युद्धबिर साँझको समयमा आउदैन बिर नेपाली युद्ध मैदानमा भेट्छ : बिर बलभद्र कुवंर

इनेप्लिज २०७२ असोज १० गते ०:४८ मा प्रकाशित

BIJAY THAPA

नेपालका प्रथम शहीद लखन थापा मगर ले ‘ म मरेको एक हप्ता भित्र जंगे मर्नेछ’ भनि जंग बहादुर राणालाई भविष्य वाणी गरे । संयोगबस जंग बहादुर सोहि मिति भित्र नै यस संसारबाट बिदा भए ।

निर्दोष ,हक्की र तत्कालिन समयमा राणा शाषण बिरुद्ध सशस्त्र बिद्रोह गर्ने आँट राख्ने यी स्वाभिमानी शहिद लखन थापा जहानिया राणा शाषणलाई अन्त्य गर्न चाहन्थे । तर नेपालको ईतिहासमा प्रजातन्त्रको बिकुल फुक्ने नेपाल आमाकि एक बिर सपुत लखन थापाको निर्मम हत्यापछि तत्कालीन राणा सरकारले उनका शाखा सन्तानहरूलाई सताउने गरे ।

उनको लडाई भनेको कुर्शीको मोह र सिंहासन सदैब कब्जा गर्नु हुदैन भन्ने थियो । उनको दूरदर्शिताले यो देखेको थियो कि राणाहरु बागडोर कदापी छोड्ने छैनन् । पिढीहरुको भविष्यको लागि बुलन्द आवाज उठाए र जीवनको पर्वाह नगरी राष्ट्रको लागि शहिद भए । उनको भविष्य बाणी ढिलै भए पनि अन्तत्वगत्वा जहानिया राणा शाषणको अन्त्य भयो ।

कुर्शीको खेल र कुर्शीको शक्ति एक पछि अर्को पिढीलाई हस्तान्तरण गर्दै १०४ बर्ष सम्म कुर्शीमा हाली मुहाली गरे । कुर्शीको मोह मानब प्राणीमा अधिकतम हुन्छ । विराजमान भए पछि त्यसको नशाले मानवको सम्पूर्ण आदर्श ,मुल्य मान्यतालाई भत्काई दिन्छ ।

कुर्शीमा एक अदृश्य चुम्बकीय शक्ति निहित हुन्छ किनभने यसको प्रतापले मानिसलाई आफुतिर आकर्षण गर्दछ । मानब एक सचेत प्राणी भएको हुनाले उ कुर्शीको मोहमा फस्दछ अनि त्यो स्वाद चाखे पछि कुर्शी छोड्ने बिषयमा छलफल नै गर्दैन l आफ्नो निजि कुर्शी बनाउने र अनेकौ तिकडम गरि कुर्शीको आयु लम्बाउने प्रयाश गर्दछ । केवल कुर्शीको लागि रगतको आहाल बनाउन ,कोतपर्व र भण्डारखाल पर्व बनाउन उ तत्पर हुन्छ । तर कुर्शी त्याग गर्ने र सत्ता बलिदान गर्न चाहदैन किनभने कुर्शिको चुम्बकीय शक्तिले नराम्रो संग तानेको हुन्छ र उ उम्कने सक्दैन ।

यस पृथ्वीमा कैयौ शाषक र असल मानिसहरुको जन्मिएका छन् जसलाई यो कुर्सिको चुम्बकीय शक्तिले कहिले छोएन l कुर्सिको मोहले तान्न सकेन । समाज र राष्ट्रका लागि आज पनि उनीहरु धर्तीमा अमर रहेका छन् l अनुकरणीय भएका छन् । स्वाभिमानी नेपालीले सदैब उनीहरुलाई सम्झन्छ र हरेकको हृदयमा उनीहरुको आदर्श संचित रही रहेको हुन्छ ।

