खगेन्द्र क्षेत्रीकाे प्राेफाइल सार्बजनिक

इनेप्लिज २०७२ असोज १८ गते २२:१५ मा प्रकाशित

khagendra chetri

न्युयाेर्क, अक्टाेबर ५ ।

एनअारएकाे साताैं महाधिवेसनमा उपाध्यक्षका उम्मेद्वार खगेन्द्र क्षेत्रीले अाफ्नाे श्रव्यदृश्य प्राेफाइल सार्बजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेखेर उनले अाफ्नाे प्राेफाइल सार्बजनिक गरेका हुन् । न्युयाेर्क डेटलाइनमा सार्बजनिक गरिएकाे स्टाटसकाे शीर्षक दिइएकाे छ, मान्छेकाे परिचय यात्रामा हुन्छ ……।

उनले स्टाटसमा अगाडि लेखेका छन्, भनाइ नै छ, मान्छेकाे परिचय यात्रामा हुन्छ । म अहिले एनअारएनएकाे उपाध्यक्षमा अाफ्नाे उम्मेद्वारी दिएर चुनाैतिपूर्ण यात्रामा छु । याे यात्रामा काे अाफ्नाे, काे पराइ चिन्ने अवसर पनि मलाइ प्राप्त हुनेछ ।

9उनले केही शुभचिन्तकले मनले श्रव्यदृश्य प्राेफाइल बनाइदिएकाे खुलासा गर्दै अाजै एनअारएनकाे साताैं महाधिवेसन सुरू हुन नाै दिन रहेकाे काउन्ट डाउन पनि सार्बजनिक गरेका छन् । उनले अाफ्नाे स्टाटसमा अाजकाे विचार भन्दै लेखेका छन्, विश्वका ७१ राष्ट्रमा फैलिएको एनआरएन नेपाल र नेपालीको सबैभन्दा ठूलो सञ्जाल हो ।

यही सञ्जालमा रहेका गैरआवासीय नेपालीहरुको सीप, ज्ञान, दक्षता, अनुभव र पूँजीलाई समृद्ध नेपाल निर्माणमा उपयोग गर्न उनीहरुका विषय र समस्यालाई सम्वोधन गर्नुपर्ने हुन्छ । त्यसका लागि चाहिन्छ, एनआरएन मात्र हेर्ने एनआरएन एम्वेसडर–एट–लार्ज । त्यसको व्यवस्थाका लागि म कृतसंकल्पित रहनेछु ।

प्रतिक्रिया