आफु विदेशमा नभै नेपाल मै छु जस्तो लाग्यो :भिडियो तथा चलचित्र निर्देशक प्रशन्न पौड्याल

इनेप्लिज २०७२ भदौ २६ गते २:३३ मा प्रकाशित

prasanna 2

चलचित्र तथा मनोरंजन क्षेत्रमा १ हजार भन्दा ज्यादा भिडियो (श्रब्य दृश्य )मा निर्देसन दिई सकेका नेपालका स्थापित निर्देशक प्रशन्न पौड्याल अमेरिकाको बिभिन्न शहरको घुमघाममा व्यस्त छन l वाशिंगटन डिसी स्थित नेपाली राजदुताबासमा कुराकानी गर्दै आफ्नो पेसामा ४ सय जति भिडियोको निर्देशन गरे पछि अरु गन्न छोडेको बताए l र ,लगभग १२ बर्ष देखि निरन्तर साधनामा लागेको बताए l

उनि अमेरिकाको नेप्लिज एशोसियसन अफ साउथ इष्ट अमेरिका (नासा) र मध्य एशोसियसन अफनेप्लिज इन मिडिल वेष्ट अमेरिका एन्मा)को सम्मेलन तथा अक्टोबरमा सियाटल चलचित्र महोत्सवको लागि अमेरिका आएको बताए l

उनले अगाडी भने मेरो चलचित्र सियाटलमा हुन् गइ रहेको चलचित्र महोत्सवमा मेरो चलचित्र प्रदर्शन हुने भएकोले त्यो काम पनि लिएर आएको बताए l आफुले कलाको क्षेत्रमा सुरुवात् रंगमंच बाट आफुले अभिनय गरेको बताए l मैथिली नाटकमा बाल कलाकारको प्रतिनिधित्व गर्दै नेपालको तर्फ बाट पटनामा भएको अन्तर राष्ट्रिय प्रतिस्प्रद्धामा २८ देशको सहभागीतामा आफु पुरस्कृत भएको ईतिहास पौड्यालले सुनाए l

कुराकानीको क्रममा आफुले नया कलाकारहरुलाई अवसर (ब्रेक ) दिएको छु पौड्यालले भने l म समेत लगाएर हामी तीन पुस्ते नै संगीत ,नृत्य ,नाटक ,कला ,संस्कृति तथा मनोरंजन क्षेत्रमा लागेको बताए l

नेपालका प्रख्यात संस्कृति विद चतुर्भुज आशाबादीका सुपुत्र भएको जानकारी गराउदै आफ्नो जिजु बुवा सडानन्द उपाध्याय नेपालका त्यस समयका लोकप्रिय सितार बाधक भएको बताए l घरेलु वातावरण नै यस्तो रहेकोले आफु पनि यस क्षेत्रमा होमिएको बताए l

उनले थुप्रै पुरस्कार हात पारी सकेको बताउदै आफुले झट्ट सम्झदै ईमेज अवार्ड ,कालिका एफ एम बाट ४ बर्ष लगातार पुरस्कृत ,बिन्दा बसिनी पुरस्कार तथा अन्य पुरस्कार प्राप्त गरि सकेको जानकारी दिए l

विदेशमा बस्ने नेपाली समुदायले तपाईले गरेको कुन कुन गित प्रख्यात छन् कसरी थाहा पाउने ? र कुन कुन गायक तथा गायिकाले गएको भन्ने जिज्ञाशामा उनले फरर यसरि बताए l उनले भने शिव परियारको क्या दामी भो चर्चित हुन् पुग्यो भने नेपालकी प्रख्यात नव गायिका इन्दिरा जोशी चौबन्धि चोली र रातो घंनग्रा निकै चर्चाको शिखरमा रहेको बताए l

prasanna

यसै गरि आस्था बिको ,मलाई पुगेन पुगेन यो बैसले तथा राम कृष्ण ढकालले गएको पहाडको छुक छुके रेल आदि निकै चर्चित रहेको बताए l उनले निर्देसन गरेको पहिलो चलचित्र स्वर हो भने मेरो बेस्ट फ्रेन्ड , होक्से बिदेशी उत्सवको लागि बनाईएको चलचित्र रहेको बताए l

गफिने क्रममा उनले भने आफुले अन्तर राष्ट्रिय चिनिया चलचित्र ” अप इन द विन्ड ” मा पनि मुख्य सहायक निर्देशकमा काम गरेको बताए l तपाई गायन क्षेत्रमा कसको गित मन पराउनु हुन्छ र कोहि मन पर्ने त्यस्तो कोहि छ भन्ने जिज्ञासामा नया पिढीले राम्रो गरे हुने भन्दै राम्रो स्वर र धैर्यता भएका सबै मन पर्छ भने l को राम्रो को नराम्रो भनि बर्गिकरण गर्न नचाहेको बताए l

अमेरिका बाट लोभिए भन्दै धेरै साथी भाई ,मित्रहरु ,पत्रकारहरु तथा बिभिन्न वर्गका मानिस भेट्दा अमेरिकाको माहौल राम्रो लागेको बताए l आफु विदेशमा नभै नेपाल मै छु जस्तो लागेको बताए l

र ,अमेरिकामा आएका नेपालीले आफुले चाहेको ईक्षा प्राप्त गरेको पाए भन्दै अमेरिकामा दुख चाही छ l र दुख चै गर्ने पर्छ l नेपालमा पनि दुख छैन भन्ने हैन नेपालमा पनि दुख छ l देशको राजनैतिक अवस्थाले गर्दा काम गर्न गार्हो छ तर यहाँ त्यस्तो केहि छैन l अमेरिका साच्चै राम्रो लागेको बताए l

प्रतिक्रिया