिएको थियो । नेपालको भूकम्प पीडितको सहयोगार्थ प्रर्दशन गरिएको उक्त चलचित्र नेपाल स्काउटको विषय बस्तुमा आधारित छ र कोलोराडोको नायक नबराज श्रेष्ठले यसमा प्रमुख भूमिका निर्वाह गरेका छन् भने उक्त कार्यक्रममा भाग लिन चलचित्रका निर्माता तथा कलाकार मधु श्रेष्ठ नेपालबाट आउनु भएको थियो । श्रीमती सन्जिता प्रधानले धेरै पछि नेपाली सिनेमा हेर्न पाएको र नेपाली कला संस्कृतिलाई जोगाउन यस्ता सिनेमाको विशेष भूमिका रहने विश्वास व्यक्त गर्नु भएको थियो ।

s2

फोटो: सुदर्शन अधिकारी, शैलेश पोखरेल

प्रतिक्रिया