संबिधान जारी भएको खुसियालीमा सिकागोमा दिपावली

इनेप्लिज २०७२ असोज ४ गते ५:१९ मा प्रकाशित
सेप्टेम्बेर२१ २०१५  ,सिकागो अमेरिका
 नेपालमा यहि सेप्टेम्बर २० मा जारी भएको संघिय लोकतान्त्रिक गणतन्त्र  नेपालको   सम्भिधानको समर्थनमा सिकागोमा एक भब्य दिपावली कार्यक्रम सम्पन्न भएको छ |सिकागोमा रहेका आम नेपाली समुदायको सक्रियतामा सम्पन्न कार्यक्रममा सिकागोमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो |माउन्ट एभरेस्ट रेस्टुरेन्टमा आयोजित सो कार्यक्रमाको संयोजन गरेका प्रवासी  नेपाली मंचका मध्य पश्चिम छेत्रका संयोजक  टेकराज पौडेलको  अधक्ष्यतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल बिद्यार्थी संघका पुर्व महामन्त्री तथा एन आर एन अमेरिकाका सल्लाहकार डा यादब पण्डित रहनु भएको थियो |डा पण्डितले लामो समय देखिको नेपाली जनताको अपेक्षा यतिबेला पुरा भएकोले हामीले यो संबिधानलाइ स्वागत गर्नु परेको बताउनु भयो |कार्यक्रमका बिशिस्ठ अतिथि रहनु भएका कपिलवस्तु जिल्लाका संबिधान सभाका एमाले  उमेद्वार नेत्रराज अधिकारीले प्रवासमा रहेका नेपालीको  जन्मभुमि प्रतिको माया नेपालमा रहेका जनाता र नेतामा भन्दा प्रगाढ रहेको बताउनु भयो | नेपालका नेताहरु नागरिकता नेपालमा बुझाएर भारतमा सिबिर खडा गरेर बस्ने  जाने कुरा गरेको बेला प्रवाशमा रहेको  नेपालिहरुको जन्म भुमि प्रतिको लगाव देख्दा आफु निकै प्रवाबित भएको बताउनु भयो |प्रबाशको सिप ,प्रबिधि पैसा लिएर देश निर्माण गर्न छिटै आएमा आफुहरु स्वागत गर्न आतुर भएको बताउनु भयो |अर्का अतिथि प्रवाशी मंचका केन्द्रिय उपद्क्ष्य बाला घिमिरेले नेपालमा आज जारी भएको संबिधानले बिदेशी लगानी भित्राउन बाताबरण बनाएकोले  आफु र आफु जस्ता ब्यबसायी उत्सायी भएको बताउनु भयो|
            नेपालमा जारी भएको संबिधानमा खुसि व्यक्त  व्यक्त गर्दै सिकागो ल्याण्ड मैत्री समाजका  सभापति बेनी माधब कंडेल ,एन आर एन का सभापति सुमन वस्ती ,नेपाल  अमेरिकन सेन्टरका रमाकान्त खरेल ,जान सम्पर्क समितिका  लाल प्रसाद काफ्ले र च्याप्टर सभापति भोज राज घिमिरे स्थानीय बरिस्ठ समाजसेवी खेम पाठकले ६५ बर्ष देखिको नेपाली जनाताको चाहना  बल्ल प्राप्त भएकोमा आफुहरुमा खुसीको सिमा नरहेको ले खुशी मनाउना कन्जुसी गर्न नहुने बताउनु भयो |नेपालि राष्ट्रिय गान सहित एक मिनट ज्ञात अज्ञात सहिदहरुलाइ सम्मान गर्दै गरिएको कार्यक्रममा केक काटेर नया सबिधानको स्वागत गरियो |युवा द्य ऋषिराम गैरेको संचालन र बाबुराम सापकोटाको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रम निकै प्रभाबकारी भएको सिकागो बात हाम्रो प्रतिनिधिले बताउनु भएको छ |

प्रतिक्रिया