अमेरिकाको क्यालिफोर्नियामा लामो समय देखि बस्दै आएका पेशाले नै दर्तावाल लेखा परीक्षक राजेन्द्र शिवाकोटीले गैर आवासिय नेपाली संघ अन्तर राष्ट्रिय समन्वय समितिको कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरि सकेका छन् l
काठमाडौँमा हुने विश्व सम्मेलन नजिकिदै गएको अवस्थामा कोषाध्यक्ष पदमा उम्मेदवार दिने क्रम बढ्दो छ l र ,उनि भन्छन ,आफुले ८ बर्ष बैंक ,१३ बर्ष लेखा ,एनआरएन एनसीसी अमेरिकाको कोषाध्यक्ष हुदै आइसीसी सम्मको बटुलेको अनुभव आईसीसीको हितमा सदुपयोग गर्न सकिने भएकोले म यो पदको लागि आफु योग्य ठानेकोले यो पद मै उम्मेदवारी दिएको बताए l
प्रतिस्प्रद्धा निकै कडा हुने अवस्था सिर्जना हुदै छ भन्ने सवालमा निर्वाचनको मैदानमा लड्ने मानसिकता राख्नेले यो कुरामा भयभित हुनु हुन्न भने l चुनाबमा एउटाको जित र अर्काको हार हुन्छ lयस्ता अनुभव आफुले बिगतमा झेलेकोले यो कुरा चुनाब सकिन साथ अध्याय समाप्त हुन्छ भने l
हारिने डरमा आफ्नो चिन्ता नरहेको बताउदै आफुले सबै संग सल्लाह र परामर्श गरि उम्मेदवारी दिएको हु l आफुले पनि निकै मेहनत गरि रहेकोमा मलाई मेरो अनुभवको मुल्यांकन एनआरएन अभियानमा होमिएका सबैले एक पटक घोत्लिनु हुन्छ भन्ने आफुलाई लागेको बताए l मेरो उम्मेदवारीलाई सकारात्मक ग्रहण गर्दै बिजयी गराउन सहयोग गर्नु हुनेछ भन्ने विश्वास लागेको बताए l
चुस्त लेखा प्रणालीको विकास ,सामुहिक नेतृत्व र संस्थापन विकास ,व्यवस्थित बैदेशिक रोजगार ,आत्मनिर्भरता र पारदर्शिता विश्वब्यापी समृद्धि, पहिचान र सामाजिकीकरण ,मात्री भुमि निर्माण ,राजनीति प्रभाव बाट मुक्त मुख्य मुद्धाहरु रहेको स्पस्ट धारणा शिवाकोटीले राखेका छन् l
संघको अन्तराष्ट्रिय परिषद सदस्य पदमा निर्वाचित भए लगत्तै संघको अमेरिका ब्यापी संगठन बिस्तार र अमेरिकामा देखिएको समस्याको पहिचान गरि कुशलतापूर्वक समाधान गर्न अहम भूमिका निर्वाह गरेका राजेन्द्र शिवाकोटी अमेरिकामा माझ विवाद रहित नेताका रुपमा चिनिन्छन l
आफ्नो प्रचार तथा प्रसारमा निकै अगाडी पुगेको बताउदै सकारात्मक प्रतिक्रिया पनि आउन थालेकोमा आफु उत्साहित भै रहेको राजेन्द्र शिवाकोटीले जानकारी गराए l
प्रतिक्रिया