भारत अन्तर्राष्ट्रिय समूदायमा पदैन

इनेप्लिज २०७२ असोज ११ गते ११:१२ मा प्रकाशित

Shova-bhandari-2-421x600संविधानसभाले नेपालमा संविधान जारी भएपछि भारतले अनपेक्षित रुपमा त्यसको स्वागत गरेन । उसले आफ्नो असन्तुष्टीहरु विज्ञप्तिमार्फत जनाईरह्यो । जसलाई नेपालमा खुल्ला आन्तरिक मामिलामाथिको हस्तक्षेपको रुपमा ब्याख्या गर्न थालिएको छ । आखिर के हो त बास्तविकता भारतीय जनता पार्टीका बरिष्ठ नेता भगतसिंह कोसियारीसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीनेपाल भारतको पछिल्लो अवस्थाको विषयमा तपाईको धारणा के छ ?

नेपाली जनताले अहिले नयाँ संविधान बनाएका छन । संविधान जारी भएपछि पुरै नेपाल खुसी हुनु पथ्र्यो तर भएन । भारत चाहन्थ्यो कि नेपालमा छिटो संविधान जारी होस तर संविधान जारी भएपछि त्यहाँ जुन असान्ती उत्पन्न भयो त्यसमा नेपालले छिटो भन्दा छिटो संबाद गरेर समाधान गर्नु पर्छ ।

नेपालमा संविधान जारी भएपछि भारतीय जनता पार्टीले किन समर्थन नगरेको ?
नेपालमा संविधान जारी हुनु सकारात्मक कुरा हो । तर संविधान जारी हुनुको साथ साथै त्यहाँका नेताहरुले सबैलाई साथ लिए नेपालमा शान्ति स्थापना गर्नु पर्छ । नेपालमा कष्ट हुन्छ, नेपालमा भुकम्प आउँछ भने भारतलाई कष्ट हुन्छ । नेपालमा यदि माओवादीले बन्दुक चलाउँछन भने भारतलाई कष्ट हुन्छ, दुनीयालाई कष्ट हुन्छ । त्यसैले नेपालमा असान्ति हुँदा भारतमा पनि असान्ति हुन्छ । हाम्रो चाहना हो छिटो भन्दा छिटो यसको समाधान गर्नु पर्छ । भारतीय जनता पार्टी पहिला देखिनै नेपालमा छिटो संविधान जारी होस भन्ने चाहन्थ्यो । संविधान बन्यो राम्रो भयो तर केही समूहहरु असन्तुष्ट छन । संविधान बनाएपछि सबै सन्तुष्ट हुनु पर्छ त्यसकोलागि प्रयास गर्नु पर्छ । भारतीय जनता पार्टी नेपालमा सुपर शान्ति चाहन्छ । संविधान बनेर त्यहाँ शान्ति आउँछ भने सबैभन्दा बढी खुसी भारतीय जनता पार्टी हुन्छ । हामी नेपालको सुख र शान्ति चाहन्छौ ।

नेपालको संविधानलाई सबैले समर्थन गरिसके भारतले किन समर्थन नगरेको ?
भारतले भनेको छ कि संविधान बनाउनु राम्रो कुरा हो । संविधान बन्यो धेरै राम्रो कुरा हो । तर संविधान बनेपछि फेरि पहिला जस्तै अवस्था आउँछ भने अर्थ हुन्छ । नेपालका नेताहरुले मिलेर संबाद गरेर असन्तुष्टीलाई मिलाएर जानु पर्छ भनेको हो । अन्तर्राष्ट्रिय समूदायले समर्थन गरे होलान, भारत अन्तर्राष्ट्रिय समूदायमा पर्दैन । भारतको केवल यो भन्नु छ कि नेपाल र भारत केवल दुई देशमात्रै होईनन । नेपाल र भारतमा एकै प्रकारका मानिसहरु बस्छन, एकै किसिममा रगत भएका मानिसहरु छन । त्यही भएर पहिला शसस्त्र संघर्ष हुँदा पनि भारतले नेपालको साथ दियो । नेपालमा प्रजातन्त्र आयो त्यसको हामीले सधै समर्थन गर्यौ । नेपालले भनेको सबै कुरा गछौ । तर नेपालको नेताहरुसँग हाम्रोयो पनि अपेक्ष छ कि सबैलाई साथ लिएर नहिडदासम्म हित हुन सक्दैन । किनकी नेपालको सबैभन्दा बढी हित भारतले चाहन्छ । संविधान बनाउनु भयो ठिक भयो तर सबैलाई साथमा लिएर हिड्नु भनेको हो ।

