चाम्रे र जाउलो कुन दामी ?

इनेप्लिज २०७२ असोज १० गते २३:५३ मा प्रकाशित

IMG_0971

अलिक अगाडी चामललाई घिउ या तेलमा भुटेर अन्त्यमा हल्का पानी हाली बनाईने वस्तुलाई चाम्रे भन्ने गरिन्थ्यो l तर चाम्रेको नाम परिवर्तन भएको सुन्दा आस्चर्य लागको छ l समय परिवर्तन संगै खाने वस्तुको पनि नाम बदलिदो रहेछ l

उहिले देखि नेपालका महाराजा ,प्रधान मन्त्रि ,ठुला बडा सबैले पटक पटक खाएको चाम्रे अब चाम्रे नरहने भो l यो पंक्तिकारलाई तनाब भएको छ l विश्व भरमा ६ हजार भाषा मध्ये ३ हजार लोप भै सके जस्तै चाम्रेको अस्तित्व खतरामा परेकोमा चिन्तित तुल्याएको छ l

बिस्तारै भाबी पिढीले चटक्क बिर्सने पक्का भएको छ l चाम्रे अहिलेका पिढीलाई नाम नै थाहा छैन l कुन चराको नाम होला भनि जिज्ञासा पनि राख्न बेर लगाउदैनन l अहिलेका बालबालिकाका आमाले चाम्रे नै पकाउन जान्दैनन् जस्तो भएको छ l

चार सुन्ना ,पांच सुन्ना ,छ सुन्ना या सात सुन्ना ( ४० ,५० ,६० र ७० )बर्ष पुगेकालाई चाम्रे बारे राम्रो ज्ञान छ l यो पंक्तिकारले पटक पटक गरि चाम्रे खाएको छ l बेसार हालेर या साधा र अलिकति गेडा गुडी हालेर खादा त चाम्रेले स्वर्ग नै पुर्याउछ l अमेरिकामा भएकोले चाम्रेको आज निकै याद आयो l

चाम्रे चाम्रो हुनु हुदैन l चाम्रो भएमा पखाला पनि चलाउदछ l होस् पुर्याउनु पर्छ l चाम्रे अति आडिलो खाना हो l चाम्रे भए पछि तरकारीको पुरै बचत हुन्छ l मित ब्ययिता अपनाउनेलाई चाम्रे खुबै फाईदा छ l

शताब्दी देखि अस्तित्वमा आएको चाम्रे आधुनिक भएको छ l चाम्रे अचेल पुलाउ भएको छ l चाम्रे भन्दा तल्लो र मध्यम वर्गले खाने भनि हेला पनि गरिन्छ l अचेल भोज भतेरमा चाम्रेलाई पुलाउले चिनिन्छ l शताब्दीऔ देखि स्थापित भएको चाम्रे अचेल पुलाऊ भएको छ l चाम्रेको भाउ बढेको छ l छोई नसक्नु को भएको छ चाम्रे l

जसले जे भने पनि पंक्तिकार पटक पटक भोज भतेरमा यहि चाम्रे देखे पछि रमाउछ l उहिलेको चाम्रेमा अनेक थरिका सामग्री मिसाईदैन थियो l तर अचेल त्यहि चाम्रेलाई बदाम ,काजु ,किसमिस तथा अन्य चिज मिसाएर चाम्रे पुलाऊ भएको छ l

जे होस् ,चाम्रे भनेको चाम्रे नै हो l चाम्रेको अस्तित्व संगै अर्को अत्यधिक चले खाध्य सामग्री जाउलो पनि अचेल ओझेलमा परेको छ l जाउलो पनि अत्यन्तै आडिलो बस्तु हो l जाउलो भने पछि बाल अवस्थामा यो पंक्तिकारलाई केहि चाहिदैन थियो l जाउलोको अति प्रशंसक पनि हु l जाउलो छ भने नाच्न पनि मन लाग्दथ्यो l मन खुसि हुन्थ्यो l चाम्रेको तुलनामा जाउलोलाई सधै भरि तल्लो स्तरमा राखिन्छ l जाउलो भने बितिक्कै चाम्रे छ भने जाउलोलाई किनारा लगाईन्छ l जाउलो तल्लो कोटिमा पर्छ भने चाम्रे हाल पुलाऊ बनेकोले उच्च घरनियाको भान्छामा अक्सर पकाईछ l

तर स्वास्थ्यको दृष्टिकोणले हेर्यो भने जाउलोले चाम्रेलाई कहाँ हो कहाँ पछारि दिन्छ l दुवै चिज आडिलो हुन् तर चाम्रे अलिक गरुङ्गो पनि हुन्छ l सबैले चाम्रे पचाउन सक्दैनन् l पहिले पहिले आफ्ना सन्तानलाई खाजा स्वरुप नेपालीहरुको हरेक घर घरमा जाउलो र चाम्रे पाक्दथ्यो l हाम्रा जिजुबुवा ,हजुर बुवा ,बुवा तथा आमा यिनै चाम्रे र जाउलो खाएर हुर्किएका हुन् l

हामी भन्दा किन स्वस्थ्य छन् भने जाउलोले पेट बिगार्दैन l अहिले सम्मका नेपालका प्रधान मन्त्रि ,मन्त्रि ,राजा महाराजाले पनि चाम्रे र जाउलो प्रसस्त खाएका छन l अहिले जस्तो पेट बिगार्ने रस्वास्थ्यलाई कालान्तरमा हानी गर्ने एका बिहानै हाम्रा बालबालिकाले खाने छाउछाउ ,पिजा , कुरकुरे ,मोमो आदि ईत्यादीको तुलनामा जाउलो चाम्रे स्वास्थ्य बर्धक तथा आडिला खाने कुरा हुन् l

तर अचेलका युवा पिढी र बालबालिकाले चाम्रे र जाउलो नाम नै सुन्न मन पराउदैन l किनभने जिब्रोले स्वादिलो ,पिरो तथा अमिलो मन पराई दिनाले शताब्दी औ देखि पकडमा रहेको चाम्रे र जाउलो संकटमा परेको छ l लगभग अस्तित्व गुमाउने अवस्थामा छ l तपाई हामी जहाँ भए पनि हाम्रो पुर्खाले जोगाई राखेको खाने बस्तु कम्तिमा हप्तामा एक पटक जाउलो तथा चाम्रे खाने बानि बसाउन सके अस्तित्व त जोगिन्थ्यो कि ?

जाउलो ज्वरो र बिरामी परेको बेलामा मात्र खाने बस्तु भनेर लत्याईञ्छ l खिल्ली उडाईन्छ l यदि आर्थिक सम्वृद्धि गर्ने र भबिश्यमा विदेश बाट बोरामा स्वदेश मुद्रा लाने हो भने चाम्रे र जाउलो जिन्दाबाद l फाईदा नै फाइदा छ l

जसले जे भने पनि चाम्रे र जाउलो कुन दामी भनि मलाई प्रश्न गरे म जाउलो नै रोज्दछु l तर जाउलोमा मेथीले झानेको र एक चम्चा घिउ मात्र भए एक थाल सम्मले अईया भनिदैन l पंक्तिकारलाई जाउलो नै भाम लाग्दछ l अनि यहाँलाई चाम्रे या जाउलो कुन दामी लाग्छ त ? केहि प्रतिक्रिया दिन मिल्छ त ? आगे यहाहरुको मर्जी l

………………………………..अस्तु

प्रतिक्रिया