अमेरिकी नगर प्रमुखले समाजसेवी बिष्णु माया परियारको सम्मानार्थ एक दिन उनको नाममा समर्पित 

इनेप्लिज २०७२ असोज १२ गते २:१४ मा प्रकाशित

12047096_10153040924425776_5424255930381417257_nगोरखाको बिकट गाउँ ताक्लुंगको एक दलित परिवारमा जन्मिएकी बिष्णु माया परियार (मानार्थ-विद्यावारिधि)लाई गत सेप्टेम्बर २७ तारिख उनको सम्मानमा प्रोकेलेमेसन (घोषणा) गर्दै सेप्टेम्बर २७ तारिख दिन उनलाई समर्पित गर्दै सम्मान गरिएको छ l

उनलाई अमेरिकाको केन्टकीको लुइज़भिलमा उक्त सम्मान गरिएको हो l महिला अधिकारकर्मी तथा समाज सेवी परियारलाई केन्टकीको लुइज़भिलका नगर प्रमुख ग्रेग ई फ़िशरले उनलाई दलित ,सिमान्तकृत ,बालबालिका तथा महिलाहरुको सेवामा अहम भूमिका निर्वाह गरेकोमा उक्त सम्मान गरेका हुन् l

11225068_10153040924470776_4084943498263118983_nउक्त कार्यक्रममा नगर प्रमुखले सेप्टेम्बर २७ तारिखको दिन लाई डा बिष्णु माया परियार लाई समर्पण गरेको घोषणा गरेका थिए भने उनले नगर प्रमुख ग्रेग ई फ़िशर तथा शहरकी महिला परिषद टिनवार्ड पूघ ,लुईजभिल बिश्व बिद्यालयका प्राध्यापक करेन कजर ,मार्क होग तथा अन्यलाई धन्यबाद दिएकी छिन् l

हाल समाज सेवी डा बिष्णु माया परियार बोस्टन छोडेर न्युजर्सीलाई कर्म थलो बनाएकी छिन् l उनले न्युजर्सीमा कारणको लागि महिला नामक गैर मुनाफा सामाजिक संस्थाको स्थापना गरेकी छिन् l

परियारले न्युजर्सी शहरबाट बिभिन्न सामाजिक सेवा ,टिपीएस तथा भूकम्प पिडितहरुका लागि उनले गरेको योगदान र समर्पणको उच्च कदर गर्दै सेप्टेम्बर २७ तारिख दिवस नै उनको नाममा घोषणा गरिएको हो lउनि भूकम्प लगत्तै नेपाल पुगी करिब एक महिना नेपाल बसी आफ्नो गाउँ पुगी राहत ,आर्थिक सहयोग ,अन्य सहयोग तथा पुनर्निर्माणमा जुटी फर्केकी थिइन् l

डा परियार सयुक्त राज्य अमेरिकाको बोस्टनस्थित इम्पावोर दलित वुमन अफ नेपाल (EDWON) कि संस्थापक अध्यक्ष हुन भने अमेरिकाको क्लार्क विश्वबिद्यालयबाट सामाजिक परिबर्तन र अन्तर रास्ट्रिय बिकासमा स्नातकोतर गरेकी छिन् l

२०१३ मा बिष्णुमाया परियारलाई अमेरिकाको मासाचुसेट्स राज्यस्थित १०० बर्ष अगाडी स्थापंना भएको ख्याती प्राप्त “पाइन् मानोर कलेज”ले मानार्थ बिद्यावारिधी द्वारा सम्मान गरेको थियो l परियारद्वाले सन् १९९६ मा आफैले स्थापना गरेको सामाजिक संस्था “एड्वन “मार्फत महिला सशक्तिकरण सम्बन्धी नेपालका दलित र अन्य बिपन्न समुदायका महिलाहरुलाई उत्थान गर्दै आएकी छिन् ।

उनि बिभिन्न संघ तथा संस्थाहरुका महिला बिषय सम्बन्धि बिभिन्न कार्यक्रमको प्रमुख संयोजक तथा वक्ताको रुपमा संलग्न भै रहेकी छिन् l नेपाली समाजमा रहेको छुवाछुत, भेदभाव, घरेलु हिंसा, महिला उत्थान र महिला शसक्तिकरण सम्बन्धि बिशेष भूमिका निर्वाह गर्दै आफ्नो अभियानमा निरन्तरता दिई रहेकी छिन् l

एड्वानले नेपालमा महिला शशक्तिकरण सम्बन्धी नेपालका दलित महिला,बालबालिका र अन्य बिपन्न समुदायका महिला र बालबालिका उत्थानका लागि बिद्यालय स्थापना तथा बिभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको छ।

सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरे वापत उनलाई कदरस्वरुप ४ दर्जन भन्दा ज्यादा राष्ट्रिय र अन्तर रास्ट्रिय पुरस्कार द्वारा उनि सम्मानित भै सकेकी छिन् ।

12072619_10153040823105776_708612618298036940_n 12046967_10153040823110776_6637049488339295448_n 12079296_10153040924400776_1958937008018923953_n

प्रतिक्रिया