सेप्टेम्बर १३ आइतबार बौद्धिक संसारले लस एन्जल्समा बृहत् साँस्कृत कार्यक्रम गर्दै

इनेप्लिज २०७२ भदौ १३ गते ७:२२ मा प्रकाशित

Aditya-Dahal-4

लस एन्जल्स, २९ अगस्ट / बौद्धिक संसार शैक्षिक प्रतिष्ठान तथा समुदाय मासिक ,लस एञ्जलसले सेप्टेम्बर १३ आइतबार Radisson Hotel, 7320 Greenleaf Avenue, Whittier, CA 90602 मा नेपालका ख्यातिप्राप्त कलाकारका साथ विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्न गईरहेकोछ । कार्यक्रमबाट उठेको रकम श्रीपशुपतिनाथ फाउनडेशन युएसएको मुर्ति प्रयोजनार्थ, बौद्धिक संसार शैक्षिक प्रतिष्ठानको पुस्तकालय बिस्तार अभियानमा सघाउने तथा संखुवासभामा बृद्दाश्रम निर्माण कार्यको लागि सहयोग पुर्याउने बौद्धिक संसार शैक्षिक प्रतिष्ठानले जनाएको छ । नेपाल लगायत विश्व भरका दर्शकहरुको मन जित्न सफल नेपाली हास्य जगतका चर्चित हास्यकलाकार जितु नेपाल, दोहरी गीतका प्रसिद्ध गायक बद्रि पंगेनी तथा शिला आले, नृत्यगग्ना निरु खडका तथा आधुनिक गायक ढकाल ब्रदर्श ( कृष्ण ढकाल तथा मनोज ढकाल) को प्रस्तुति उक्त कार्यक्रममा रहने आयोजकले बताउनु भयो । भीआइपी पास, बिजनेश पास, फेमिली पास, प्रिमियम ५० डलर र रेगुलर ३० डलरको दरले टिकटको मूल्य निर्धारण गरिएको अध्यक्ष थापाले बताउनु भयो । यस कार्यक्रमको बारेमा थप जान्नु परेमा ५६२-८८८-१२४० मा सम्पर्क गर्न सकिने समेत बताइएको छ ।

प्रतिक्रिया