म नेपाली हु ,म मेरो देशलाई औधि माया गर्छु ;नायिका नन्दिता केसी

इनेप्लिज २०७२ भदौ १० गते ०:५७ मा प्रकाशित

IMG_1475नेपाली चलचित्रकि नायिका नन्दिता केसीको अमेरिकाको भ्रमण लगभग समाप्त हुन् आटेको छ l उनि अगस्त ३० तारिख मात्री भुमि फर्कने क्रममा झिटी गुन्टा कस्न थालेकी छिन् l

नेपालको भूकम्प पिडितहरुको लागि आर्थिक सहयोगको लागि क्यालिफोर्नियामा भएको नेपाल दिवसमा सहभागी भै कार्यक्रम प्रस्तुति समेत गरिन l अभिनेत्री केसी अवसरको भुमि अमेरिका पहिलो पटक टेक्न पाएकोमा दंग छिन् l उनलाई अमेरिकाले मोहनी लगाएको बताईन l अमेरिकाका विभिन्न राज्यहरुको घुमघामको क्रममा अमेरिकाको चुम्बकीय शक्तिले तानेको बताउदै अमेरिका राम्रो लाग्यो भनिन l सपनाको संसार अमेरिकाबाट आफु लोभिएको बताईन l

उनि गत अगस्ट ७ देखी १६ सम्म अमेरिकाको क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्कोमा भएको फेस्टिबल अफ ग्लोबमा बिशेष प्रस्तुति गर्न पनि अमेरिका आएकी हुन् l

नेपाल बाट के लिएर अमेरिका आउनु भएको थियो भन्ने सवालमा नन्दिताले भनिन म विश्वलाई नेपाली चलचित्र उद्योगको बारेमा चिनारी गराउन देशको प्रतिनिधित्व गर्दै नेपाल बाट अमेरिका आएको बताईन l

IMG_1480

अमेरिकामा के पाउनु भयो भनि जिज्ञाशा राख्दा अमेरिकाको व्यस्त जीवनमा समय व्यवस्थापन गरि नेपालीले समुदायले नेपाली कलाकार प्रति देखाएको माया ,सद्भाव ,समर्थन र सकारात्मक धारणाले हामी कलाकार उत्साहित र उत्प्रेरित भएको नन्दिताले भनिन l कलाकारलाई हौशला चाहिन्छ र नेपाली चलचित्र निकै माथि उठेको चर्चा परिचर्चा समुदायले गरि दिदा त्यो नै हामीले प्राप्ति ठानेका छौ l

गफिने क्रममा टिकापुरको घटना बारे जिज्ञाशा राख्दा भाबुक बन्दै भनिन मर्माहत छु र अति दुख लागेको बताईन l यो दर्दनाक घटना हो l एक नेपालीले अर्को नेपालीलाई गरेको अमानवीय ब्यबहार प्रति आफु चिन्तित रहेको बताईन l उनले अगाडी भनिन भूकम्पको पिडा अझ छदैछ l त्यो ठुलो घाउँ सुक्दै थियो अचानक फेरी बल्झिएकोमा मन खिन्न भएको बताईन l

कहिले सम्म हामी लड्ने भन्दै भूकम्पले एकता ल्याएको थियो फेरी अनेकताको माहौल बन्यो नन्दिता भन्छिन l शान्तिको बुद्धको देशमा के यस्तो हालत भयो l सबैले सोच्नु पर्छ र हामी सबै मिल्नु पर्छ भनिन l

IMG_1482उनले आफु परदेशमा छु l उनलाई तपाई कुन थर भन्ने प्रश्न राख्दा उनले टिकापुरको कहाली लाग्दो घटना सम्झदै झसंग हुदै उनले भनिन म सर्बप्रथम नेपाली हु l नेपाल आमा रोएको हेर्न सक्दिन l म नेपाललाई औधि माया गर्छु भनिन l

अगस्त ३० तारिख अमेरिका छोड्ने भन्दै अमेरिकाले कलाकारलाई ठुलो सम्मान दिने रहेछ भन्दै अमेरिकाले सुबिधा दिने भएकोले कलाकार पनि बस्न मन पराउने देश रहेछ l यहाँ बसे पनि कलाकारहरुले कला ,संस्कृति र संगीतलाई उत्तिकै प्रबर्धन र निरन्तरता दिई रहेको आफुले महसुस गरेको नन्दिताले भनिन l अमेरिकाको बसाईमा अमेरिकाको क्यालिफोर्नियाको नगर प्रमुखले सम्मान गरेकोमा समाज सेवी अनिल पाण्डे तथा नगेन्द्र महतोलाई धन्यवाद दिन चाहेको बताईन l नेपाली अमेरिकन कलाकार मंच न्युयोर्कले आफुलाई सम्मान गरेकोमा सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिन चाहेको बताईन l

नेपाली चलचित्र ,कला र संस्कृतिको लागि नेपालमा मात्र बसेर हैन विदेशमा बसेर पनि जगेर्ना गर्न सकिने आफुले अमेरिकाको भ्रमणमा महसुस गरेको बताईन l नेपाली समुदायको जनघनत्व बिदेसमा पनि बढेकोले नेपाली चलचित्रको बजार विस्तार पहिलेको तुलनामा निकै झाँगिएको आफुले पाए l

म अमेरिका पनि देशको आर्थिक कोष वृद्धि हेतु पनि आएको बताउदै नेपालमा भूकम्प पिडितको लागि हामि सबैका लागि भन्ने संस्था मार्फत नेपालका बिभिन्न ठाउँमा करिब ५ सय अस्थाई घर बनाएको उल्लेख गरिन l

IMG_1490पाँच खालको रामपुरमा ४ दिनमा ४० वटा घर आफ्नो खल्तीबाट समेत पैसा उठाएर बनाएको भन्दै ३ वटा पाठशाला पनि निर्माण गरेको बताइन l जाने २- ४ दिन मात्र भएकोले अमेरिकामा भएका नेपाली समुदायलाई संदेश दिदै अमेरिकाबारे मानिसबाट धेरै सुनेको थिए सुनेको भन्दा यहाँ आउदा अझ राम्रो लाग्यो नन्दिताले भनिन l

यसपालिको भ्रमणमा धेरै नेपाली समुदायसंग भेटघाट हुने मौका पाईन l अवसर र समय मिल्यो भने निकट भबिष्यमा यस्तै अन्य सांस्कृतिक तथा कार्यक्रम लिएर फेरी भेटघाट गर्ने अभिनेत्री नन्दिताले केसीले बताईन l

र ,देश प्रति नेपाली समुदायको अझ माया रहेछ भन्दै सदैब यस्तै सोचाई र माया कायम रहोस भनिन l नेपाली चलचित्रलाई चिनाउन पाएकोमा खुशी र सबैजनाको अपार माया लिएर जादैछु भनिन l

IMG_1500

प्रतिक्रिया