मानव जाति एक विवेकशिल प्राणी भएको हुनाले मानव भित्र निहित अहंकार ,दम्भ र अहमताको उपचार गरेमा र ठिक र बेठिक छुट्याउन सके कुर्सिको मोह र सत्ता बागडोरको लालच कहिले नआउने हुन्छ । तर मानव कुर्शीको लागि भोको हुन्छ l कुर्सि हडप्ने मृग तृष्णा बन्दछ अनि मानव भासिदै जान्छ । हात्तीलाई फसाउने गरि ठुलो खाडल खाने जस्तै मानिस दलदलमा फस्दछ अनि उम्कन सक्दैन l अन्त्यमा उसको अवसान हुन्छ ।

२०४७ सालको आन्दोलन समाप्त पश्च्यात गणेश मान सिंहलाई प्रधान मन्त्रि लिन आग्रह गर्दा सन्त नेता कृष्ण प्रसाद भट्टराईलाई दिनु भनी सिंहले राजालाई आग्रह गरेका थिए ,त्यो हो नेतृत्वको एक अनुकरणीय उदाहरण । भारतमा पनि सोनिया गान्धी प्रधान मन्त्रि हुन् सक्दछिन तर उनीले मनमोहन सिंहलाई प्रधान मन्त्रि बनाईन । कुर्सिको मोह यिनीहरुमा आएन र राष्ट्रले सदैब उच्च दर्जामा राखेको छ ।

अंग्रेज संग बिरता पुर्वक लड्ने नेपालका ख्याती प्राप्त बिर बलभद्र कुवंरले नालापानीको युद्धमा गरेको साहसिक बिरताको जतिनै ब्याख्या गरे पनि अपुरो र अधुरो हुन्छ ।तत्कालिन युद्धमा अंग्रेज सरकारले बलभद्र कुवंरलाई पत्र लेखि बेलुका भेट्न आउनु भनि संदेश दिदा युद्धबिर साँझको समयमा आउन मिल्दैन l बिर नेपाली युद्ध मैदानमा भेट्ने जवाफ दिए । यति मात्र नभई लडाई त्याग अर्थात् आत्मसमर्पण गरे पश्चिम गढवालको राज्यपाल बनाई दिन्छु भनि कुर्सि अर्थात् बागडोर दिने प्रस्ताब राख्दा बिर बलभद्र कुँवर देशको खातिर अन्त्य सम्म लडे l कुर्सिको मोहले उनलाई छोएन ।

कुर्सिकों मोह प्रति त्याग र बलिदान दिन जान्ने राष्ट्र भक्त अनन्त अनन्त काल सम्म अमर रहन्छन । देशका जनता श्रदा गर्न बाध्य हुन्छन l यिनीहरु कालजयी हुन्छन । कुर्सिको मोह र चुम्बकीय शक्तिको कारण विश्वका केहि राष्ट्रका सरकार तआयु लम्ब्याउने धूनमा हुन्छन l

हाम्रा पुर्खा र अग्रजहरुले देखाएको सुमार्ग ,आदर्श बलिदानका गाथाहरुलाई शिरोधार्य गर्न पाठ सिक्नु पर्छ l स्व मदन भण्डारीले राजालाई चुनौती दिदै श्रीपेज खोलि आए आफु चुनाब लड्ने र जनताको बलले हराउने छौ भने जस्तै कुर्सिको मोहलाई बलिदान दिन नसके यो सामुन्द्रिक आंधीले ठुलो तहस नहस पार्ने दिन एक दिन अवश्य आउने छ l

कुर्सिको मोह ,सत्ता कब्जा गर्ने नियति र कूबिचार कुनै पनि स्वाभिमानी नेपालीमा नउब्जियोस । यसले कसैको भलाई गर्दैन र यो पाठ हामी सबैले सिक्नु पर्ने हुन्छ ।

…………………………………………………………..अस्तु

प्रतिक्रिया