नेपालका नेताहरुले तराईकोसमस्या समाधान गर्न पहल थालिसके तर भारतको समर्थन हुनु पर्यो नि ?
सबैलाई साथ लिएर जानुमा राम्रो छ । नेपालमा असान्ति हुँदा त्यहाँ राम्रो हुँदैन ।

नेपालको आन्तरिक मामिलामा किन भारत सधै हस्तक्षेप गर्छ ?
हामीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेका छैनौ । हामीले कहिल्यै पनि भनेनौ संविधान नबनाउ भनेर हामीले सधै संविधान बनाउनुस भनेर भनेका छौ । नेपालको संविधानमा नेपालका सबै जनता सन्तुष्ट भए भारतको जनता असन्तुष्ट हुने कुरै आउँदैन । यो नेपालको काम हो, त्यहाँका नेताहरुको काम हो । उनीहरुले नै हेर्नु पर्यो नेपालका जनता सन्तुष्ट छन कि छैनन ।

भारतीय प्रधानमन्त्रीले विशेष दुत पठाएर संविधान निर्माण प्रक्रिया रोक भनेर भने नि ?
दुनियाँ भरीका मानिसहरु नेपालको विषयमा बोलिरहेका छन भने त्यसमा त तपाईहरु किन बोलेको भनेर भन्नु हुन्न । राम्रो बेले तपाईहरु भन्नु हुन्छ एकदमै ठिक । हामीले केवल सबैलाई साथ लिएर हिड्नुस भन्दा के भयो ?

त्यसो भए तपाईहरुले मधेसी नेताहरुलाई पनि बार्तामा बस्न भन्नु भर्यो नि ?
हामीले मधेसवादी नेताहरुलाई पनि भरिहेका छौ । मिलेर बसेर कुरा गर्नुस । संबादबाटै हल हुन्छ । धेरै आन्दोलनले समाधान हुँदैन ।

भारतले त त्यसो भन्नु भन्दा नाकाबन्दी गर्न लागेको चर्चा चल्न थालेको छ ?
नेपालमा असान्ती हुँदा त्यहाँका मानिसहरु भारतमा आएर गडबड गर्छन भने हामीले हाम्रो सुरक्षा पनि त गर्नु पर्यो नि । आज सिरिया यमनबाट जनताहरु जर्मनी गईरहेका छन । उनीहरुले आफ्नो सीमा बन्द गरिदिए । यस्तो स्थित आए सचेत त हुनु पर्छ । नाकाबन्दी लगाउने कुरा सरकारको हो, हाम्रो होईन ।

तपाई काठमाडौ आउनु हुँदै छ ?
काठमाडौमा पशुपति नाथ हुनु हुन्छ को आउन चाहदैन र ।

मधेसीलाई कति अधिकार दिनु पर्छ भन्ने भनाई हो ?
नेपालमा संविधान बनेपछि एक पक्ष असन्तुष्ट छ भने त्यसलाई ठिक गर्ने प्रयास गर्नु पर्छ । सबैलाई साथ लिएर नेपाललाई समृद्ध बनाउनु पर्छ ।

तपाईहरु यहाँ हिन्दु राष्ट्र चाहनु हुन्छ होईन ?
हामीले चाहेर आउने कुरा होईन । त्यो तपाईहरुले चाहेर हुने कुरा हो । नेपालका जनताले जे चाहन्छन त्यो हुनु पर्छ ।

प्रतिक्रिया