भाषणका मिठा मिठा खिर खुवाउने जमाना उहिलेका कुरा खुईले

इनेप्लिज २०७२ असोज १८ गते ०:३८ मा प्रकाशित

bijay-2

अब कोहि पनि नेपाली जनता भाषणमा नअलमलिने छाट देखिएको छ l गुलियोमा झिंगा एकत्रित भए जस्तो गर्ने नेपालीहरु अब लोप्पा खेलाउने अवस्थामा आई सकेका छन् l बालबालिकालाई मिठाई खुवाएर फकाउने दिन जस्तै अब उहिलेका कुरा खुईले भए l

२०४६ सालको पहिलो जन आन्दोलन देखि ०६३ को दोश्रो जन आन्दोलन र अहिले सम्म जति पनि सरकारहरु सत्तामा पुगे आफु सत्तामा हुदा भ्रष्टचार र आर्थिक अनिमियता नभएको दाबी गर्दै नेपाली जनतालाई भाषणका मिठा मिठा खिर ख्वाए ।

अहिले पनि यो सस्तो नारा पटक पटक बिपक्षी नेताहरुले सत्ताको बागडोर सम्हालेका सरकारलाई कार्यक्रममा मंच पाउन साथ बिष ओकल्दछन । यो नेपालमा मात्र हैन अरु टाडा जानु पर्दैन छिमेकि मुलुक भारत मै यो नाटक देख्न सकिन्छ l

राजनैतिक चेतना भएका र राजनीति प्रति चाख राख्ने सम्पूर्ण स्वाभिमानी नेपालीले ईतिहास कै सबैभन्दा भ्रष्ट सरकार र भ्रष्टाचारी फलाना आदि ईत्यादी अनगिन्ती पटक सुनेका छन् l यो नाराले कानको जाली नै फुट्ने अवस्थामा भै सकेको छ l ईतिहास कै सबैभन्दा भ्रष्ट सरकार कहिले सम्म सुन्ने नेपाली जनता ले ? यो थेगो भालुभुत्ते भै सकेको छ l

जब चुनाब नजदिक चाहे त्यो स्थानीय वा रास्ट्रिय स्तरको होस् आफ्ना मतदाताहरुलाई आफुतिर आकर्षित गर्न यो एउटा हतियारको रुपमा प्रयोग गरिछ । सत्तामा पुगेकालाई चुनाबमा धुलो चटाउन सकिनेछ भन्ने हेतुले यो बकितम कला कौसल चौतर्फी उपयोग गरिन्छ ।

बाण कहिले कही सहि पनि लाग्दछ । कसैले भन्दैमा सत्तामा रहेको सरकार ईतिहास कै सबैभन्दा भ्रष्ट सरकार/भ्रष्टचारी चै भै हाल्दैन । सत्तामा बसेको सरकारलाई भ्रष्ट सरकार/भ्रष्टचारी भनि रहेका हुन्छन l यस्तो झुटको खेति गर्ने दलको पनि विश्वास गुम्दै जाने हुन्छ l बिपक्षीमा रहनेले बागडोरमा रहेको सरकारलाई लगाउने बिभिन्न आरोप ,कमि कमजोरीलाई औल्याउनु र नराम्रा क्रियाकलापलाई सतह बाहिर ल्याउनु उसको दायित्व हुन्छ ।

भ्रष्ट सरकार/भ्रष्टचारी भन्ने आरोपमा स्व गिरिजा प्रसाद कोइराला ,शेर बहादुर देउबा ,स्व मन मोहन अधिकारी ,स्व सुर्य बहादुर थापा, लोकेन्द्र बहादुर चन्द ,माधब नेपाल,प्रचण्ड दाहाल ,झलनाथ खनाल र बाबुराम भट्टराई लाई पनि लगाईयो l

राजनीतिको सबै भन्दा धारिलो हतियार भ्रष्ट /भ्रष्टचारीको बिषयलाई सगरमाथाको चुचुरोमा पुरयाई आफ्नो पक्षमा जनतालाई पार्नु विपक्षको एक कुटनीति चाल पनि हुन्छ l

२०१८ साल देखि झन्डै २०२८ साल सम्म पंचायती व्यवस्था बिरुद्द रहेका सम्पूर्ण दलहरुलाई अराष्ट्रिय तत्व भनि बागडोरमा रहेका नेताले भाषणका मिठा मिठा खिर ख्वाए l टुडी खेल होस् या अन्य स्थानमा नेताले अराष्ट्रिय तत्व भनि दललाई भाषणका मिठा खिर खुवाए l१० बर्षे जनयुद्धमा होमिएका सबैलाई पनि यस्तै लान्छना लगाई १ दशक सम्म पटक पटक भाषणका मिठा मिठा खिर खुवाईयो l

विश्व कै चमत्कारी भारतका प्रधान मन्त्रि नरेन्द्र मोदीले नेपाली जनतालाई भाषणका मिठा मिठा खिर खुवाए l अधिकांस नेपालीले मुख मिठ्याए l २ पटक राम्रो संग भाषणका मिठा मिठा सदनमा पनि खुवाए l ६ सय १ सभासदलाई पनि उनको भाषणका मिठो खिर खान बाध्य गराई दिए l

तर पछिल्लो समयमा मोदीले नेपाललाई गरेको अघोषित नाकाबन्दीले नेपालमा बिगतमा खुवाएको मिठा मिठा खिरका भाषण तितेपातीमा परिणत भयो l गुलियो खिर तितो निम जस्तै भयो l उनले बुद्धका बिषयमा नेपालका जनतालाई मौरीको मह हालेको खिर अहिले निम भन्दा पनि तितो नेपाली जनतालाई भएको छ l

अमेरिका र जापानमा बुद्धको जन्म बारेमा भारतमा जन्मेको भन्ने जस्ता बिबादास्पद टिप्पणीले मेथी भन्दा पनि तितो न तितो भएको छ l नेताले क भन्छन भन्दा के गर्छन भन्ने नै उचित हुने भएकोले अब एक्काइसौ शताब्दीमा भाषणका मिठा मिठा खिर खान प्रतिक्षा गर्नु या झुम्मिनु भन्दा तितो मेथी खानु नै उत्तम l

अब पनि यस्ता भाषण कलामा पण्डित रहेका नेताले प्रभावकारी भाषण दिदैमा अलमलिनु बुद्धिमानी नहोला l यस्ता कुरामा नजाने गाउँको बाटो नै न सोध्नु भने झैँ चासो नै न दिए हामी सबैको भलाई यसैमा हुने छ l

आगे यहाहरुको मर्जी ………………………………..

प्रतिक्रिया